Author: महेन्द्रनगर पोष्ट

तेज बोहरा/धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा लागुऔषधका दुर्व्यसनी र कारोबारी बर्सेनि बढ्दो पाइएको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएको पुष्टि गरेको हो। भारतसँगको खुला सीमा रहेको कैलालीको धनगढीमा लागुऔषध कारोबारी र प्रयोगकर्ता समात्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको छ। दिनहुुँ पक्राउ गर्दा जिल्ला प्रहरी र वडा प्रहरीको हिरासत कक्ष लागुऔषध कारोबारी र प्रयोगकर्ताले भरिभराउँ हुने गरेका छन्। धनगढीबाट छोटो दुरीमा रहेको भारतीय बजारहरु वनगाउँ र पलियाबाट लागुऔषध कारोबारीले दैनिक ठुलो परिमाणमा प्रहरीको आँखा छलेर लागुऔषध भित्र्याउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्सेनि दोब्बर तेब्बर संख्यामा कारोबारी…

Read More

काठमाडौं : भारतीय भन्सारले पाँच दिनदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खुला गरेको छ। गत शुक्रबार काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए। चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मंगलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। रोकिएका सबै ट्रक आज छाडिए, उनले भने, अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन। पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताए। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक…

Read More

धनगढी : धनगढीमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेका छन्। दिनहुँ मोटरसाइकल चोरीका घटना बढिरहेको प्रहरीको भनाई छ। यसैक्रममा प्रहरीले एक समूहलाई चोरीको आरोपमा समातेको छ। आज (बुधबार) कैलाली प्रहरीले धनगढीबाट मोटरसाइकल चोर्ने दुई जनालाई सार्वजनिक गरेको छ। यसरी पक्राउ पर्नेमा कञ्चनपुरको वेददकोट नगरपालिका वडा नम्बर–२ बसन्थलाका १८ वर्षीय सन्देश खत्री र सोही ठाउँका १८ वर्षीय लोकेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार उनीहरुले चोरेका ३ मोटरसाइकल पनि उनीहरूबाट बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ फाप्ला नजिकबाट मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको बोहराले बताए। उनीहरूले धनगढीको बसपार्क, धनगढी उपमहानगरपालिका ३…

Read More

धनगढी : कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ दैजिस्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक–आपसमा ठोक्किएका थिए। मोटरसाइकलको ठक्करबाट म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक बेदकोट नगरपालिका–२ का २६ वर्षीय श्रीधर नाथको बुधवार दिउँसो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय रामबहादुर मिजार, विपरीत दिशाबाट आईरहेको म २ प…

Read More

काठमाडौं : महोत्तरीको मठिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

Read More

धनगढी: नेपाल प्रहरीका सुदूरपश्चिमस्थित प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआइजी रविन्द्र केसी सुदूर पहाडतिर उक्लिएका छन्। केही दिन अगाडि सुदूरपश्चिमको पहाडी जिल्लाको अनुगमन तथा भ्रमणमा निस्किएका केसी बझाङ पुगेर फर्किने बताइएको छ। बझाङमा यहीँ बैशाख १५ गते प्रदेश सभा सदस्यको उपनिर्वाचन हुँदै छ। सोही क्रममा सुरक्षा व्यवस्था बुझ्न डीआइजी केसी त्यहाँ पुग्ने बताइएको हो। उनीसँगै टोलीमा डीएसपी भरतबहादुर चौधरी पनि छन्। धनगढीबाट पहाड उक्लिएर दार्चुला हानिएका उनले त्यहाँको जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेर मातहत कर्मचारीलाई निर्देशनसमेत दिएको बुझिएको छ। हिजो (मंगलबार) केसीले जिल्ला प्रहरी कार्यालय दार्चुलाको आन्तरिक तथा बाह्य निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका हुन्। स्रोतका अनुसार उनले जिल्लाको समग्र…

Read More

धनगढी : बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनमा नेकपा (एमाले) उम्मेदवार दमनबहादुर भण्डारीको बुवाको दाहसंस्कार गरिएको छ । एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । बुधबार भ्यागुते खेलाको सेती दोभानमा उनको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा,पोलिट ब्युरो सदस्य राजेन्द्र रावल र केन्द्रीय सदस्य ऐन महरले सामूहिक रुपमा पार्टीको झण्डा ओढएर श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए । २०७९ मंसिरको निर्वाचनमा बझाङ–१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर…

Read More

धनगढी : बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ति पत्र र मतदान सामग्री बुझाएर मतदानस्थलतर्फ खटाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको हो। आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकाले…

Read More

धनगढीः कैलालीको धनगढीमा जबरजस्ती करणीमा दोषी ठहर एक जना पक्राउ परेका छन्। जबरजस्ती करणीमा जिल्ला अदालतबाट दोषी ठहर तर फरार रहेका युवकलाई पक्राउ गरिएको हो। आज (बुधबार) वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले जबरजस्ती करणीमा दोषी ठहर तर फरार भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३८ वर्षीय रामबहादुर चौधरीलाई धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीमा पठाइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुर प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ। भन्सार छलीदेखि फरार प्रतिवादी समाउने कार्यमा प्रहरी सक्रिय बनेको हो। कञ्चनपुर प्रहरीले हिजो र आज गरेर मात्रै दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अवैध सामान नियन्त्रणमा लिएको छ। १५ लाख ९७ हजार ९३० को अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ। त्यस्तै अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अवैध सामान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले पनि १० हजार र आज…

Read More