धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल विङ्गरमा ठोकिदा एक जनाको मृत्यु भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको त्रिभुवन चोक नजिक बुधवार बिहान कैलालीको चुरे गाउँपालिका–१ का ३० वर्षीय बालकृष्ण कडेलको मोटरसाइकल विङ्गरमा ठोकिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले त्रिभुवन चोकमा बा ०६–००४ प १६७७ नम्बरको मोटरसाइकल भे १ ज १३२६ नम्बरको विङ्गरसँग ठोकिएको बताएको छ। गोदावरी नगरपालिका– ३ का २८ वर्षीय धर्मराज भटराईको से ६ प ८७७७ नम्बरको स्कुटरसँग ठोकिएको मोटरसाइकल अनियन्त्रित भएर विङ्गरमा ठोकिएको कैलाली प्रहरीले बताएको छ। मोटरसाइकलमा सवार कडेलको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालको शव गृहमा उनको शव राखिएको छ। यस्तै धनगढीमा मोटरसाइकल अनियन्त्रित…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारबाट उद्धार गरिएको चितुवालाई कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको छ। डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको उक्त चितुवालाई प्राथमिक उपचार गरेर कञ्चनपुर पठाएको हो। वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको उद्दार टोलीले चितुवाकाे प्राथमिक उपचार गरेको थियो। त्यसपछि डार्ट गरेर चितुवालाई उपचार तथा व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरमा कार्यरत कर्मचारी र कार्यालयका फरेष्टर ओमबहादुर साउँदमार्फत पठाइएको उनले बताए। हिजाे(मंगलबार) अपरान्ह २ बजेको आसपास ढुन्ढुने बजारमा उक्त चितुवा देखिएको थियाे। स्थानीयको सूचनापछि डिभिजन वन कार्यालय डडेल्धुराले स्थानीय र प्रहरीको…
काठमाडौं: भारत र मलेसियाको लागि नेपाली राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाको लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधार (१) बमोजिम राष्ट्रपति पौडेलले उनीहरुलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाईपछि नियुक्ति प्रक्रिया अघि बढेको हो।
काठमाडौं: नेपाल–भारत जोड्ने गरी दार्चुलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनका लागि भारतको पिथौरागढमा बैठक बसेको छ। सोमबार पिथौरागढका प्रमुख जिल्ला अधिकारी विनोद गोस्वामीको अध्यक्षता बसेको बैठकले पुल चाँडै सञ्चालन गर्ने निर्णय गरेको छ। दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको सो मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएपछि सञ्चालनका लागि बैठक बसेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिए। पुल निर्माणको काम भारतीय पक्षले गरेको हो। नेपालसँग समन्वय गरेर केही महिनाभित्रै पुल सञ्चालनमा आउने आर्यले जानकारी दिए। दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुल सञ्चालन हुने भएपछि दुवै देशका नागरिक खुसी छन्। …
काठमाडौं: एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेकाे हो। अब फाइनलमा पुग्न जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। जनकपुरले दिएको १४० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे। एनपीएलमा उनको यो पहिलो अर्धशतक हो। अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे। जनकपुरका लागि किशोर महतो र…
धनगढी: बझाङ केन्द्रबिन्दु भएर बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ। मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
काठमाडौं: हुण्डी कारोबारमा संलग्न चार जना रंगेहात समातिएका छन्। काठमाडौँ एयरपोर्ट नजिकै हुण्डी कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापा घर भएका २७ वर्षे युवराज सुवेदी र ३२ वर्षका प्रवेशकुमार पौडेल छन्। काठमाडौं–९ शम्भुमार्गस्थित सडकखण्डमा हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएराति प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई समातेको हो। प्रहरीका अनुसार उक्त स्थानमा रोकी राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुण्डाई कम्पनीको कार चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको ६८ लाख रुपैयाँ फेला परेको थियो। त्यस्तै, पाँच–पाँच…
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको दुईतिहाई बहुमतले स्थायी राजधानी रहने स्थानको टुङ्गो लगाएको ६ वर्ष भइसक्दा पनि राजधानी स्थापनाको काम अघि बढ्न सकेको छैन। तत्कालीन प्रदेशसभाले विसं २०७५ मा कैलालीको गोदावरी नगरपालिका–२ र ४ को बिचमा पर्ने तेघरी क्षेत्रमा स्थायी राजधानी स्थापना गर्ने र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्नेसम्बन्धी प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो। सङ्घीय सरकारले राजधानी निर्माण गरिने स्थलको जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा निर्माण अघि बढ्न नसकेको प्रदेश सरकारले बताउँदै आएको छ। राजधानी निर्माण गर्न तोकिएको क्षेत्रमा रुख, बुट्यानसहितको जङ्गल छ। वन क्षेत्रको जग्गा तोकिएकाले प्रदेश सरकारले उक्त जग्गा अहिलेसम्म प्राप्त गर्न सकेको छैन। स्थायी राजधानी रहने…
डडेल्धुराः डडेल्धुरामा मेयर सम्मेलन हुने भएको छ। पुस १५ र १६ गते जिल्लाको परशुराम नगरपालिकामा मेयर सम्मेलन हुने भएको हो। सम्मेलनमा धनगढी उपमहानगरपालिकाका प्रमुख, सुदूरपश्चिमका सबै नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ। परशुरामका मेयर भरत बडायर जोशीले स्थानीय तहबिचको समन्वय र सहकार्यमार्फत विकास प्रवद्र्धनका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको जोशीले बताए।
काठमाडौं: भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन्। घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन्। अछामको कमलनगर नगरपालिका–६ घर भएका उनीहरु भक्तपुर नगरपालिका–२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए। गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए। बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।