Author: महेन्द्रनगर पोष्ट

धनगढी : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सदस्य कैलाश चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई मत नदिने बताएका छन् । टिकापुरमा संस्थापक केन्द्रीय सदस्यहरूको छलफलमा चौधरीले आफुलाई कारबाही गरेपनि सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने बताएका हुन । बैठकमा सहभागी एक नेताले भने, ‘कैलाश चौधरीले बरु मलाई कारबाही गर्नुहोस् म यो सरकारलाई विश्वासको मत दिन्न भनेर निस्किनु भएको हो ।’ बैठकमा सहभागी ती नेताका अनुसार नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने, नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री हुँदा मात्रै आफूले विश्वासको मत दिने नत्र नदिने कैलाश चौधरीले पटक पटक बताएका थिए । बैठकमा सुदूरपश्चिम प्रदेशका सात मध्ये ६ जना प्रदेश सभा सदस्यहरू उक्त बैठकमा उपस्थित…

Read More

जनकपुरधाम : पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनामाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ । विवादमा…

Read More

धनगढी : प्रतिनिधि छनौटको विषयमा विवाद परेपछि नेकपा एमाले डोटीको नवौं अधिवेशन अनिश्चित बनेको छ । चैत २ र ३ गतेका लागि तय भएको अधिवेशन अब कहिले हुन्छ भन्ने कुनै निश्चित छैन । मापदण्ड विपरीत अधिवेशन प्रतिनिधि छनौट भएको भन्दै पार्टी केन्द्रीय संगठन बिभागमा उजुरी परेपछि विभागले सो विषयमा छानबिन गर्न सुदूरपश्चिम प्रदेश अध्यक्षलाई निर्देशन दिएको छ । आयोजक कमिटीका सदस्यहरू वडाबाट चुनिएर आउनुपर्नेमा त्यसो नभई स्वतः प्रतिनिधि भएको, प्रतिनिधिहरुको छनौट समावेशी नभएको, पार्टीको विधान अनुसार मापदण्ड पूरा नभएका व्यक्ति प्रतिनिधि चुनिएको, निष्क्रिय तथा गठन नभएका जनसङ्गठनबाट समेत प्रतिनिधि बनाइएको लगायतका आरोप सहित लिखित र मौखिक उजुरी परेको संगठन विभागले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखबाट बर्खास्तमा परेका देवराज जोशीले आफू अब सक्रिय राजनीतिमा लाग्ने बताएका छन् । २८ महिना प्रदेश प्रमुख रहेर सोमवार पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा पहिलेजस्तै सक्रिय राजनीतिमा लाग्ने बताएका हुन्। उनी प्रदेश प्रमुख हुनु भन्दा अघि सम्म नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए । बाजुरा निवासी जोशी २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने २०६४ सालमा संविधान सभामा निर्वाचित भएका थिए । जिल्ला पार्टी सभापति समेत भइसकेका जोशी थुप्रै पटक महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि भए । २०७८ को कात्तिक २३ मा प्रदेश प्रमुखमा नियुक्त भएका जोशीलाई सोमबार सरकारले पदमुक्त गरेको हो…

Read More

धनगढी : सोमबार ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्न प्राविधिक टोली खटिएको छ। प्राविधिक टोली घटनास्थल पुगेर मंगलबारदेखि अध्ययन थालेको हो। सडक विभाग पुल महाशाखाका कृष्णराज अधिकारीको नेतृत्वका ४ सदस्यीय र सडक डिभिजन नेपालगञ्जको ३ सदस्यीयसहित ७ सदस्यीय प्राविधिक टोलीले क्षतिको अध्ययन थालेको हो। ‘भर्खरै स्पेयर भ्याकल पुगेको छ। क्षति पुगेको पुलको तारको अध्ययन गरिरहेका छौँ’, सडक डिभिजन नेपालगञ्जका डिभिजन प्रमुख निरज शाक्यले भने, ‘अध्ययन थालिएको छ। क्षतिको विवरण यकिन र मर्मत गर्न केही समय लाग्न सक्छ।’ उनका अनुसार एक दुईभित्र क्षति विवरण यकिन गरेपछि पुल सञ्चालन गर्न सकिने नसकिने प्रष्ट हुनेछ। सोमबार गुडिरहेको ट्रकमा लागेको आगो…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशको अंकगणित अनुसार सरकार बनाउनका लागि आवश्यक पहल गर्न प्रदेश सभापतिहरुलाई निर्देशन दिएका छन् । कांग्रेसका प्रदेश सभापति र मुख्यमन्त्रीहरु सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । सभापतिले प्रदेशगत जानकारी सभापतिहरुसँग लिएका छन् । ‘आआफ्नो तर्फबाट सरकार बनाउन प्रयास गर्न सभापतिले भन्नुभएको छ,’ सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले भने, ‘माथिबाट के गर्नुपर्छ भन भन्नुभएको छ ।’ सुदूरपश्चिम र गण्डकीमा सरकार बनाउन सकिने सम्भावना रहेको त्यहाँका मुख्यमन्त्रीले सभापति देउवालाई जानकारी गराएका छन् । ‘त्यहाँ अहिलेकै मुख्यमन्त्री रहिरहन सकिने सम्भावनाको बारेमा कुरा भएको छ,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले भने । सुदरपश्चिममा कांग्रेसका कमलबहादुर…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन गरेका छन्। सोमबार स्थलगत अनुगमन गर्दै डीआइजी केसीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका युनिटहरुलाई आवश्यक निर्देशन दिएका हुन्। डीआइजी केसीले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको दबाव र प्रभावमा नपर्न र प्रविधीमुखी अनुसन्धानमा जोड दिन निर्देशन दिएको बताइएको छ। यस्तै उनले फैसला कार्यान्वयन र फरार अपराधी पक्राउ कार्यलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। यसका अलावा उनले सीमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनशिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले काम गर्न, गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कानूनी निर्ममताका साथ प्रस्तुत…

Read More

धनगढी: संघीय सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। विशेषगरि सुदूरपश्चिमका खानीहरुको अध्ययन तथा उत्खननको कामलाई प्राथमिकताका साथ गर्ने भण्डारीको भनाई छ। मंगलबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले सुदूरपश्चिममा रहेका प्राकृतिक खानीको अध्ययन तथा उत्खनन्को काम अघि बढाउने बताएका हुन्। ‘सुदूरपश्चिममा फस्फोरसको ठुलो सम्भावना छ । म त्यसको अध्ययन र उत्खननका लागि लाग्नेछु’, भण्डारीले भने,‘सुदूरका फलाम, तामा र अन्य खानीहरु मेरो प्रार्थमिकतामा रहने छन्।’ १४ महिनापछि दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका भण्डारीले विगतमा थालनी गरेका काम जहाँको त्यही रहेकाले तिनलाई पनि अघि बढाउने…

Read More

धनगढी: प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपविरुद्ध पार्टीका जेष्ठ सदस्य तथा वार्ता समिती संयोजक दामोदर पण्डीतले विज्ञप्ती जारी गरेका छन् । उक्त विज्ञप्तीमा नयाँ गठबन्धन सरकारमा तत्काल सहभागी नहुने र समर्थन नगर्ने भनिएको छ । यस्तै प्रदेश सरकारको हकमा संवाद गरेर अगाडी बढ्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको थियो । दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको…

Read More

धनगढी : प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीले ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध…

Read More