Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । तेस्रो दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् । यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले…

Read More

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए । सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये…

Read More

धनगढी : बैतडीमा मलामी बोकको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। हिजो (बुधबार) मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा आज ( बिहीबार) दिउँसो पौने २ बजेतिर सु.प.प्र.०१०००१च ३१४६ जीप डिलासैनी गाउँपालिकाको घारडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जीप दुर्घटनामा परी डिलासैनी गाउँपालिका–१ धावला बस्ने ५० वर्षीय गोपाल बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। उनका अनुसार, जीपमा सवार १३ जना मलामी सवार रहेका थिए। दुर्घटनामा परी घाइते हुनेमा डिलासैनी–१ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा रहेका छन्।…

Read More

जीवन बिष्टधनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मासिक पारिश्रमिक ७१ हजार रुपैयाँ बुझ्ने गरेका छन् । योबाहेक मुख्यमन्त्री शाहले आवास, फर्निचर, सवारी साधन, आवश्यक परिमाणमा सवारी इन्धन पनि प्राप्त गर्दछन् ।  मुख्यमन्त्रीलाई सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका)बापत मासिक २ हजार रुपैयाँ, दैनिक भ्रमण भत्ताबापत स्वदेशको हकमा २५ सय रुपैयाँ र विदेशको हकमा २२५ अमेरिकी डलर प्राप्त हुन्छ । अतिथि सत्कारका लागि मासिक १० हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ । आवश्यकता अनुसार धारा र बिजुलीको बिलको भुक्तानी पनि मुख्यमन्त्री शाहले लिइरहेका छन् । सरकारी सुविधाबाहेक उनको मुख्य आम्दानीको स्रोत व्यापार व्यवसाय पनि हो । रामारोशन उद्योग खाद्य प्रा.लि आयल…

Read More

धनगढी : नेकपा एमाले कैलालीको सुुखडमा भइरहेको जिल्ला अधिवेशन तीन दिनदेखि जारी छ। निर्वाचन समितिले तीन पटक निर्वाचन तालिका संसोधित गर्पनि तोकिएको समयमा मतदान हुन नसकेको हो। आजमात्रै दिउसो १२ बजेदेखि मतदान हुने भनिएको थियो। तर, बिहीबार दिउँसो सम्म पनि मतदान सुरु भएको छैन्। निर्वाचन समितिले उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गर्न सकेको छैन्। ८ गते विहान ८ बजे हुने भनिएको मतदान १० गतेको दिउसोको ३ बजेसम्म पनि सुरु नभएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ९ गते विहान ८ बजे र १० गते दिउसो १२ बजे भनेर तीन/तीन पटक निर्वाचन कार्यतालिका संसोधन गरिसकेको छ। दिउँसो १२ बजेदेखि भनिएको मतदान ३…

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष हुन्, रेशम चाैधरी। पूर्व सांसदसमेत रहेका चौधरीले डिल्लीबजार कारागारबाटै पत्नी रन्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। जेलमुक्त भएलगत्तै राजनीतिक सक्रियता बढाएका उनी २७ पुसमा महाधिवेशन गरेर आफैं अध्यक्ष निर्वाचित भए। नेपालको कानुनले फौजदारी अभियोग लागेको व्यक्ति राजनीतिक दलको सदस्य बन्न नपाउने प्रष्ट व्यवस्था गरेको छ। कानुनले त्यस्ता व्यक्तिलाई दलको सदस्य वा पदाधिकारी हुन पूर्णत: बन्देज लगाएको छ। तर, राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिलाई फौजदारी कसुरबाट उन्मुक्ति पाएको भन्न नमिल्ने बहस छ। यस सन्दर्भमा चौधरी अध्यक्ष बन्न मिल्छ कि मिल्दैन ? भन्ने सार्वजनिक बहस भैरहँदा निर्वाचन आयोगले यसबारे छानविन थालेको बुझिएको छ। नागरिक…

Read More

काठमाडाैं : मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ। प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो। उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले बताए। जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीलाई पठाइएको छ। सर्वोच्च अदालत सुरक्षा कार्यालयमा विनोद सिलवाल, संसद्को मर्यादापालक प्रमुखमा विमल बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ। प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको छ।

Read More

कञ्चनपुर :  कञ्चनपुरमा कुकुरबाट चार लाख मूल्य बढीका कुखुरा मारिएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेको हो। बिहिवार बिहान फार्मको तारजाली तोडेर भित्र पसेको कुकुरको हुलले अण्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको छ। सय बढी कुखुरा घाइते छन्। ‘बैँकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भनिन, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी ब्यहोर्न बाध्य भएका छौँ।’फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन।…

Read More

काठमाडौंः डडेल्धुराको अमरगढी नगरपालिका–२ की १८ वर्षीया भुवनेश्वरी ऐर अमरगढी नगरपालिका–१ का एक किशोरको मायाजालमा परिन्। र, उनी ती किशोरसँग गत बैशाखमा भागेर गइन्। गाउँ नजिकै बस्ने किशोर उनीभन्दा ३ वर्ष कान्छा थिए। मायामा चुर्लुम्म डुबेकी उनी १८ वर्षकी थिइन् भने ती किशोरको उमेर १५ वर्ष मात्रै छ। बिहे गर्दा किशोर कक्षा ८ मा पढ्थे भने किशोरी कक्षा १२ मा। दुवै जनाको उमेर विवाह गर्न योग्य नभएपछि किशोरी पक्षले छोरी फिर्ता ल्याउने कुरा गरे। तर, ती किशोरले भुवनेश्वरीलाई ‘फिर्ता लगे मर्दिन्छु’ भन्ने धम्की दिएपछि किशोरी पक्षले छोडिदिए। भुवनेश्वरीकी बहिनी सावित्री ऐरका अनुसार, ती किशोरले राम्रोसँग पाल्ने आश्वासन समेत दिएका थिए।…

Read More