Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आयरल्याण्ड वुल्भ्सविरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ। सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। आजको खेल जितेको अवस्थामा सिरिज जित्ने सम्भावना जिवित रहन्छ।

Read More

काठमाडौं : नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् । यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण…

Read More

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकलमा सवार महेन्द्र बिकलाई ठक्कर दिएर भाग्ने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार बिहान ५ बजे जानकी गाउँपालिका–५ पथरैयाको कर्णाली क्रसर नजिकै सावरीले किचेको अवस्थामा मोहन्याल गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र मृत फेला परेका थिए। मृतक महेन्द्रलाई से१ख १९३१ नम्बरको टिप्पर र ४७ वर्षीय चालक रामस्वरुप चौधरीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक गरेको छ। मंगलवार राति करिब १०ः३० बजे तिर टिप्परले मृतक बि।कलाई किचेको प्रहरीलाई जानकारी भएको थियो। घटना कसरी भएको थियो भन्ने बिषय अनुसन्धानमै रहेको प्रहरीले बताएको छ। टिप्पर जैगडी क्रसर उद्योगमा चल्ने जानकी गाउँपालिका–९ अमरावतीका लोकबहादुर बडुवालको रहको प्रहरीले बताएको छ।

Read More

धनगढी : बैतडीको पाटन नगरपालिका ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टयाक्टर चालक समेत रहेका कञ्चनपुरका राजेश चौधरी रहेका छन् भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएपनि आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

Read More

धनगढी: धनगढीमा मृत फेला परेका प्रहरी जवान टीकापुरकी युवतीसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। मृतक प्रहरी जवान सुरज बिक टीकापुरकी युवतीसँग प्रेम सम्बन्धमा रहेको खुलेको हो। उनी बुधबार मृत अवस्थामा भेटिएका थिए। जवान बिक धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको थियो। विवाहित उनको प्रेम सम्बन्धका कारण पारिवारिक सम्बन्धमा खटपट आएको बुझिएको छ। बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान बिक घरायसी कामको लागि बिदा मागेर धनगढी आएका थिए। स्रोतका अनुसार चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो। उनीएविरुद्ध उजुरी परेकोमा छलफलका…

Read More

धनगढी : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। आज (बिहीबार) बिहान ३ बजे महेन्द्रनगरस्थित ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो)मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ। उक्त क्यासिनो त्यहीँ क्यासिनो हो, जहाँ केही समय अगाडि लाखौंको तस्करीको विदेशी मदिरा भित्रिने गरेको खुलासा भएको थियो। भारतीय प्रहरीले भारतको खटिमाबाट तस्करी भएर आइरहेको सो क्यासिनोको मदिरा बरामद गरेपछि तस्करीको जालोको खुलासा भएको थियो। र यो पनि ! भारतबाट महेन्द्रनगर ओपेराको क्यासिनोमा लाखौंको मदिरा तस्करी

Read More

धनगढी : सशस्त्र प्रहरी बल नेपालको नं ७ बैद्यनाथ वाहिनीको २३ औं स्थापना दिवस धुमधाम मनाइएको छ। बिहीबार सशस्त्रको मुख्यालय अत्तरिया कैलालीको २३ औं स्थापना दिवस मनाइएको हो सशस्त्र प्रहरी बल, नेपाल मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको बताइएको छ। स्थापना दिवसको कार्यक्रममा नेपाली सेनाका पृतनापति, मन्त्रालयका सचिवहरू, स्थानीय तहका प्रमुखहरू, कैलाली तथा कन्चनपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू लगायतको उपस्थिति थियो। स्थापना दिवसको अवसरमा वृक्षारोपण, रक्तदान, धार्मिक स्थलहरुको सरसफाई, आन्तरिक रुपमा विभिन्न खेलकुद र हाजिरी जवाफ प्रतियोगिता, नेपाली सेना र नेपाली प्रहरीका अधिकृत सम्मिलित मैत्रीपूर्ण फुटबल प्रतियोगिता, शारिरीक सहिष्णुता प्रतियोगिता…

Read More

धनगढी : नेपाली यात्रु भारतमा पाठउने बसमा ओभरलोड भएको भन्दै नेपाली सवार दुई बस पलियामा नियन्त्रणमा लिएको छ । भारतको पलियामा स्थानीय प्रहरी र एआरटीओको संयुक्त अनुगमनमा क्षमताभन्दा बढी नेपाली यात्रु ओसारपसार गर्ने दुईवटा निजी बस नियन्त्रणमा लिएका छन् । अधिकांश नेपालबाट भारतमा यात्रु ओसारपसार गर्ने यातायात व्यबसायीहरु कोचाकोच यात्रु लैजाने गर्ने गरेको एक यात्रुले बताएका छन् । नेपालीलाई भारतको बिभिन्न स्थानमा पुगाउने भन्दै धनगढीमा बिभिन्न ट्राभल एजेन्सीहरु संचालानमा आएका छन् । एजेन्सीहरु नेपालीहरुबाट टिकट काटेर भारतका यातायातका भाडामा बस लिएर यात्रु गन्तव्य पुगाउने गर्दछन् ।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा स्वीकृत भएको छ । विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री शाहले आज प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएपछि नयाँ सरकारका गठनको लागि तयारी भइरहेको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भन्दै परामर्शमा जुटेका छन्। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घ भट्टले प्रदेश प्रमुखले कानुनी परामर्शपछि नयाँ सरकार गठनका लागि आह्वान गर्ने जानकारी दिए।

Read More

काठमाडौँ : न्याय परिषद्ले जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। न्यायाधीश नियुक्तिको मुख्य एजेन्डासहित बिहीबार दिउँसो बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो। न्यायपरिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराजा पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे, फणेश्वरी घिमिरेको नाम सिफारिस गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पदम गिरीले सम्हालेपछि न्यायपरिषद् बैठक पहिलोपटक बसेको हो। न्यायपरिषद् सचिवालयले यसअघि नै न्यायाधीश नियुक्तिकालाई आवश्यक छलफल र परामर्श पनि गरेको थियो। सरकारी वकिल समूहबाट २ जनाले अवसर पाएका छन्। यीमध्ये अर्जुनप्रसाद कोइराला जिल्ला सरकारी वकिल कार्यालय, दोलखाका…

Read More