Author: महेन्द्रनगर पोष्ट

धनगढी : केही दिन अगाडी कर्णाली पुलमा लाइटर बोकेको ट्रक आगलागीको घटना नसेलाउदै अर्को ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गको मुडामा विरगन्जबाट आइरहेको ट्रकमा आगलागी भएको हो । प्र ३-०३-००१ ख ००१२ नम्बरको ट्रकमा मुडा र बौनियाको बिचमा आगलागी भएको बुझीएको छ । उक्त ट्रकले लाईटर र खुर्सानी बोकेको थियो। ट्रकमा लागेको स्थानीय प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार आगो लागेकोबारे थप विस्तृत विवरण आउन बाकी छ। यस अगाडि कर्णाली पुलमा पनि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो। उक्त चाइनिज लाइटर नेपालबाट तस्करी भएर महेन्द्रनगर हुँदै भारत जाने गरेको बताइन्छ।…

Read More

धनगढी : बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको तलकोट गाउँपालिका – १ अन्तर्गतको सुनिगाड पुल नजिकै ट्याक्टर दुर्घटना भएको हो । शनिबार दिउँसो १ बजेको समयमा तलकोटबाट सदरमुकाम चैनपुर आउनेक्रममा सुनिगाड पुल नजिकै से २ त ३५४७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेको छ । ट्याक्टर चालक बैतडी पुर्चौंडी नगरपालिका ४ का ३५ वर्षीय सागर बोहरा घाइते भएका छन् । चालक बोहराको टाउको, बायाँ आँखा र ढाडमा चोट लागेको बताइएको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी…

Read More

मोरङ : त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश नेशनल टी–२० च्याम्पियनसिपको उपाधि हात पार्न सफल भएको छ। उपाधिसँगै आर्मीले नगद पाँच लाखसहित ट्रफी हात पारेको छ। उपविजेता कर्णाली प्रदेशले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। शनिबार भएको उपाधि भिडन्तमा आर्मी क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै ११० रन बनाएको थियो। आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रविन्द्र शाहीले २१ रन बनाए। पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो। त्यसैगरि, दिनेश अधिकारीले १२ रन बनाए। कर्णालीलाई धराशायी बनाउने क्रममा आर्मीका त्रितराज दास,…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको बताएका छन्। शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। साथै, उनले सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको बताए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए। ‘फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका छौँ,’…

Read More

धनगढी : बैतडीको पुर्चौडी नगरपालिका ६ भूमिराजका एक युवकको भारतमा मृत्यु भएको छ। भारतको बेंगलोरममा ग्यास लिक भएर आगलगाीहुँदा २० वर्षीय मदन अवस्थीको मृत्यु भएको हो । केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर घाइते भएका थिए। आगलागीबाट जलेर घाइते भएका अवस्थीको शुक्रवार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए। अवस्थी रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतको बेंगलोर गएका थिए।

Read More

धनगढीः नेपाली कांग्रेस गोदावरी नगरसमितिले सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको नक्कली टिकट ठेली प्रकरणमा मुछिएका अशोकराज देवकोटालाई निलम्बित गरेको छ। शनिवार बसेको बैठकले कार्यसमितिका सचिव रहेका देवकोटालाइ निलम्बन गरेको हो। अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट ठेली प्रकरणमा नाम मुछिएकाले उनलाइ निलम्बन गरिएको समितिका सचिव योगेश भट्टले बताए। उक्त घटनामा छानबिन होस् भन्दै देवकोटालाइ छानबिन अवधीसम्मका लागि निलम्बन गरिएको उनले जानकारी दिए। अत्तरिया उद्योग वाणिज्य संघले लगाएको आठौ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएका थिए। उक्त प्रकरणमा विभिन्न्न व्यक्तिहरुको नाम मुछिएको थियो।

Read More

काठमाडौंः सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता भएको छ। दुई पार्टीबीच एकता भएको आज जारी विज्ञप्तिमा जनाइएको छ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र समाजवादीका महासचिव रमेशप्रसाद यादवले जारी गरेको संयुक्त प्रेस नोटमा चार बुँदा उल्लेख छ। नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।’ त्यस्तै वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि चार सदस्यीय कार्यदल बनाइएको छ। बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ। साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ। कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र…

Read More

धनगढी: कैलालीको धनगढीमा ड्रीमलिंक एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ। हालै धनगढीको मुख्य रोडस्थित निर्माण गेट नजिकै सो ड्रीमलिंक सञ्चालनमा आएको हो। विद्यार्थीलाई लक्षित गरि उक्त ड्रीमलिंक सञ्चालनमा ल्याइएको सञ्चालक दीपा रावतले बताइन्। उनका अनुसार ड्रीमलिंकले विभिन्न भाषाका तयारी कक्षा, परामर्श एवं दस्तावेजीकरण र भीसा प्रोसेसको काम गर्ने छ। हाल ड्रीमलिंकले आईएलटिएस, पिटीई, जापनिज, कोरियन लगायतका भाषा सिकाउनेदेखि लिएर युके, अमेरिका, अष्ट्रेलिया, डेनमार्क, माल्टा, न्युजिल्यान्ड, फिनल्यान्ड, जापान र कोरिया लगायतका देशमा विद्यार्थी र जनशक्ति पठाउने गर्दै आएको छ। ड्रीमलिंकको सुदूरपश्चिमका युवा तथा विद्यार्थीलाई विदेश यात्राका लागि भरपर्दो र धनगढीबाटै सेवा दिएर काठमाडौं जानपर्ने झन्झटबाट मुक्त गराउने उदेश्य रहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक युवक खुकुरी र लागूऔषधसहित पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज गाउँबाट ७७.२१ ग्राम लागूऔषध (गाँजा)सहित सोही ठाउँ बस्ने २२ वर्षीय शुसिल चौधरी शुक्रवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ति टोलीले उनको साथबाट गाँजा र धारिलो हतियार (खुकुरी) एक थान फेला पारी चौधरीलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : कैलालीको चौमालाका एक किसान अनलाइन ठगीमा परेका छन् । भारतीय ठग गिरोहले मुर्रा भैँसी नेपालमा घरसम्म होम डेलिभरी गरिदिने भन्दै ती किसानबाट १ लाख २० हजार ठगी गरिएको भेटीएको छ । फेसबुकमा ६५ हजारमा घरमै मुर्रा भैँसी पु¥याइदिने आश्वासनमा पर्दा आफू ठगिएको उनले बताएका छन् । भिडियो कलबाटै भैँसी देखाएर, सरकारी कागजात र आफ्ना सबै परिचय पत्र पनि देखाएपछि विक्रेतामाथि विश्वास गरेका उनलाई सुरमा घरमै भैँसी पुगेपछि मात्रै पैसा लिने प्रलोभनमा पारिएको थियो । घरमै भैँसी पुगेपछि एक हप्ता सम्म भनेअनुसार दूध दिएपछि मात्रै पैसा दिन भनेर सहमति गरेका उनलाई पछि भैँसी ढुवानीका क्रममा बाटोमा समस्या भयो भन्दै…

Read More