Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम अटो यातायात प्रालिले अटो भाडादर तोकेको छ । जेठ १६ गते बसेको अटो यातायात प्रालिको बैठले अत्तरियादेखि धनगढी पुगेको विभिन्न स्थानको नयाँ भाडा दर लागू हुने निर्णय गरेको हो। प्रालिले अत्तरिया चोकदेखि धनगढी भन्सारसम्मको अटोको नयाँ भाडा दर एक सय रुपैयाँ कायम गरेको छ । यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले हस्ताक्षर गरेको सूचनामा १५ किलोमिटर सडक पार गर्दा एक सय रुपैयाँ भाडा तोकेको हो। यस्तै, अत्तरियादेखि मनहरा पुलसम्म २० रुपैयाँ, गेटा मेडिकल कलेजसम्म २५ रुपैयाँ, बिस्कुट कम्पनीसम्म ३० रुपैयाँ र अत्तरियादेखि माछा पोखरीसम्म ४० रुपैयाँ भाडादर कायम गरिएको छ। यसैगरी, अत्तरियादेखि विमानस्थल चोकसम्म ५० रुपैयाँ, बोराडाँडीसम्म ६० रुपैयाँ,…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट १ ग्राम २० मिलिग्राम लागुऔषधसहित धनगढी–३ बोराडाडीका १९ वर्षीय दिपेश अवस्थीलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

Read More

धनगढीः अत्तरियाको एक होटलबाट खैरो हेरोइनसहित ५ जना युवक पक्राउ परेका छन्। शुक्रवार गोदावरी नगरपालिका–२ बसपार्क रोडस्थित डोटी बैतडी होटलको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत बाग रहेका छन्। यस्तै, गोदावरी–३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका–७ का ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ९४० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ। यस्तै धनगढीबाट…

Read More

धनगढी: नेपालगञ्जको होटेलमा कैलालीका एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका—१ का ५७ वर्षीय मिनराज गिरी मृत फेला परेका हुन्। उनी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका—४ स्थित पञ्चकन्या होटेलमा मृत अवस्थामा पाइएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

धनगढी : धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना भएको छ । शुक्रबार बिहान धनगढीबाट सिमेन्ट र तारजाली बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका– ६ भञ्ज्याङ भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय मदन महरा र ट्रक चालक पाटन नगरपालिका–८ का ३५ वर्षीय लोकेन्द्रसिँह मडै घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ। ट्रक सडकबाट २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीमा फरार एक महिला पक्राउ परेकी छिन्। जिल्ला अदालत कैलालीले विभिन्न मुद्दामा ५०० जरिवाना ठहर भई फरार रहेकी जानकी गाउँपालिका—९ बस्ने ३२ वर्षिय चन्द्रा कुमारी शाही पक्राउ परेकी हुन् । उनलाई बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरि जिल्ला अदालत कैलाली समक्ष पेश गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Read More

बझाङः भारतको बेंग्लुरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु गएको छ। तीन जना घाइते भएका छन्। बेंग्लुरको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१ का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्त रहेका छन्। कोठामा खाना पकाइरहेका बेला ग्याँस विस्फोट भएपछि मदन, उनकी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए। गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भएको थियो। घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको…

Read More

धनगढी: कैलालीको धनगढीमा दुर्घटना घाइते भएर उपचाररत रहेका एक विद्यालयका कार्यालय सहयोगीको मृत्यु भएको छ। आज (शुक्रबार) धनगढी उपमहानगरपालिका-१४ फुलबारीका ५८ वर्षीय धर्मदत्त पङ्गालीको मृत्यु भएको हो। स्थानीय चन्द्रोदय माध्यामिक विद्यालयका कर्मचारीसमेत रहेका उनको धनगढीस्थिय निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको मृत्युपछि अस्पतालमा केहीबेर तनाव पनि भएको थियो। तर पछि स्थिति नियन्त्रणमा लिइएको थियो। मृतक पङ्गालीलाई झण्डै एक हप्ता अगाडि फुलबारी क्षेत्रमै साइकलमा सवार रहेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो। सो मोटरसाइकलका चालक सशस्त्र प्रहरी जवान धनगढी उपमहानगरपालिका-६ बस्ने २६ वर्षका बालकृष्ण चौधरी रहेको खुलेको छ। उनले ठक्कर दिएपछि घाइते भएका उनको निसर्गमा उपचार थालिएकोमा आज…

Read More

काठमाडौं : ठेक्का लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने एक दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा फ्रेण्डस ट्रेडिङ कन्सर्न, फ्रेण्डस ट्रेडिङ कन्सर्न एण्ड बाबा माईचन्द, बकाई–जया बागेश्वरी–सिस्ने जेभी, धुलिखेल–जेके जेभी, मैनाचुली बोखिम जेभी, मेलिना एण्ड मिलन निर्माण सेवा छन् । त्यस्तै, एचएण्ड जे ट्रेडर्स, ओम कन्स्ट्रक्सन, शिवाणी ईन्टरप्राईजेज, शुविहान कन्स्ट्रक्सन र हिम शिखर निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम एकदेखि तीन वर्षका लागि कालोसूचीमा…

Read More

धनगढी : भारतमा चोरी गर्ने डोटीका २ जना पक्राउ परेका छन। राजस्थानको एक घरबाट २४ लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरका गहना र नगद चोरी गर्ने डोटीका सुरेन्द्र आउजी र विनोद आउजी पक्राउ परेका हुन्। चोरीमा सङ्लन्न रवि आउजी फरार रहेका छन्। पलिया प्रहरीका अनुसार उनीहरूले सोमवार भारतको राजस्थानका मोड सिंहको घरबाट दुई लाख ६२ हजार सात सय चार नेपाली रुपैयाँ बराबरको भारतीय मुद्रा र २४ लाख नेपाली रुपैयाँ बराबरको सुन चोरी गरेका थिए। राजस्थानको किशनगढ जिल्ला अजमेरमा सिँहले निवेदन दिएका थिए। चोरी गरेको नगद र सुनसहित नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई पलिया प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई राजस्थान पठाइएको…

Read More