Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा एक विवाहित युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका ७ मनेहरा सामुदायिक वनमा कैलारी गाउँपालिका–५ बड्की पलियाकी ३१ वर्षीया रितु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ । उनी धनगढीको मोती चोकमा कोठा गरी बस्दै आएका शिव कुमार चौधरीको श्रीमती भएको खुलेको छ । चौधरीलाई जामुनको रुखमा दोपट्टाको पासो लगाएको अवस्थामा मृत फेला पारेको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

Read More

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा गरिएको छ । विशेष ब्युरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकराम राईलाई पठाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेश प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् । महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुव बहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाईँ र बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर…

Read More

धनगढी : दार्चुलामा खोलामा अड्किएको अवस्थामा एक युवत मृत भेटिएका छन् । नौगाड गाउँपालिका–५ को सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा सोही ठाउँको खार बस्ने ३५ वर्षीय मनबिर बोहरा मृत भेटिएको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठीक नभएका बोहराको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं: नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी डा.आशा सिंह बुधबारदेखि अवकाशमा गएकी छन्।उमेरहदका कारण उनी अवकाशमा गएकी हुन्। डा.सिंहले कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि निकै विवादित रहिन्। कमिसन,हरेक ठेक्कामा श्रीमानमार्फत डिल गरेको आरोप उनीमाथि लाग्यो। अहिले उनको अवकाशपछि अस्पतालको प्रमुख बन्नका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ। मुख्यगरी दुई डिआइजीबीच एआईजी बढुवामा प्रतिस्पर्धा छ। जसमा डिआईजी सुन्दर हाइजु र संजय बिक्रम श्रेष्ठ रहेका छन्। अब उनीहरूमध्ये एकजना प्रहरी अस्पतालको हाकिम एवं एआईजीमा बढुवा हुनेछन्।

Read More

अछाम: प्रहरीले अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उक्त नगरपालिकाको वडा नम्बर ३ र २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा फेला पारी बरामद गरिएको हो। बिहीवार ५० लिटर र शुक्रवार १०५ लिटर गरेर १ सय ५५ लिटर अवैध घरेल मदिरा बरामद गरि नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : यातायात मजदुर व्यवसायीका प्रतिनिधि र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरबीच छलफल भएको छ । उनीहरुबीच शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा छलफल भएको हो । छलफलमा मजदुर व्यवसायीहरुले प्रहरी प्रशासनबाट अनावश्यक हैरानी व्यहोर्नु परेको गुनासो गरेका थिए । आइजिपी कुँवर समक्ष समस्याहरू प्रस्तुत गर्दै धनगढीदेखि काठमाडौँ आउने सार्वजनिक बसले सडकमा ३६ स्थानमा सुरक्षा चेकजाँच पूरा गर्नुपर्ने जसका कारण चालकमा थकान सँगसँगै मानसिक तनाव र शारीरिक शिथिलता आउने बताउँदै प्रस्थान बिन्दुमाचेकजाँच गरेर हिँडेपछि गन्तव्यमा चेकजाँच गर्नुपर्ने विधि राख्न समेत मजदुर व्यवसायी प्रतिनिधिहरूले सुझाएका छन् । ‘प्रहरी मेरो साथी’ या ‘जिब्रोको गरिमा मिठो बोलीमा’ जस्ता लोकप्रिय नारा भएपनि ट्राफिक प्रहरीको बोली…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नवीन थापालाई कारबाही गरिएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको हितविपरीत कार्य गरेको भन्दै थापालाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेकी हुन्। अवसरकै लागि नाउपा छिरेका थापा यसअघि कृषि मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव बनेका थिए। पार्टी भित्र रञ्जिताविरुद्व लागेपछि थापा निकाला भएका हुन्। यस्तै नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन्। नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री…

Read More

धनगढी: धनगढीको नोभा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तोडफोड भएको छ। आफन्तहरु क्रुद्ध भएपछि अस्पतालको काउन्टरमा अहिले राति तोडफोड भएको हो। अस्पतालमा परिचालन भएका प्रहरीले तोडफोड भएकोमा अहिले भने तनाव कम भएको र दुई पक्षको छलफल थालिएको जनएको छ। आजमात्रै डाक्टरकाे लापरवाहीले कञ्चनपुरकाे बेलाैरीका १७ वर्षीय नसिभ चाैधरीकाे मृत्यु भएकाे भन्दै आफन्त आन्दोलित भएका थिए। सोही क्रममा हस्पिटलले वार्ताका लागि भन्दै आइसीयू वार्डका स्टाप नर्स छलफलमा राखेपछि आक्रोशित पीडित पक्षले हस्पिटलमा ताेडफाेड गरेको बताइएको छ। जन्डिसकाे समस्याका कारण अस्पताल भर्ना भएका चाैधरीकाे शुक्रबार मृत्युु भएकाे थियोे। उपचारमा चिकित्सकले लापरवाही गरेकाे भन्दै कारवाही र क्षतिपूर्तिकाे माग गर्दै आफन्तले शव बुझ्न मानेका…

Read More

धनगढी: कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ। बुधबारबाट इन्डोस्कोपी सेवा सुरु गरिएको गेटा अस्पतालले जनाएको । अस्पतालमा बुधबार १ जना बिरामिको इन्डोस्कोपी गरी उक्त सेवाको सुरुवात भएको फिजिसियन चिकित्सक डा. चेतराज भट्टले बताए। वि.सं. २०८० कात्तिक १ बाट न्यूनतम सेवासहित संचालनमा आएकोे अस्पतालमा जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग ओपीडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा छ।

Read More

काठमाडौं: नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएपछि प्रमुख प्रतिपक्षको हैसियतमा पुगेको नेकपा (माओवादी केन्द्र)ले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै जनतामा जाने बताएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सडक र सदनलाई जोड्दै नयाँ तरिकाबाट जनतामा जाने बताए। ‘सदनमा भएका हाम्रा ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने छौँ । हामीले संगठनको रुप पनि त्यसैगरी, जनपरिचालन, संघर्षका रुप पनि नितान्त नयाँ ढंगले अघि सार्नेछौँ’, उनले भने। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामायिक राजनीति र आफू नेतृत्वको सरकारले गरेका कामबारे नेताहरुलाई जानकारी गराएको सापकोटाले बताए। ‘अध्यक्षज्यूले दिशानिर्देश गर्नुभयो।…

Read More