काठमाडौं: नेपालको गुप्तचर संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागले हिजोदेखि तीन दिने सेवाकालीन तालिम थालेको छ। हिजोबाट थालिएको उच्चस्तरीय इन्टेलिजेन्स तथा रणनीतिक व्यवस्थापन सेवाकालीन तालिममा पहिलो हप्ता आठ वटा विषय समेटिएका छन्।
उप अनुसन्धान निर्देशक रिता अधिकारीका अनुसार हिजो र आज बिहान ११ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म हुने तालिम भोलि सवा २ बजेसम्म चल्नेछ।
आज कन्टेम्पोररी सेक्युरिटी च्यालेञ्जेज,नेसन्स एण्ड स्टेट र इन्टरनेशल बोर्डरको बारेमा सह अनुसन्धान निर्देशक नरेशबहादुर शाह,सचिव डा. भरतमणि सुवेदी र नापी विभागका पूर्व डिजी तोयानाथ बरालले जानकारी गराउने बताइएको छ। हिजो उनै रिता अधिकारीले अनुशासन र आचरण सिकाएकी थिइन्।
भोलि म्यानेजमेन्ट स्किल्स इन एन अर्गनाइजेसन, कन्सेप्ट अफ इन्टेलिजेन्सको बारेमा डा.सरोज ज्ञवाली र उप अनुसन्धान निर्देशक टेकराज तिमल्सेनाले कक्षा लिने बुझिएको छ।