Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतको उत्तर प्रदेशमा ट्र्याक्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कासगंज जिल्लामा शनिबार बिहान दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। ट्रलीसहितको ट्र्याक्टर तलाउमा खसेको हो। दुर्घटनामा सात बालबालिकासहित आठ श्रद्धालु महिलाको ज्यान गएको अमर उजालाले जनाएको छ। दुर्घटनामा केही घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख छ।

Read More

धनगढीः भारतको दुधुवाबिच जंगलमा दुर्घटना हुँदा दुई नेपाली घाइते भएका छन्। घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका फूलबारीका रामकुमार चौधरी र बमबहादुर डगौरा रहेका छन्। उनीहरूको नेपालबाट पलिया जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयसमेत रहेको पत्रकार विवेक अर्कवंशीले बताएका छन्। उनका अनुसार, शनिवार बिहान साढे ११ बजे दुर्घटना भएको हो। से ३ प २८१९ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। आफन्त सम्पर्कमा आएका छैनन्।

Read More

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका अन्य सदस्यहरुसहित काठमाडौं आएका छन्। सोमबार पूर्व रानी कोमल शाहको ७३ औं जन्मोत्सव मनाएर १९ जनाको टोली हिजो काठमाडौं आएको हो। बुद्ध एअरको उडानबाट हिजो दिउँसो साढे ४ बजे पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसहित पूर्व युवराज्ञी तथा बुहारी हिमानी, छोरीहरु प्रेरणा,सिताष्मा, कृतिका, श्रीनिवास राणा, सीता राणा र शीला राणा भरतपुर हुँदै काठमाडौं आएको बताइएको छ। काठमाडौं फर्केको टोलीमा सागरप्रसाद तिमिल्सिना, राजेशबहादुर सिंह, स्मिता सिंह, जगदीश हमाल,हरिशरण थापा, कृष्णबहादुर गुरुङ, मोहनकुमारी गुरुङ,उजेली तामाङ, गीताकृष्ण खड्का र लक्ष्मी गुरुङ पनि छन्।

Read More

काठमाडौं : काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन्। काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ। अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए।

Read More

काठमाडौं : अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन्। शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन्। जोशी घाइते भएको प्रहरीले जनाएको छ। कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ। जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ। अस्कलमा विद्यार्थी संगठनबीच पटक-पटक झडप भइरहने गर्छ।

Read More

धनगढी : कञ्चनपुरमा ट्रक, टिप्पर र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका – ५ गुलरीया बजारदेखि ५ सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किँदा सँगसँगै गुडिरहेको कार पनि अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परी कार सडकदेखि १० मिटर तल खसेको छ। दुर्घटनामा केहि व्यक्ति घाइते भएपनि विस्तृत विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गुलरीयाका प्रमुख कर्ण बहादुर बोगटीले बताए। उनका अनुसार, घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

Read More

सुदूरपश्चिम : सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो । बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ…

Read More

धनगढी : धनगढीको एक होटलका म्यानेजर सम्पर्कविहीन भएका छन्। आज (शनिबार)देखि नयाराम होटलका म्यानेजर १९ वर्षीय भाष्कर भट्ट सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले भट्टको खोजी भैरहेको जानकारी दिए। डीएसपी चन्दका अनुसार, उनले कञ्चनपुरको डोकेबजारबाट अन्तिमपटक आमालाई फोन गरेर अब आउँदिन् भन्ने जानकारी दिएका थिए। त्यसपछि भने उनको मोबाइल अफ रहेको छ। भट्टकि आमाले बिशालनगर प्रहरीलाई खबर गरेपछि अहिले उनको खोजी कार्य जारी छ।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ। आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो। प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ। गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियो।

Read More

काठमाडौं : सर्ट भिडियो प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय मान्न आलटाल गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले केही सेवा प्रदायकलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका अनुसार, ती संस्थाहरूविरुद्ध कारबाही प्रक्रियासमेत अघि बढाइएको छ ।  अन्य इन्टरनेट सेवा प्रदायकलाई समेत सचेत गराउँदै प्राधिकरणले अटेर गरे दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले कतै टिकटक चलिरहेको भए content@nta.gov.np खबर गरिदिन इन्टरनेट सेवाग्राहीलाई आग्रह पनि गरेको छ । ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्घभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिररहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार…

Read More