काठमाडौं: नेपाल प्रहरीका एक प्राविधिक सहायक निरीक्षक (असई) विरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको सञ्चार शाखामा कार्यरत असई श्यामकुमार गिरी भनिने कुमार गिरीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर भएको हो। उनले सेवा प्रवेश गर्दा पेश गरेको एसएलसीको प्रमाणपत्र नक्कली रहेको अख्तियारको आरोप छ। अख्तियारका अनुसार गिरी २०५७ फागुन ११ गते प्रहरी सेवाको जवान पदमा भर्ना भएका थिए। हाल बढुवा भएर प्राविधिक असईमा कार्यरत रहेका उनले जवान पदमा भर्नाको क्रममा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा पाइएको हो। नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा नियुक्त भएर लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहसँगै पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मी हेरफेर गरेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्वयसमेत रहेका उनीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई हेरफेर गरिएको हो। ती पुराना सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको बताइएको छ। यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपालको सुरक्षाका लागि यसअघि सशस्त्र इन्स्पेक्टरको कमान्डमा १०/१० जना खटिँदै आएकोमा अहिले बढाइएको छ। सुरक्षा अवस्था मूल्यांकन गरेर प्रचण्ड र माधव नेपालको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको संख्या बढाइएको जनाइएको छ।
धनगढी: नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा एकसाथ शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा भोलि प्रदेशका ९ वटै जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको हो। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले पार्टीको निर्णयअनुसार सोमबार (भोलि) सबै जिल्लामा मोटरसाइकल ¥याली तथा जागरण सभामार्फत गणतन्त्रका पक्षमा शक्ति प्रदर्शन गर्न लागिएको जानकारी दिए। चन्दकाअनुसार कैलालीमा मात्र तीन ठाउँमा मोटरसाइकल ¥याली निकाल्ने तयारी छ। अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल ¥याली निकालिनेछ छ। अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल ¥याली निकालिने सचिव चन्दले बताए। पहिलो चरणमा सबै जिल्लामा मोटरसाइकल ¥याली तथा जागरण भेला गर्न लागेको एमालेले २९ चैतमा…
काठमाडौं: तस्करहरुले विभिन्न समयमा नेपालबाट विदेश पुर्याएका २१ वटा पुरातात्विक महत्वका कलात्मक मूर्ति नेपाल फिर्ता ल्याइएको छ। अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागले आज बिहान सम्बन्धित स्थानीय तहलाई हस्तान्तरणसमेत गरिसकेको छ। यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी)का रहेका छन्। यी मूर्ति काठमाडौंस्थित इटुम्बहालबाट वि. सं २०३७ मा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो। आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२-१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारीलाई तीव्र बनाएको छ। प्रदेश नीति तथा योजना आयोगले समपुरक अनुदान र प्रदेश विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि स्थानीय तहसँग प्रस्ताव आव्हान गरेको छ। आयोगले चैत ११ गते सूचना जारी गर्दै विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत प्रस्ताव पठाउन आग्रह गरेको हो। बैशाख १० गतेभित्र प्रस्ताव पेस गर्न भनिएको छ। आयोगका सूचना अधिकारी जयराज ओझाका अनुसार स्थानीय तहको कार्यपालिकाले प्राथमिकता दिएका आयोजना वा कार्यक्रमको प्रस्ताव मात्र स्वीकार गरिनेछ। समपुरक अनुदानमा प्राथमिकताप्रदेश नीति तथा योजना आयोगले कृषि, पूर्वाधार, खानेपानी तथा सरसफाई, सिंचाई, फोहोर व्यवस्थापन, शिक्षा, पर्यटन, ऊर्जा, विज्ञान…
काठमाडौं: काठमाडौँ महानगर प्रहरी बलको टोलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहको घर निर्मल निवास प्रवेशमा रोक लगाइएको छ। शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका हुन्। गत शुक्रबार तीनकुनेमा भएको आन्दोलनका क्रममा फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो। उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ। यसैबीच, गृह मन्त्रालयले निर्मल निवासको सशस्त्र सुरक्षा कमाण्ड परिवर्तन गरेपछि पूर्वराजाको भेटघाटमा प्रतिबन्ध लगाएको बुझिएको छ। अस्तिसम्म त्यहाँ डिएसी जगदीश चन्द्र हमालको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएकोमा हिजोबाट डिएसपी प्रमोद प्रकाश पाठक नेतृत्वको टोली खटाइएको हो।
काठमाडौं: सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली परिवर्तन गरेको छ। सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएर अर्को टोली खटाइएको हो। पूर्वराजाको सुरक्षामा अर्का डीएसपी प्रमोदप्रकाश पाठकको नयाँ टोली परिचालन गरिएको छ। पूर्वविशिष्टलाई मापदण्डानुसार दिइने १६ जनाको टोली योपल्ट पठाइएको छ। पूर्वराजाको सुरक्षामा यसअघिको सशस्त्रको टोली १६ जनाभन्दा बढीको थियो। शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक भएपछि कतिपयले शाहलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्।
धनगढी: हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारती नंको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन्। तीमध्ये तीन जनालाई बढी चोट लागेको उनले बताए। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो। चालक फरार छन्। ट्याक्टरको नं खुल्न सकेको छैन। बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन्। ट्रलीमुनी…
कञ्चनपुर: सशस्त्र प्रहरी बल, नेपालले भारतसँग जोडिएको कञ्चनपुरको दक्षिणी सीमाक्षेत्र बेलौरीबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले बेलौरी नगरपालिका-६ हात्तिबोझाका २३ वर्षीय रोहित पन्तलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी कञ्चनपुरको टोलीले २०८१ चैत्र १४ गते साँझ ५:४० बजे सीमा इलाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पन्तलाई चेकजाँच गर्दा उनको झोलाभित्र ज्याकेटको खल्तीमा लुकाइछिपाइ राखेको ५३.९८ ग्राम खैरो हेरोइन फेला पारेको थियो। साथै, प्रहरीले पक्राउ परेका व्यक्तिसँग एक थान रेडमी मोबाइल, नेपाली रुपैयाँ २,९४० र भारतीय रुपैयाँ ८१० समेत बरामद गरेको छ। पक्राउ परेका पन्तलाई आवश्यक कानुनी कारबाहीका लागि…
धनगढी: कैलालीको धनगढीमा ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र लागू औषध ब्युरो धनगढीको संयुक्त टोलीले गौरीगंगा नगरपालिका–६ वनवेहडा निवासी २९ वर्षीय कृष्ण खड्कालाई नियन्त्रणमा लिएको हो। खड्का धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट पक्राउ परेका हुन्। उनी सुदूरपश्चिम प्रदेश ०१००९ प ७२ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरीको टोलीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा खैरो हेरोइन फेला पारेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरी सक्रिय रहेको…