Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका ६ जनामध्ये ४ जना छुटेका छन्। हिजो (मङ्गलबार) र आज (बुधबार) समेत पक्राउ परेका ४ जना रिहा भएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आज समातिएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक छुटेका हुन्। अनुसन्धानका बखत हिरासतमा राखि राख्न उपयुक्त नदेखिएकाले जिम्मा जमानीमा छोडिएको चन्दले बताए। तर स्रोतका अनुसार गृहमन्त्रालय सहितको दबाबले माओवादी नेतालाई २४ घण्टासमेत हिरासतमा नराखी छोडिएको हो। तर सोही…

Read More

काठमाडौं : पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीले जीबी राई जोडिएको सहकारीमा आफ्नो कुनै सरोकार नरहेको दाबी गरेका छन् । जीबीले रकम हिनामिना गरेको आरोपमा अनुसन्धान चलिरहेको पोखरास्थित सूर्यदर्शन सहकारीको सामान आफूले नराखेको जोशीको जिकिर छ । नेचरहब्स कम्पनीमा पहिले आफू पनि संलग्न रहेको तर जीबी राईसँगको व्यापारिक सोझेदारी तीन वर्षअघि नै छोडिसकेको दाबी जोशीले गरे । नेचरहब्सले नै आफ्नो शंखमूलस्थित घर दुई वर्षका लागि भाडामा मात्रै लिएको जोशीको भनाइ छ । मैले जीबी राईसँग नेचरहब्ससँगको साझेदारी २०७७ सालमै छोडेको हो । नेचहब्सले मेरो घर दुई वर्षका लागि भाडामा लिएको थियो । २०८१ मा सम्झौता सकिन् पूर्व डीआईजी जोशीले भने, राईको…

Read More

धनगढी : संगठनभित्र अराजकता बढ्दै गएपछि नेपाल प्रहरीले बाध्य भएर चेतावनीसहितको परिपत्र गरेको छ । सामाजिक सञ्जालमा आफ्नै संगठनविरुध्द आलोचना भएका समूहमा आवध्दता जनाएको पाइएपछि हेडक्वार्टरले सर्कुलर जारी गरेको बताइएको छ । सामाजिक सञ्जालमा सहभागिताबारे आफ्ना कर्मचारीको निम्ति प्रहरीले यसअघि नै सामाजिक सञ्जाल व्यवस्थित गर्ने सम्बन्धी गाइडलाइन्स २०७१ जारी गरिसकेको छ । त्यस्तै प्रहरी नियमावली २०७१, प्रहरीको मिडिया सम्बन्धी नीति २०६०, आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को समेत बर्खिलाप हुनेगरी कर्मचारीहरु हौसिएर सामाजिक सञ्जालमा सहभागी हुने गरेको पाइएपछि कडाइको निम्ति आइजीपीको सचिवालय अस्ति सबै युनिटमा सर्कुलर जारी गर्न बाध्य भएको बुझिएको छ । सर्कुलरमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरुबाट संगठनप्रति नै नकारात्मक…

Read More

धनगढी : सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्पत्ति शुद्धिकरणमा तानिएका छन् ।  प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले रविको सम्पत्ति खोजबिन शुरु गरेको छ । ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको हो । विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबिआई बैंक,एभरेष्ट बैंक,एनआइसी बैंक, कुमारी बैंक,लक्ष्मी सनराइज बैंक,सिद्धार्थ बैंक,कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक,प्राइम कमर्सियल…

Read More

धनगढी : कञ्चनपुरको एपीएफ स्कुल झलारीमा भर्ना खुलेको छ। आगामी बैशाखदेखि पढाइ सुरु हुने गरि पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा भर्ना खुलेको हो। आज (बुधबार) बोर्ड राखेर भर्ना स्कुलले भर्ना सम्बन्धि जानकारी गराएको हो। शिक्षाको क्षेत्रमा पछाडी परेको सुदूरपश्चिम प्रदेशमा शिक्षामा थप टेवा पुरयाउने उद्देश्यले यहाँ एपीएफ स्कुल सञ्चालनमा आउन लागेको हो। २०८१ साल बैशाख महिनादेखि सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा संचालित पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा कक्षा ४ र ५ मा नयाँ भर्ना खुलेको स्कुल प्रशासनले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन…

Read More

काठमाडौं : मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ। यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन्। सीता राना मगर १७ रनमा आउट भइन्। यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो। जुन नेपालले सहजै भेट्टायो। कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना…

Read More

धनगढी : यतिबेला गायिका समीक्षा अधिकारी ल ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसरमा इमान्दार पूर्वक प्रेम गर्ने जोडीहरूको ३६५ दिन नै प्रेम दिवस भएको बताएकी छिन्। प्रणय दिवसको अवसरमा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना दिएकी छिन्। ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो ’, उनले लेखेकी छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना।’ यतिबेला समिक्षा विभिन्न मेला महोत्सवमा हुने सांगीतिक कार्यक्रममा व्यस्त छिन्।

Read More

धनगढीः धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका–४ को शिवपुरी धाममा श्रीमदभागवत सुरु भएको छ। बुुधबारदेखि शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिको आयोजनामा ११औं श्रीमद भागवत महायज्ञ सुरु भएको भएको हो। महायज्ञमा पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द प्रमुख अथिति रहेका छन्। ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामी पनि श्रीमदभागवत महायज्ञमा उपस्थित भएका छन्। फागुन २ गतेदेखि ८ गतेसम्म ७ दिनको श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण हुनेछ। धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको छ। धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टको अध्यक्षतामा भएको महायज्ञ अघि सहिद गेट देखि ट्राफिक चौराहा, रातोपुल हुदै…

Read More

धनगढी : कञ्चनपुर प्रहरीले माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चन्द्रकान्त भट्ट (सिके)लाई पक्राउ गरेपछि आइसिटी फोरम नेपाल जिल्ला समिति डडेल्धुराले खेद प्रकट गरेको छ। आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सिकेलाई कञ्चनपुर प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै खेद प्रकट गरेको हो। विनाकारण पार्टीका नेता कार्यकर्तालाई विगत लामो समयदेखि कञ्चनपुर प्रहरीले देखाएको दमनपूर्ण व्यवहार प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको समेत डडेल्धुरा जिल्ला इन्चार्ज तथा संयोजक करन साउँद (किरण) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। आइसिटी फोरम नेपााले कञ्चनपुर प्रहरीले गरेको खेदजनक क्रियकलापको भत्सर्ना गर्दै गिरफ्तार गरिएका भट्टको तत्काल रिहाइको माग समेत गरेको छ। भीमदत्त नगरपालिका–१७ का भट्टलाई प्रहरीले कमेन्ट् गरेको…

Read More

काठमाडौं : बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्। गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाललाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ। अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए। गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो। गजमेर उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही…

Read More