Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरी मुख्यालयले एक सब इन्सपेक्टर (सई) लाई दरबन्दी भएको ठाउँमा सरुवा भएर नगएपछि तह लगाउन सर्कुलर गर्न बाध्य भएको छ। आफूलाई पायक पर्ने ठाउँमा बसेर हेडक्वार्टरको आदेश लत्याएका सई गोपी कटवाल र उनीजस्तै अरुलाई पनि सरुवा भएको ठाउँमा जानलाई रमाना नबुझ्दा यस्तो भएको हो। त्यसपछि प्रधान कार्यालयको प्रशासन शाखाले अस्ति सबै कार्यालयका नाममा सर्कुलर जारी गरेको छ। नेपाल प्रहरीमार्फत् तलब,भत्ता र राशन वापतको रकम निकासा नहुने कार्यालयमा नगएका केही कर्मचारीलाई सरुवाको निम्ति बाध्य पार्न सर्कुलर गरिएको स्रोतले बताएको छ। मूलतः खोटाङमा कार्यरत सई गोपी कटवाल दरबन्दी तोकिएको काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डेढ वर्षदेखि नगएको पाइएपछि सात दिनभित्र…

Read More

धनगढी: कैलालीस्थित सशस्त्र प्रहरीको ३४ नम्बर गणमा नयाँ प्रमुख एसपी दलबहादुर पाण्डे आएसँगै विभिन्न अपरेसन थालिएआ छन्। जसमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वार्टरले अवैध सामान र चोरी तस्करी विशेष टार्गेटमा राखेको छ। हालै १६ गतेमात्रै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले विशेष सुराकीको आधारमा ठूलो मात्रामा भन्सार छलीको सामान समातेका छन्। टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको मुल्य ७ लाख ९८ हजार बरावरको लत्ताकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको जनाएको छ। यस्तै सामानसहित ४ जना व्यक्तिहरु पनि…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीका पुराना र शीर्ष नेता हुन्, खगराज भट्ट। तर, तिनै भट्ट अहिले न संसदीय दलको नेता छन् न त पार्टी संगठनको कुनै मूल जिम्मेवारीमा। माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दल नेता बनाए। त्यसको केही महिनापछि भट्ट पार्टीको जिम्मेवारीमा पनि अटेनन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य बिना मगरलाई सह-इन्चार्जको जिम्मेवारी दिँदा भट्टले आफूलाई दोहोरो अन्याय भएको आभास गरेका छन्। सहइन्चार्जको जिम्मेवारी पाएकी बिना मगर प्रचण्डकी बुहारी हुन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति जनाएका…

Read More

धनगढी: कैलालीमा नेपाल प्रहरीका थप एक सहायक हवल्दार पक्राउ परेका छन्। अस्ति ३ दिन अगाडि पक्राउ परेका सहायक हवल्दार दीपकुमार पाण्डेयलाई थुनामा राखिएको छ। लागुऔषध सेवनकर्तासमेत रहेका पाण्डेयलाई इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार उनी धनगढीस्थित नेपाल प्रहरीको गणमा कार्यरत थिए। यस अगाडि उनकै पार्टनरसमेत रहेका अर्का प्रहरी सहायक हवल्दार विष्णु चौधरी पक्राउ परेका थिए। उनी पनि गणमा कार्यरत (ड्राइभर) सहायक हवल्दार हुन्। उनलाई ८ सय मिलिग्राम लागुऔषध (ब्राउनसुगर) सहित समातिएको थियो। ती दुईले विगतदेखि नै ड्रग्स डिलरसँग कनेक्सन जोडेर धन्दा थालेको प्रहरी स्रोतको दाबी छ। र, यो पनि: कैलालीमा हवल्दार नै पुलिसको फन्दामा, थिए ड्रग्सको धन्दामा

Read More

काठमाडौं: कमेडियन पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं ल्याइँदैछ। कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।  जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो। 

Read More

काठमाडौं : दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १…

Read More

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। यसैबीच, हिजो प्रहरीले सोधपुछका लागि भन्दै दर्जनौं जनालाई नियन्त्रणमा लिएको थियो। तर, उनीहरूको नाम गोप्य राखिएको थियो। आज पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। हिजो आफन्तले केही व्यक्तिको नामसहित जाहेरी दिएको र दर्ता भई थप अनुसन्धान थालिएको एवं अहिले प्रहरीले दर्जनौं मान्छेलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले महेन्द्रनगरपोष्टलाई बताए। पीडितका आफन्तले बिष्टको हत्याको आशंका गर्दै अनुसन्धानको माग गरेका छन्। उनको शव महाकाली अस्पतालमा…

Read More

धनगढी: नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ। माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो। माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएको छ। साथै जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ। यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन्। यसअघि भट्ट इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेशमा अब गिरिराजमणि पोखरेललाई इन्चार्ज…

Read More

काठमाडौं : त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे । स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे ।…

Read More

कञ्चनपुरः सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुवात भएको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डाक्टर इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो। महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले भने,“अस्पतालमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आउनुभएको छ। बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ।” रक्तरोग विशेषज्ञ डाक्टर ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताए। “वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने…

Read More