Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुरामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन्। घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन। तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतबार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए। उपचारमा संलग्न चिकित्सकले बालिकामाथि दुष्कर्म भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौ्:  ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छिन्। आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन्। काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए। उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन्। घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ। 

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : डोटीको पुर्बिचौकी गाउँपालिकामा काठ चोरी गरिरहेको अवस्थामा ट्याक्टर सहित २ जना पक्राउ परेका छन् । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पुर्वीचौकी गाउँपालिका२ रानीढुंगा मध्यवर्ती सामुदायिक वन क्षेत्रको हाँडे खोलामा पर्ने वनबाट पक्राउ गरिएको हो । एक ट्याक्टर उतिस जातको काठ चोरी तस्करी गर्दै गरेको अवस्थामा निकुञ्जको सुरक्षार्थ खटिएको सिंह शार्दूल गुल्म र निकुञ्जको टोलीले मङ्गलवार ६ बजे ट्याक्टर सहित २ जनालाई पक्राउ गरेको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले बताए । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

Read More

बाजुरा : जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ९, डप्कमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयले विद्यार्थीको गयल घटाउन विद्यालयमै भातभान्सा लगाउने गरेको छ । हिउँदमा विद्यालय नआउने विद्यार्थीलाई नियमित गर्ने उद्देश्यले विद्यालयले विद्यालयमै बसेर पढाइ गर्ने गरी भातभान्सा लगाउने गरिएको हो । बुढीनन्दा नगरपालिका ७, ८, ९ र १० का अधिकांश स्थानीयको जीविकोपार्जनको मुख्य पेसा भेडाबाख्रापालन हो । यहाँका अधिकांश स्थानीय हिउँदमा भेडासँगै औल झर्ने भएकाले बालबालिका पनि उतै जाने गरेपछि यो विद्यालय हिउँदमा विद्यार्थीविहीन हुने गर्दछ । हिउँद भेडाबाख्रासहित घरपरिवार नै औल झर्ने र बर्खा लागेपछि पुनः घर फर्किने चलन परम्परागत नै हो । आमाबुवा औल झरेपछि बालबालिका पनि उतै जाने गरेकाले यतै रोक्न विद्यालयमै…

Read More

काठमाडौँ : सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ९ईन्टरपोल’बाट डिफ्युजन नोटिश जारी भएसँगै प्रहरी उनको निकट पुगेको छ । नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले जीबी लुकेको हुनसक्ने मुलुकको प्रहरी संगठनसँग समन्वय गरिरहेको छ । जीबी मलेशियामा लुकेको आकलन गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्,‘मलेशियामा लुकेको आशंकामा इन्टरपोलसँग समन्वय भइरहेको छ ।’ अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न ईन्टरपोल मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । डिफ्युजनको आधारमा जीबीलाई ईन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ । जीबी राईको समूहले हिनामिना गरेको रकमबारे अनुसन्धान गर्न प्रहरीले माघ २४ मा पूर्व डीआईजी छबिलाल जोशीको…

Read More

धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिठाई बाँड्ने घोषणा गरेका छन्। पार्टीको मधेश प्रदेश समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले आफ्ना पूर्वसहकर्मीसमेत रहेका ओलीलाई व्यंग गर्दै त्यस्तो बतााएका हुन। अध्यक्ष नेपालले ओली सुध्रिने कुनै सम्भावना नरहेको पनि दाबी गरे। अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको उनको भनाइ थियो। ‘ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन। ओली सुध्रिए भने म मिठाई बाँड्छु,’ उनले भने।

Read More

धनगढीः कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्री भएपछि एक वर्षमा २२ पटक काठमाडौं आउजाउ गरेको खुलेको छ। मुख्यमन्त्री शाह कहिले त एक महिनामै ३ पटकसम्म संघीय राजधानी पुगेको पाइएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री शाहले काठमाडौँ आउजाउमा एक वर्षमा साढे ८ लाख रुपैयाँ खर्च गरेका छन्। २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा पदभार ग्रहण गरेका थिए। पदभार ग्रहण गरेको भोलिपल्ट २८ माघदेखि काठमाडौ आउजाउ थालेका मुख्यमन्त्री शाहले दैनिक भत्ता र हवाइजहाज भाडा शीर्षकमा ५ लाख ५६ हजार रुपैयाँ खर्च गरेका छन् भने उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको भत्तामा २ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ। २०७९ मंसिरमा,…

Read More

धनगढी : काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन् । ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका दिपेश प्लम्बर हुन् । माघ २७ मा टोखा नगरपालिका–६ धापासीस्थित जस्ताको टहरोमा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा उनीसँगै काम गर्ने मजदुरले हत्या गरेको थाहा भएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । हत्यामा संलग्न आरोपी १८ वर्षका विकाश मृतककै गाउँले हुन् । प्लम्बर पेसामा आफूलाई सहयोग गर्नेगरी विकाशलाई उनले गाउँबाट ल्याएर सँगै राखे । महिनामा १५ हजार ‘तलब दिन्छु’…

Read More

धनगढी : बझाङको बुगंल नगरपालिकाले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। नगर प्रमुख जयबहादुर धामीले प्रतियोगितामा सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन्। रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई जनही १० हजार, रजत पदक जित्नेलाई जनहि ५ हजार र कास्यँ पदक जित्नेलाई जनहि तीन हजारका दरले नगर पुरस्कार दिने घोषणा गरेका छन् । यस्तै नगरप्रमुख धामीले १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुगंलमा आयोजना गर्ने घोषणा गरेका छन् । पहिलोपटक बुगंलले १४औं राष्ट्रपति रनिङ शिल्डमा १३ स्वर्णसहित बुगंल नगरपालिकाले उपाधि जितेको थियो…

Read More