Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गठबन्धन निकट विद्यार्थी संगठनहरुले आफ्ना नेताहरुलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेको छ । सत्ताको आडमा निरन्तर रुपमा आफ्ना नेताहरुमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले शनिबार लैनचौरस्थित अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन् । शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ । मसाल जुलुसमा सहभागीहरुले अस्कल क्याम्पसमा छात्रबृतिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप समेत लगाएका छन् ।

Read More

अछामः अछाममा एक घरमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी भएको हो। आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका छन्। आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आज (शनिवार) बिहान १० बजेतिर आगलागी भएको हो।

Read More

काठमाडौं : अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल काठमाडौं आउन लागेका छन्। जर्नेल जोन सि अक्विलिनो र श्रीमतीसहित सवार वायुसेनाको विमान साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। अक्विलिनो पाँचखालमा मंगलबारदेखि आयोजित ग्लोबल पिस किपिङअन्तर्गत चौथो शान्ति प्रयास अवलोकनका लागि आउन लागेका हुन्। आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल,अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ। नेपाल बसाईको क्रममा उनी उच्चस्तरीय भेटघाटमा पनि व्यस्त हुने सैन्य स्रोतले जनाएको छ।

Read More

काठमाडौं : भारतको उत्तर प्रदेशमा ट्र्याक्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कासगंज जिल्लामा शनिबार बिहान दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। ट्रलीसहितको ट्र्याक्टर तलाउमा खसेको हो। दुर्घटनामा सात बालबालिकासहित आठ श्रद्धालु महिलाको ज्यान गएको अमर उजालाले जनाएको छ। दुर्घटनामा केही घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख छ।

Read More

धनगढीः भारतको दुधुवाबिच जंगलमा दुर्घटना हुँदा दुई नेपाली घाइते भएका छन्। घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका फूलबारीका रामकुमार चौधरी र बमबहादुर डगौरा रहेका छन्। उनीहरूको नेपालबाट पलिया जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयसमेत रहेको पत्रकार विवेक अर्कवंशीले बताएका छन्। उनका अनुसार, शनिवार बिहान साढे ११ बजे दुर्घटना भएको हो। से ३ प २८१९ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। आफन्त सम्पर्कमा आएका छैनन्।

Read More

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका अन्य सदस्यहरुसहित काठमाडौं आएका छन्। सोमबार पूर्व रानी कोमल शाहको ७३ औं जन्मोत्सव मनाएर १९ जनाको टोली हिजो काठमाडौं आएको हो। बुद्ध एअरको उडानबाट हिजो दिउँसो साढे ४ बजे पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसहित पूर्व युवराज्ञी तथा बुहारी हिमानी, छोरीहरु प्रेरणा,सिताष्मा, कृतिका, श्रीनिवास राणा, सीता राणा र शीला राणा भरतपुर हुँदै काठमाडौं आएको बताइएको छ। काठमाडौं फर्केको टोलीमा सागरप्रसाद तिमिल्सिना, राजेशबहादुर सिंह, स्मिता सिंह, जगदीश हमाल,हरिशरण थापा, कृष्णबहादुर गुरुङ, मोहनकुमारी गुरुङ,उजेली तामाङ, गीताकृष्ण खड्का र लक्ष्मी गुरुङ पनि छन्।

Read More

काठमाडौं : काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन्। काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ। अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए।

Read More

काठमाडौं : अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन्। शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन्। जोशी घाइते भएको प्रहरीले जनाएको छ। कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ। जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ। अस्कलमा विद्यार्थी संगठनबीच पटक-पटक झडप भइरहने गर्छ।

Read More

धनगढी : कञ्चनपुरमा ट्रक, टिप्पर र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका – ५ गुलरीया बजारदेखि ५ सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किँदा सँगसँगै गुडिरहेको कार पनि अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परी कार सडकदेखि १० मिटर तल खसेको छ। दुर्घटनामा केहि व्यक्ति घाइते भएपनि विस्तृत विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गुलरीयाका प्रमुख कर्ण बहादुर बोगटीले बताए। उनका अनुसार, घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

Read More

सुदूरपश्चिम : सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो । बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ…

Read More