Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको मेलौली नगरपालिकाका बिरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगरमा मुद्धा दायर गरिएको छ । १५ शैयाको अस्पताल निर्माणको विषयमा पालिकाका बिरुद्ध मुद्धा दयार गरिएको हो ।वडा नं १ को बिठ्ठेनाका जग्गादाताहरुले नगरप्रमुखसँगै नगरपालिका र केशरपूर अस्पतालका बिरुद्ध मुद्धा दायर गरेका हुन् । मेलौली नगरपालिकाले अस्पताल बनाउन नचाहेको र नगरप्रमुखसँग यस विषयमा जानकारी माग्दा अस्पताल बनाउन नचाहेको जस्तो आयस देखिएको उल्लेख गर्दै मुद्धा दयार गरिएको छ । यसअघि पनि बिठ्ठेनामा अस्पताल बनाउन भन्दै मन्त्रालयले पत्र पठाएको भएपनि कुनै सुनुवाई नभएको हुनाले अस्पताल निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ ।अदालतले नगरपालिका र केशरपुर अस्पतालका बिरुद्ध १५ दिनभित्र कारणसहितको जवाफ मागेको छ…

Read More

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यो वर्ष एसईईमा सहभागी हुनपाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्। तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यतिवेला परीक्षामा सहभागी कुल पाँच लाख १६…

Read More

दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा चालू आर्थिक वर्षमा १३ वटा विद्यालय समायोजन भएका छन् । विद्यार्थी संख्या कम रहेका पालिकाभरीका विभिन्न १३ वटा विद्यालयहरुको तह कक्षा घटाइएको छ । भने शिक्षक दरबन्दी मिलान गरिएको छ । गाउँमा विद्यार्थी पाउनै छाड्यो, एकातिर शिक्षक मात्रै हुने तर विद्यार्थी नहुने अवस्था आएपछि विद्यालय समायोजन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केशब राज ओझा बताए । पालिकाभरीका अधिकाश शिक्षक शिक्षिकाहरुको समेत अन्तर विद्यालय स्तान्तरण गरिएको लेकम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभरी ४७ विद्यालयमा कुल ३ हजार ७ सय ७ जना विद्यार्थी अध्ययनरत रहेका छन । एकातिर शिक्षाको गुणस्तर खस्किदै जानु र विद्यार्थी पलायन रोक्न…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका–९ बाग्थलास्थित तल्लो पुल दौका खोला नजिक रहेको एक होटेल तथा पसलमा आगलागी भएको छ। बित्थडचिर गाउँपालिका–९ का भानबहादुर विष्टले सञ्चालन गर्दै आएको होटल तथा किराना पसलमा आइतबार करिब ८४५ बजेतिर आगलागी भएको हो । आगलागीको मुख्य कारण नखुले पनि विद्युत तार सर्ट भइ आगलागि भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । होटल सञ्चालनक विष्ट घर गएका बेला एक्कीसी सल्किएको आगोले होटेल तथा पसल पूर्णरुपमा नष्ट गर्नुका साथै होटेलभित्र राखेको एक मोटरसाइकलमा पनि क्षति पुगेको छ । मोटरसाइकल बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश बहादुर विष्टको रहेको खुल्न आएको छ । आज होलीको बिदा भएकाले होटेल…

Read More

धनगढी : कैलालीमा सरकारी गाडीले साइकललाई ठक्कर दिएको छ । आइतबार राति साढे ९ बजे सहिद गेटमा सुपप्र ०१ ००१ झ ०३८७ नम्बरको गाडीले साइकललाई ठक्कर दिएको हो । सो गाडी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र धनगढीको रहेको बताइएको छ । गाडीको ठक्करबाट साइकलमा सवार दार्चुलाको दुहु गाउँपालिकाका हेमराज जोशी घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको धनगढी स्थित स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ । सो सरकारी गाडीमा उपसचिव पनि सवार रहेको बताइएको छ । चालक धनगढी बस्ने राजेन्द्र बहादुर थापा र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको…

Read More

काठमाढौं : अभिनेता पल शाहको गृह जिल्ला दाङमा गायिका समीक्षा अधिकारीलाई स्थानीयले बहिष्कार गरेका छन् । होली विशेष कार्यक्रममा गीत गाउन हिजो तुल्सीपुर पुगेकी समीक्षा दर्शक नआएपछि त्यसै फर्किनुपरेको हो । तुलसीपुरस्थित प्राकृतिक कला केन्द्रले चैत ९ देखि १२ गतेसम्म होली फेस्टिभल २०८० आयोजना गरेको छ । समीक्षाले हिजो साँझ पाँच बजे प्रस्तुती दिने कार्यक्रम थियो । जसअनुसार समयमै कार्यक्रमस्थल अरनिको मैदान पुगेकी उनलाई दर्शकको साथ मिलेन । मैदानमा जम्मा दुई दर्जनजति मात्रै दर्शक देखिएपछि समीक्षाले आयोजकसँग माफी माफ्दै गीत नगाउने निर्णय गरेको बताइएको छ । उनको निर्णयमा सहमत भएको आयोजक पक्ष पनि पारिश्रमिक दिएर फर्काउन तयार भयो । तर,…

Read More

धनगढी : बाजुराको खप्तड छेडेदह गाउँपालिकाको छेडेदहतालमा डुङ्गा पल्टिँदा बेपत्ता भएका विरेन्द्र रावत मृत फेला परेका छन्। तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएका थिए। डुङ्गामा सवार अन्य ६ जनाले भने पौडी खेलेर ज्यान जोगाएका थिए। मृत फेला परेका रावतको शव पोष्टमाटमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Read More

धनगढी : कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । जोशीको आज जिल्ला प्रशासन कार्यालय कैलालीले विदाई गरेको छ । कैलालीमा भने सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारी किरण जोशी आउन लागेको सूचना अधिकारी शिवराज जोशीले बताए ।

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ४ वटा स्पा (मसाज सेन्टर) मा प्रहरीले छापा मारेको छ। आज (आइतबार) जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो। स्रोतका अनुसार स्पाहरुमा अनैतिक गतिविधि बढेको भन्दै प्रहरीले छापा मारेको हो। महेन्द्रनगरका डायमण्ड, ग्ल्यामरका २ शाखा र कोहीनुर स्पामा प्रहरीले छापा मारेको कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए। यस्तै कैलालीको धनगढीमा पनि स्पाहरु बढ्दै गएको र अनैतिक गतिविधि बढिरहेको बताइएको छ। कैलाली प्रहरीका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले स्पाहरुमा निगरानी बढाएको बताए। सूचनाका आधारमा प्रहरीले छापासमेत हान्नसक्ने उनको भनाई छ।

Read More

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको छ । जारी आईपीएलमा राजस्थानले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउ सुपर जाइन्ट्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सका लागि कप्तान सञ्जु सामसनले अविजित ८२ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान सञ्जुले आक्रामक ब्याटिङ गर्दै केवल ५२ बलमा ६ छक्का र तीन चौका…

Read More