Author: महेन्द्रनगर पोष्ट

बैतडी : सुन चोरी मुद्दामा फरार रहेकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका– ५ की २२ वर्षीया लक्ष्मी नाथ योगीलाई मंगलबार पक्राउ गरिएको हो। डिलाशैनी गाउँपालिकाण्५ कै जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा पक्राउ परेकी नाथलाई गएको मंसिर १२ गते जिल्ला अदालतले ४ महिना ८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरीवाना तोकेको थियो। सोही दिनदेखि फरार रहेकी लक्ष्मीलाई मंगलबार उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। पक्राउ परेकी नाथलाई कारागार चलान गरिसकिएको उनले बताए। सोही मुद्दामा उनका श्रीमान समेत कारागारमै रहेका छन्।

Read More

बैतडीः बझाङका घर भएका ६४ वर्षीय धौले महर बैतडीमा पक्राउ परेका छन्। उनलाई चरेशसहित प्रहरीले पक्राउ गरिएको हो। धौलेको घर बझाङको बित्थडचीर गाउँपालिका– ५ हो। महरलाई मंगलबार राति बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट २ किलो चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। केसीका अनुसार, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

Read More

कञ्चनपुर : तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आएका छन्। स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उनले बेच्ने गर्दै आएका छन्। कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ। दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उनी बताउछन्। “साइकल चढेर दैनिक गाउँघरमा पुग्छु”, उनले भने, “गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्याएर बेच्ने गर्छु, यो कार्य ३६ वर्षअघिदेखि गर्दै आएको छु।” अठार वर्षको उमेरदेखि कुखुरा खोज्ने र बेच्ने कार्यमा सार्की संलग्न छन्। “घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ”, सार्कीले भने, “आमाबुवाले…

Read More

कञ्चनपुर : कञ्चनपुरको प्रहरी प्रमुखका रुपमा कार्यरत ‘विवादित’ छविका एसपी कमल थापाको सरुवा भएको छ। उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा सरुवा भएको हो । उनको स्थानमा लागूऔषध नियन्त्रण ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँका चक्रराज जोशी आउने भएका छन् । थापा कञ्चनपुर हुँदा प्रहरी संगठनभित्रको बेथितिबारे आवाज उठाएकै दुई पत्रकार पक्राउ परिसकेका छन् भने फेसबुकमा कमेन्ट गरेकै आधारमा थप दुईजना समेत पक्राउ परेका छन्। उनी नेतृत्वमा हुँदा प्रहरी जवान नरेश नाथले आफूलाई प्रहरीले नै थुनेर ज्यादति गरेको आरोप लगाएका थिए। यस्तै एक महिला हवल्दारले आफूमाथि बर्दीमै हातपात हुँदा पनि अधिकारीहरुबाट न्याय पाउनुको साटो उल्टै स्पष्टीकरण…

Read More

कैलाली : प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ। सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन्। साेही सूची अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र शाखाका प्रमुख फेरिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा सरुवा भएका छन्। उनकाे स्थानमा लागूऔषध नियन्त्रण ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँका चक्रराज जोशी आउने भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पाल सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा सरुवा भएका छन्। उनकाे स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल सुरक्षा कार्यालय काठमाडौँका पदम बहादुर विष्ट आउने भएका छन्।…

Read More

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारी छैटौं अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएका छन ।जिल्लाकै सर्वाधिक धनराशीको प्रतियोगितामा मंगलबार सम्पन्न सेमिफाइनल खेलबाट आयोजक अरनिको युवाक्लब (सेतो) र त्रिभुवन युवाक्लब फाइनलमा प्रवेश गरेका छन ।खेल दुई समुहमा खेलाइएको थियो । समुह बाट ८ टिमलाई पछि पार्दै त्रिभुवन युवा क्लब र समुह बी बाट ८ टिमलाई पछि पार्दै अरनिको युवा क्लब फाइनलमा प्रवेश गरेका हुन ।फाइनल खेल फागुन ५ गते शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार सहित मेडल, ट्रफी,प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Read More

काठमाडौं : मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे हुने छ । नेपाल समूह डी को विजेता हो भने कुवेत समूह ए को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा भुटान र हङकङलाई ८ ८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो । आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ ।

Read More

डोटी : डोटीमा बाघले ९ बाख्रा मारेको छ। जिल्लाको जोरायल गाउपालिका वडा नम्बर ६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो। सोमबार राति स्थानीय धर्मादेवी साँउदको घर नजिकैको बाख्रा खोरमा बाघ पसेर खोर नै रित्याईदिएको छ। ९ बटा बाख्रा रहेको खोरमा बाघले सबै बाख्रा मारेको हो। राति पसेको बाघले बाख्राको घाटीबाट रगत खाएर मारेर छोडेको छ । पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्ने गरेको थियो।

Read More

महेन्द्रनगर : पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। असारको धानखेती भन्दा राम्रो उत्पादन र मुनाफा हुने गरेको भन्दै कृषकले चैत धानखेतीको क्षेत्रफल विस्तार गर्दै लगेका हो। कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ७० हेक्टर क्षेत्रफलमा चैते धानखेती हँुदै आएको छ। कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत जागृत खनालले पछिल्लो समय चैते धानखेतीतर्फ आकर्षण बढिरहेको बताए। उनले चैते धानखेतीमा आबद्ध विकासलाई अनुदान, बीउबिजनलगायत सहुलियतका लागि आवेदन खोलिएको बताए। “यसपाली ४० हेक्टरजतिमा चैत धान लगाउने किसानका आवेदन आएका छन्”, उनले भने, “चैते धानको क्षेत्र विस्तार र कृषकलाई सुविधा दिँदै आएका छौँ।” त्यसैगरी प्रधानमन्त्री कृषि आयोजनाका प्रमुख सञ्जु उपाध्याय रिमालले ५१÷५२…

Read More

काठमाडौँ : आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।  विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।  आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । सरस्वतीका मन्दिरमा आज बिहानैदेखि…

Read More