Author: महेन्द्रनगर पोष्ट

धनगढी : वैशाख १५ गते शनिवार हुन गइरहेको उपनिर्वाचनअन्तर्ग इलाम र बझाङमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको हो । इलाम २ मा प्रतिनिधिसभा र बझाङ १ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको छ। इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् भने बझाङमा ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् । त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने छ । उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै अनुमति दिएका छन्। उपनिर्वाचनको…

Read More

धनगढी: सुदूरपश्चिमको पहाडी जिल्लाको भ्रमण तथा अनुगमनमा रहेका डीआइजी रविन्द्र केसी बझाङ पुगेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक केसीले आज (बिहीबार) बझाङमा निरीक्षणसमेत गरेका छन्। उनले जिल्ला प्रहरी कार्यालय बझाङको आन्तरिक तथा बाह्य निरीक्षण एवं बैशाख १५ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य अदको उप-निर्वाचनको सुरक्षा व्यवस्थाको जानकारी लिएको बताइएको छ। उनले मातहत कर्मचारीलाई निर्वाचन शान्त, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न निर्देशन पनि दिएका छन्। यस्तै निर्वाचनबाहेक जिल्लामा शान्ति सुरक्षा, अपराध अनुसन्धान, अवैध चोरी निकासी पैठारी नियन्त्रण, सरकारी जग्गा दोहन, लागू औषध ओसार पसार नियन्त्रण, वन पैदावार कटान ओसार पसार, खानी तथा नदीजन्य…

Read More

काठमाडौँ : नेपाल र मित्र राष्ट्र चीनको सीमाना कोरलामा दुई देशका प्रहरीले संयुक्त पैदल गस्ती गरेका छन्। नेपाल प्रहरीले दिएको जानकारीअनुसार सीमा क्षेत्रमा खटिएका दुवैतर्फका प्रहरीले नेपाल–चीन सीमा कोरलास्थित २४ नं। पिल्लरदेखि पश्चिम २३ नम्बर पिल्लरसम्म अन्दाजी २ किलोमिटर संयुक्त पैदल गस्ती गरेका हुन्। सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका संयुक्त पैदल गस्ती गरिएको नेपाल प्रहरीले जनाएको छ। बुधबार गरिएको संयुक्त पैदल गस्तीमा नेपालका तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लोमान्थाङबाट ८ जनाको टोली र चीनतर्फ लिजी प्रहरी कार्यालयबाट ८ जनाको टोली सहभागी भएका थिए। यस प्रकारको कार्यले सीमा क्षेत्रमा हुन सक्ने सीमा अपराध नियन्त्रणमा…

Read More

धनगढी : कञ्चनपुरमा रेष्टुरेन्ट सञ्चालकसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका—६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालिका रेष्टुरेन्टबाट सिंहसहित ११ जना जुवाडे पक्राउ परेका हुन् । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ५७ हजार ३२९ नगद र १३१ पत्ति ताससहित पक्राउ गरेको प्रहीले बताएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीका एआइजीहरुको सरुवा र पदस्थापनको तयारी थालिएको छ। स्रोतका अनुसार सम्भवतः आजै मन्त्रीपरिषद्ले एआइजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गर्ने जनाइएको छ। स्रोतको भनाई अनुसार सरकारले प्रहरी प्रधान कार्यालयका केही एआइजीको सरुवा गर्दै एकेडेमी र प्रधान कार्यालयमै नयाँ एआइजीको पदस्थापनको तयारी गरेको छ। अस्तीमात्रै बढुवा भएका एआइजीद्वयको पदस्थापन आजै हुनसक्ने बताइएको छ। हालै एआईजीद्वय सन्दीप भण्डारी र मिरा चौधरीले उमेरहदका कारण अवकाश पाएपछि रिक्त एआईजी पदमा दुई डीआईजी उमेश जोशी र भीम ढकालको बढुवा सिफारिस भएको थियो। उता प्रहरीका चिफ बसन्त बहादुर कुँवर भने फ्रान्समा छन्। उनी पनि आजै नेपाल फर्किने कार्यक्रम छ।

Read More

प्रहरीको साइबर ब्यूरोले कथितरुपमा अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि जाजरकोटका गणेशमान सिंहले ‘औषधि’ सेवन गरेको बताएका छन् । वैशाख १२ मा औषधि सेवन गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो । अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै छ । गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् । फेसबुकमा सञ्चार भएको भिडियोमा उनले धम्की दिएपछि मैले औषधि सेवन गरेँको बताएका छन । सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको छ । कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले उनले एकैपटक अत्यधिक प्यासासिटामोल खाएको बताए।’ उनका अनुसार…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वर थापा दिउँसो-दिउँसो स्पा (मसाज सेन्टरमा) जाने गरेको भेटिएको छ। स्रोतका अनुसार अस्ती मंगलबारमात्रै दिउँसो इन्सपेक्टर थापा महेन्द्रनगरस्थित कोहीनुर स्पामा प्रकट भएका थिए। यतिमात्र होईन, थापा सदाजसो सादा पोसाकमा स्पातिर जाने गरेका छन्। उनलाई स्थानीयले त्यहाँ छापा हान्न आएको हुनसक्ने सोचेपनी उनी त्यहाँ छापा हान्न नगएको बुझिएको छ। स्पास्रोतका अनुसार उनले मसाज गराउन आउने जाने गरेको बताइन्छ। तर, यता इन्सपेक्टर थापाले भने आफू निरीक्षणमा जाँचबुझका लागि त्यहाँ गएको बताएका छन्। आजकल हप्ताहप्तामा सादा पोसाकमा आफू महेन्द्रनगरका स्पामा अनुगमनका क्रममा पुगिरहेको उनको भनाई छ। तर, उता डीएसपी उमेशराज जोशीले भने हाल स्पामा…

Read More

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्नेछ। त्यसक्रममा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अघि बढ्नेछ। शिक्षकहरू दलको सक्रिय सदस्य रहेको, विभिन्न कार्यसमितिमा रहको र महाधिवेशन प्रतिनिधि बनेको जस्ता उजुरी तथा गुनासो मन्त्रालयमा प्राप्त भएका छन्। मन्त्रालयले केही दिनअघि मात्रै दलमा आबद्ध शिक्षकरकर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाइसकेको छ। कतिपय जिल्ला इकाइले कारबाही पनि अघि…

Read More

काठमाडौं : इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति यूएईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मा रहेका छन् । उनी वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् । एनसीबी आबुधावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको हो । उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ । रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा। इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दा चैत २५ देखि ‘हेर्दाहेर्दै’ मा छ । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

Read More