Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागु हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो। जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्। उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो। पुनसमेतको संलग्नतामा सहकारीका बचतकर्ताको करिव सवा अर्ब हिनामिना भएको भन्दै उजुरी परेको…

Read More

काठमाडौँ : युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ। युक्रेनी सेनाले हाल दाङको बिजौरीमा बस्दै आएका रोल्पाका प्रतीक पुनसहित ५ जना नेपालीलाई सार्वजनिक गरेको हो। युक्रेनमा हाल राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन्। प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो। युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह…

Read More

काठ्माडौं : दीपक मनाङे नामले चिनिएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङले नेकपा एकीकृत समाजवादी छाडेको घोषणा गरेका छन् ।  आजकै मितिदेखि लागू हुनेगरी आफूलाई स्वतन्त्र सांसदको हैसियत कायम गरिदिन उनले प्रदेश सभा सचिवालयमा निवेदन दिएको बताइएको छ । बिना कारण र अनयासै केन्द्रमा गठबन्धन फेरिँदा प्रदेशमा अस्थिरता मौलाउने भन्दै गुरुङले दलीय आबद्धता त्याग्न निवेदन दर्ता गराएका हुन् । ’स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनको निवेदनमा उल्लेख छ । मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने पार्टी संसदीय दलको निर्णयमा नागरिक उन्मुक्ति पार्टीकै सांसद कैलाश चौधरीले असहमति जनाएका छन् । उनले उक्त निर्णय नमान्ने घोषणा गरेका छन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको पार्टीले प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई सघाउने निर्णय गरेको हो । यस सन्दर्भमा नाउपाका सांसद चौधरीले आफू स्वास्थ्योपचारको लागि काठमाडौं रहेका बेला कैलालीमा दलको बैठक आह्वान गरेर गरिएको निर्णयमा असहमति रहेको बताए । ‘म हिजै स्वास्थ्योपचारको लागि काठमाडौं आएको थिएँ, कैलालीमा सरकारलाई समर्थन गरेको निर्णय गरिएको जानकारी पाएँ’ उनले भने, ‘त्यसमा मेरो सहमति छैन ।’ उनले विधि र पद्धतिअनुसार पार्टी संसदीय…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्न थालको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीको पछिल्लो चार दिनको तथ्यांकमा प्रदेशका १५ जनामा कोरोना संक्रमण देखिएकोे छ। आइतवार १०१ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार ११८ जनाको स्वास्थ्य परिक्षण गरेकोमा १ जनामा, शुक्रवार ८१ जनाको स्वाथ्य परिक्षण गरेकोमा १ जनामा कोरोना देखिएको थियो। यस्तै बिहीवार २३० जनाको स्वास्थ्य परिक्षण गरेकोमा ५ जनामा कोरोना देखिएको हो। आज (आइतवार) एकै दिन आठ जनामा कोरोना संक्रमण देखिएको छ।

Read More

काठमाडौं‌ : नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रभुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ जम्मा भएको हो। सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जंगी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए। उनले विसं २०८० असार मसान्तसम्म ७१ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ पुगेको जानकारी दिए। कल्याणकारी कार्य सोही कोषको…

Read More

धनगढी : कर्णाली पुल तत्काल सुचारु गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले माग गरेको छ । फागुन २८ गते कर्णाली पुलमा ट्रकमाथि भएको आगालागीका कारण बन्द रहेको पुललाई तत्काल मर्मतसम्भारको काम सम्पन्न गरेर आवागमन सुचारु माग गरेको हो । शनिबार एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा बसेको प्रदेश सचिवालयको बैठकले आगालागीका कारण पुलमा भएको क्षतिपछि आवागमन रोकिएकोप्रती ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे अनभिज्ञ रहेको कुरा प्रकट गरेकी छन्। महेन्द्रनगरपोष्टसँग टेलिफोन संवाद गर्दै उनले अनभिज्ञता प्रकट गरेकी हुन्। उनले आफूलाई नभएर सो विषयमा आफ्ना पतिसमेत रहेका रेशमलाल चौधरीलाई सोध्न सुझाइन्। उनले भनिन्, ‘म बिरामी भएकी छु। यो विषयमा रेशम सरलाई सोध्नुस् न !’ जबकी उनी केन्द्रीय अध्यक्ष रहेको पार्टीको दलले सुदूरपश्चिममा उनैलाई चुनौती दिनेगरी पुरानै नेपाली काँग्रेस नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय गरेको छ। आइतबार बसेको बहुमत प्रदेशसभा सदस्यको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो। तर, नाउपाले केन्द्रिय गठबन्धनमा भने नेकपा एमाले,…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको स्थलगत निरीक्षण गरेका छन्। उनले प्रहरी कार्यालय भवन, शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका हुन्। सो अवसरमा डीआइजी केसीले जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका युनिटलाई आवश्यक निर्देशन समेत दिएका छन्। डीआइजी केसीले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको प्रभाव नराख्न निर्देशन दिएका छन्। उनले कुनै पनि गैर–व्यावसायिक क्रियाकलापमा संलग्न नहुन र यदि कुनै प्रहरी कर्मचारी संलग्न भएको पाइएमा क्षमा नहुने समेत चेतावनी दिएका छन्। साथै फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकता दिएर प्रभावकारी ढंगले…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् । आइतबार प्रदेशसभास्थित संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बहुमत पाँच जना प्रदेशसभा सदस्यले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकमा नाउपाका कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । उनीहरू बाहेक सरकारमा सहभागी राज्यमन्त्रीसहित पाँच जना मन्त्रीको बैठकमा थिए । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए । बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा…

Read More