Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियुले होली मिलन कार्यक्रम मनाउने भएको छ। सुदूरपश्चिमको मौलिक कला, साहित्यको जगेर्ना गर्न भन्दै कार्यक्रम मनाउन लागिएको हो। स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्यका सभापति कुबेर खड्काले होलीको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार पर्सि ९ गते बिहान ७ बजेबाट कार्यक्रम सुरु हुने छ। जसमा विभिन्न सास्कृतिक पहिचान झल्काउने प्रस्तुति रहनेछन्।

Read More

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको हो। राखेप मातहत रहेको दशरथ रंगशालाको खेलमैदान विगत लामो समयदेखि एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकाले अब उप्रान्त राखेप आफैंले संरक्षण गर्ने भएको हो। पछिल्लो समय एन्फाले नै मैदानको संरक्षण गर्न नसक्दा नेपालले विश्वकप छनोटको दोस्रो चरणमा बहराइनसँगको ‘होम म्याच’ खेल्ने अवसर गुमाउनुपरेको थियो। त्यससँगै एन्फाको तीव्र आलोचनासमेत भइरहेको छ। संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको राखेपले जनाएको छ। राष्ट्रिय खेलकुद विकास…

Read More

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्। एमाले डडेल्धुराको ९ औं अधिवेशनबाट अध्यक्षमा शाही सर्वसम्मत चयन भएका हुन्। तर, निर्वाचन कमिटीले भने आधिकारिक घोषणा गर्न बाँकी छ। स्रोतका अनुसार शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको भएपनि अन्य पदमा सहमति जुटाउन नेताहरू छलफलमा जुटिरहेका छन्। शाही गन्यापधुरा गाउँपालिका ३ सकायलका हुन्। शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्। उनी त्यसपछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए। युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा…

Read More

बझाङः बझाङमा सडक कालोपत्र गर्दा आगलागी भएको छ। जिल्लाको केदास्यु गाउँपालिका–५ अख्तरबगरस्थित बागथला बिजगाडा सडका कालोपत्र गर्ने क्रममा आगलागी भएको हो। सडकमा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी भएको प्रहरीले बताएको छ। आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ। साथै आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका–२ का २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ।

Read More

धनगढी : गत फागुन २४ गते राति दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीमाथि ढुङ्गामुढा र निवासमा आगजनी भएको घटना सार्वजनिक भयो । मध्यराति सुतिरहेको अवस्थामा अज्ञात समूहले आफुमाथि ढुङ्गामुढा र निवासमा आगजनी गरेको भन्दै प्रशासकिय अधिकृत अधिकारीले प्रहरीमा निवेदन दिए । घटनाको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटियो र घटनाको अनुसन्धान अगाडी बढाइयो । आफुलाई असुरक्षा भएको भन्दै घटनाको भोलिपल्ट फागुन २५ गतेदेखि सदरमुकाम खलंगा झरेका अधिकारी जिल्ला प्रशासनको कर्मचारी आवाश भवनको पाहुना कोठामा बस्दैआएका थिए । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरुले उनलाई कर्मचारी आवाशमा बसाल्दैआएका थिए । १० दिनदेखि सिडिओकै भान्साबाट खाना खाइरहेका…

Read More

काठमाडौं : दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला सुनाउने भएको छ । मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए । लगत्तै फेरि उनले नै ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए…

Read More

धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पुरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडी नसरेको टिप्पणी गर्दै प्रचण्ड नै पुरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने आशय व्यक्त गरेका हुन् । ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडी पनि सरेका छैनन्। के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त ’ ओलीले पत्रकार सम्मेलनमा भने । गृहमन्त्री रबी लामिछानेको विषय पदबाट राजीनामा दिनु पर्ने सम्मको नभएको उनको तर्क थियो…

Read More

धनगढी : कञ्चनपुरमा ठूलो परिणामको लागुऔषध खैरो हेरोईनसहित प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टेलिजेन्स टीम (पीआईटी) र स्थानीय प्रहरीले बेलौरी नगरपालिका-६ नकैयाबाट १० दशमलब २ ग्राम खैरो हेरोईनसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार पैदलयात्रामा रहेका उत्तर प्रदेशको लखिमपुर ग्राम खजुरीया भारतका चौहानलाई पक्राउ गरिएको हो। शंका लागेर उनलाई चेकजाँच गर्दा पाइन्टको गोजीमा पोको पारेको अवस्थामा खैरो हेरोईन बरामद गरिएको थियो। उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Read More

धनगढी : दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको सरुवा भएको छ । जोशीको जिल्ला प्रशासन कार्यालय कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको हो । दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी जाने भएका छन् । सरकारले ११ जिल्लाका सीडियो हेरफेर गरेको छ ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा एक युवकले विषादी सेवन गरेका छन् । मंगलबार बिहान करीब साढे १० बजेको समयमा उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् । नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए । उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विषादी सेवन गरिरहेको अवस्थामा भेटिएका रानालाई नगर प्रहरीले तत्काल उद्दार गरेको जानकारी दिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेका बताए । ‘विषादी…

Read More