Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको छ। सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठूला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष बुधराम चौधरी पक्राउ परेका छन्। नेकपाको युवा संगठनले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो। सब डिभिजन वन कार्यालय, सुखडले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी अस्ति सरुवा भएर गणमा गए। अस्ति एसपी देवेन्द्रबहादुर पाल सरुवा भई सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा गएका हुन्। उनी गएकोमा त्यसको दोस्रो दिन (सोमबार) जिप्रका कैलालीको नयाँ प्रमुखका रुपमा एसपी पदमबहादुर बिष्ट आएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्। कैलाली प्रहरीको कमाण्ड सम्हाल्दा कहिल्यै विवादमा नआएका एसपी पाल रिटायर हुने लाईनमा पनि रहेको बुझिएको छ। उनले कैलालीको प्रहरी प्रमुख भएर बसेका बेला बाहिर व्यापारी, तस्करसँग खासै हिमचिम नभएका, भेटघाट न्यून भएका एसपी पाल भनेर चिनिएका थिए। तर, सरुवा भएर गणमा जानु एक…

Read More

कैलाली : नेकपा एमाले कैलालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ। सहमतिको प्रयास असफल भएपछि अधिवेशन सुरु भएको चौँथो दिन बुधबार(आज) निर्वाचन प्रक्रिया अघि बढाइएको हो । निर्वाचन कमिटिकाअनुसार अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटि सदस्य कमलसिंह रानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममता प्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ। उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज…

Read More

अछाम :  अछामा जीप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको ज्यान गएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिए । चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पुगाएर उपचार भइरहेको अध्यक्ष साउँदको भनाइ छ । अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ…

Read More

अछाम : अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको चौरपाटी गाउँपालिक-५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जी आज(बुधबार) बिहान दुर्घटनामा भएको हो। प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ। लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घाइते सबैलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Read More

बैतडी : केही दिनयता बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ह्वाङ परेको ह्वाइट बोर्ड सामाजिक सञ्जालमा भाइरल बनेको थियो। शुक्रबार सुर्नया गाउँपालिकाको टोलीले नेरा माविमा अनुगमन गरेको थियो। अनुगमनपछि टोलीका एक जना व्यक्तिले सामाजिक सञ्जालमा उक्त ह्वाङ परेको ह्वाइट बोर्डकाे तस्बिर राखेकाे थिए। जाे सामाजिक सञ्जालमा भाइरल बन्यो। तस्बिर भाइरल बन्दासम्म विद्यालय र स्थानीय सरकारले कुनै चासो देखाएनन्। उनीहरु लाच पचाएर बसिरहे। तर, सुर्नया गाउँपालिका-२ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी विनोदबहादुर विष्टको सहयोगमा पूरानो बोर्ड फेरिएको छ। आफूले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको युवा विष्टले बताए। उनले भारतबाट पठाएको…

Read More

कैलाली : नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए। यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो। तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहानसम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत जोराले बताए। अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन्। जोशीले आफ्नो टिम नै सार्वजनिक गरिसके भने अन्य उम्मेदवारहरूले भने टिम औपचारिक रुपमा सार्वजनिक गरेका छैनन्। आइतबार एमाले अध्यक्ष केपी शर्मा…

Read More

डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड यतिबेला हिउँ परेर सेताम्मे छ।भू स्वर्गको उपमाले प्रसिद्ध खप्तड हिउँको घुम्टोले छोपिँदा झन् मनमोहक देखिएको छ। हिमपातपछि खप्तडका फराकिला र सुन्दर पाटनहरू सेताम्मे भएका छन्। मौसम सफा भएका कारण हिमालहरू प्रस्ट खुलेका छन्। फोटो: दिपक खड्का

Read More

दार्चुलाः दार्चुलामा भिरबाट लडेर किशोरीको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–६ की १८ वर्षीया मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भिरबाट हिजो (मंगलबार) मृत्यु भएको हो। मंगलवार रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भिरबाट लडेर मृत्यु भएकोगाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए।

Read More

कैलाली : कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ६८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट मोटरसाउकल १ थान समेत प्रहरीले बरामद गरेको छ। यसैगरी कैलारी गाउँपालिका-३ शिवरत्नपुरस्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More