Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको हो। प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

Read More

धनगढी : धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। बिहीवार धनगढी १२ जुगेडामा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। सुदूरपश्चिम प्रुदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको छ भने बाँकी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । केहीबेर अघि सम्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य ओमबिक्रम भाटले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

Read More

धनगढी : नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नाउपाका कैलाश चौधरी र स्वतन्त्र सांसद तारा जोशीबीच छलफलले विश्वास मत नदिने निर्णय गरेको छलफलमा सहभागी एक नेताले बताए । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । नाउपाकै टीका थापा पनि विश्वासको मतको विपक्षमा उभिने भएको स्रोतको भनाइ छ । नाउपकै दुई सांसद नआउने भएपछि स्वतन्त्र सांसदले पनि उपस्थित नहुने अडान लिएका हुन् । कांग्रेसका मुख्यमन्त्री शाहले नाउपा, स्वतन्त्र, राप्रपा र आफ्नो पार्टीका सबैको मत पाउँदा ठिक्क बहुमत २७ पुग्छ । तर, नाउपाका २ र स्वतन्त्र १ सांसद उपस्थित नहुने भएपछि शाहको सत्ता धरमरमा परेको छ । विश्वासको मत नपाउने देखेपछि कांग्रेसका सांसदले मुख्यमन्त्रीलाई राजीनामा…

Read More

धनगढी : नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही अगाडि नबढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ। कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन् । बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गरेका हुन् । भेटमा देउवाले मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताउँदै बैठक सार्नुपर्ने अवस्थामा खबर गर्ने समेत सभामुखलाई आग्रह गरेका छन् । देउवा केहीबेर अघि सभामुख भण्डारीलाई भेटेर प्रदेश सभा सचिवालयबाट बाहिरिएका छन् । पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक…

Read More

काठमाडौं : नेपाली कांग्रेसले बझाङ १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले बझाङ १ मा अभिषेक सिंहलाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । यसअघि बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए । ‘सभापतिज्यूले हिजो जे प्रस्ताव गर्नुभएको थियो आज त्यही निर्णय भयो’, बैठकमा सहभागी ती नेताले भने । संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।

Read More

धनगढीः कैलालीको लम्की स्थित रानीजमराको सिँचाई नहरमा महिलाको शव फेला परेको छ। मृतक लम्कीको स्थानीय ५४ वर्षीया महिला खिमाकुमारी शाही रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन्।  बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकामा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्टभित्र मृत फेला परेकी थिइन्।  मृतककी भाइबुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो टाउँकोमा प्रहार गरी दुर्गाको…

Read More

काठमाडौं: नेपालको गुप्तचर संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागले हिजोदेखि तीन दिने सेवाकालीन तालिम थालेको छ। हिजोबाट थालिएको उच्चस्तरीय इन्टेलिजेन्स तथा रणनीतिक व्यवस्थापन सेवाकालीन तालिममा  पहिलो हप्ता आठ वटा विषय समेटिएका छन्। उप अनुसन्धान निर्देशक रिता अधिकारीका अनुसार हिजो र आज बिहान ११ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म हुने तालिम भोलि सवा २ बजेसम्म चल्नेछ। आज कन्टेम्पोररी सेक्युरिटी च्यालेञ्जेज,नेसन्स एण्ड स्टेट र इन्टरनेशल बोर्डरको बारेमा सह अनुसन्धान निर्देशक नरेशबहादुर शाह,सचिव डा. भरतमणि सुवेदी र नापी विभागका पूर्व डिजी तोयानाथ बरालले जानकारी गराउने बताइएको छ। हिजो उनै रिता अधिकारीले अनुशासन र आचरण सिकाएकी थिइन्। भोलि म्यानेजमेन्ट स्किल्स इन एन अर्गनाइजेसन, कन्सेप्ट अफ…

Read More

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ। धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौरालाई बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी थिइन्। रेबिजविरुद्धको सुई लगाएपछि उनको मृत्यु भएको आफन्तले बताएका छन्। आफन्त मनीषा चौधरीका अनुसार बिरालोले सिताको नङमा कोपरेपछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन्। दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो। अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन्। तर अस्पतालले भने कुनै लापरबाही नभएको जनाएको छ।

Read More