Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राजधानीका विभिन्न स्थानमा हप्ता असुली, गुण्डागर्दी र कुटपिटको घटनामा संग्लन रहेका ‘सानुभाई डन’ उर्फ युवराज गुरूङविरुद्ध मुद्धा दायर भएको छ। नुवाकोट घर भई हाल टोखा बस्दै आएका ३३ वर्षीय सानुभाइसहित थोते भन्ने बिसु तामाङ, मार्शल भन्ने शैलेन्द्र तामाङ, कमल तामाङ, शेरबहादुर भन्ने शेरलाल पौडेल, बिनोद तामाङ र रघु तामाङविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको हो। उनीहरूमध्ये विश्व र मार्शल पक्राउ परेका छन् भने अन्य फरार छन्। गत माघ ६ गते ठमेलको छाँया सेन्टरमा रहेको प्लेब्वाई क्लबको पार्किङमा सानुभाइको समूहले छमबहादुर पुनमाथि आक्रमण गरेको थियो। जाहेरीमा सानुभाईको समूहसँग कुनै रिसइबी नभएको उल्लेख छ। ‘सानुभाइ हामी भएको…

Read More

कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन्। उनले फागुन १ गते राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेपछि फागुन १ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीमाथि अदालतबाट पाँच दिनको म्याद भई उतै बेल्डाँडीमै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

Read More

धनगढीः डडेल्धुरामा दाउरा काट्ने क्रममा एक जना घाइते भएका छन्। परशुराम नगरपालिका–३ कटानका जनकराज भट्ट दाउरा काट्ने क्रममा गम्भीर घाइते भएका हुन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। दाउरा काट्ने क्रममा उनको खुट्टा भाँचिएको छ। भट्टले अप्रेसन गर्न लाग्ने रकम अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेका छन्।

Read More

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलहरूको नाममा १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दलहरूलाई विधान, पार्टीका नाम, झण्डा, छाप, पदाधिकारी, सदस्य, पार्टीको हिसाबसहितका विषयप्रति सचेत गराउँदै १५ बुँदे निर्देशन दिएको हो । आयोगले फागुन ४ गतेको निर्णयअनुसार बिहीवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । आयोगले दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएको भए ३० दिनभित्र जानकारी गराउन भनेको छ । आयोगले दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समितिलगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा…

Read More

काठमाडौं : नामिबियासँग पराजित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज हारबाट सुरुवात गरेको छ। टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपाली टोलीले लिग २ मा १३ औँ खेलपछि पहिलो हार व्यहोरेको हो। घरेलु मैदानमा भने नेपालले १५ औँ खेलसम्मको अपराजित यात्रालाई पूर्णविराम लगाएको छ। बिहिबार भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो। नेपालले दिएको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। नामिबियालाई रोक्न तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए। रोहित पौडेलको नाममा एक विकेट रह्यो। सोमपालले २५ औँ ओभरको पहिलो बलमा विकेट किपर…

Read More

बाजुरा: बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ। दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो। पुलको लोड टेस्ट गर्दा एउटा मात्र गाडीलाई आउजाउ गर्न सहज भएकाले अहिले एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ। सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा १५र१५ टनका तीन गाडी हाल्दा पुल चर्किएपछि एक पटकमा…

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४३ जना प्रहरी उपरीक्षक (एसपी)लाई सँगै राखेर शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्। आज (बिहीबार) बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको उपस्तिथिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खटिन एसपीहरुलाई आग्रह गरे। सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका एसपीहरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्। माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य…

Read More

सिराहा : ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिग बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन्। सिराहाको लहान नगरपालिका-२ मा डेरा गरि बस्ने १८ बर्षीय निकेश यादवलाई बलात्कार आरोपमा प्रहरीले समातेको हो। उनले हिजो दिउँसो २ बजेतिर भ्यालेन्टाइन डे मनाउने भन्दै १५ वर्षीय नाबालिगलाई कोठामा लगेर जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नाबालिकाको स्वास्थ्य अस्वभाविक देखिएपछि परिवारले साँझ सोधपुछ गरको थियो। उनले दिउँसोको घटना बताएपछि राती १२ बजे परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अत्यधिक रक्तश्रावले नाबालिका बेहोस भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ। आरोपित युवकमाथि थप अनुसन्धान भैरहेको…

Read More

दार्चुला : दार्चुलामा आरा मिलमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहीवार बिहान आगलागी भएको हो। आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि अन्दाजी १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ। परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ।’

Read More