Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट गुमाएको छ । नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बल खेलेका थिए । नेपालका कप्तान देव खनालले ४ रनमा ठूलो जीवनदान पाएका छन् । स्पिनर घजान्फरको आठौं ओभरको पाँचौं बलमा कट एन्ड बोल्ड हुनबाट बचेका थिए । खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड आउट भए । यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए । अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको…

Read More

काठमाडौं : कोशीमा भएको फ्लोर क्रसको विषयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि जनाएका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमा काँग्रेसबाट भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘राष्ट्रियसभाको निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आइरहेको छ। हामी इमान्दार हुने, तर कांग्रेसबाट घात भयो,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो। प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने, ‘शेखरले हो शेखरले।’ देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन्। हिजो भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनबाट फ्लोर क्रस भएर गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा…

Read More

काठमाडौं : यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानको आठौँ विकेट लिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २०.३ ओभरमा आठौँ विकेट गुमाएको छ। नेपालका दीपेश कँडेलले अफगानिस्तानको आठौँ विकेट लिएका हुन्। कँडेलले अफगानिस्तानका अरब गुललाई पभिलियन फर्काएका हुन्। गुल खाता नै नखोली पभिलियन फर्किए। यसअघि १७.३ ओभरमा भण्डारीले अफगानिस्तानका गाजनफरलाई पभिलियन फर्काएका थिए । गाजनफर २१ बलमा ३७ रन बनाए।

Read More

काठमाडौं : यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपालले अफगानिस्तानको सामना गरिरहेको छ। इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान नेपाली बलर सामु निरीह देखिएको छ। नेपालका फास्टबलर आकाश चन्दले पाँच विकेट लिएका छन्। जारी प्रतियोगितामा नेपालका लागि पाँच विकेट लिने उनी पहिलो बलर बनेका छन्। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरसमेत बनेका छन्। यस्तै गुल्सन झाले पनि एक विकेट लिएका छन् यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ४७रन बनाउँदा ६ विकेट गुमाएको छ।

Read More

बैतडी: बैतडीमा वडा कार्यालय सहयोगी मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मण सिह बिष्ट मृत फेला परेका हुन्। बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा आज (शुक्रबार) मृत फेला परेका भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। विष्ट प्रेसर र सुगर रोगबाट ग्रसित थिए। बिष्टलाई स्थानीयले बाटोमा घोप्टिएको अवस्थामा भेटेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर भएपछि प्रहरी घटना स्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए। अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमे लौलीमा राखिएको छ। शवको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय…

Read More

काठमाडौं : त्रिवि अध्यागमनका प्रमुख र अधिकृतमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। त्रिवि अध्यागमनका प्रमुख गोगनबहादुर हमाल र अधिकृत छायालाल मोक्तानमाथि प्रहरीहरुले दुर्व्यवहार गरेको हो। त्रिवि अध्यामगन स्रोतले आज (शुक्रबार) दिउँसो कर्मचारीमाथि कुटपिट भएको जनाएको छ। प्रहरी र अध्यागमनबीचको विवादले हातपात भएको बताइएको छ। यो बिषयमा विस्तृत विवरण आउन बाँकी छ। अध्यागमनका प्रमुख गोगन हमालसँग सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। प्रवक्ता झंक ढकालसँग यो बिषयमा जिज्ञासा राख्दा आफू विवाहको कार्यक्रममा भएको कारण विस्तृत रुपमा बुझेर प्रतिक्रिया दिने जबाफ दिएका छन्।

Read More

काठमाडौं : नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ। नेपालले १० औं ओभरको खेल चलिरहँदा ५ विकेट लिइसकेको छ। आकाश चन्दले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्। उनले अहिलेसम्म ४ विकेट लिइसकेका छन्। ९.१ ओभरको खेल सकिँदा अफगानिस्तानले ५ विकेट गुमाएर मात्र ३४ रन बनाएको छ। तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए। आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए। दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ।…

Read More

धनगढी : बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने प्रतिक्रिया दिएका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकले नेता खगराज भट्टलाई हटाएर धामी दलको नेता चयन भएका हुन्। ‘बहुमतबाट निर्णय भएपनि तत्काल हामी मन्त्रिपरिषद् पुनर्गठन वा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदैनौँ। नेता परिवर्तन भएपनि संसदीय दलमा सबैलाई मिलाएर लैजान्छु’, धामीले भने ।

Read More

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ। आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो। बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको बुझिएको छ। यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए। धामी यसअघि प्रमुख सचेतक थिए। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन्। संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि बताइएको छ। नेता फेर्ने बैठकमा तत्कालीन दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा…

Read More

धनगढी: नेपाल प्रहरीका डीआईजी तथा कथाकार एवं साहित्यकार रवीन्द्र केसीको पुस्तक अहिले चर्चामा छ। हालै सुदूरपश्चिम सरुवा भई आएका सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखसमेत रहेका डीआइजी केसीको पुस्तकले सुदूरपश्चिमसहित देशैभर चर्चा बटुलिरहेको हो। अहिले केसीको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’को बिक्रि बढिरहेको पनि बताइन्छ। धनगढीको इमेज बुक्ससहित विभिन्न बुक्स हाउसका सञ्चालकहरुले सो पुस्तकको माग बढिरहेको बताएका छन्। अहिले धनगढीको इमेजलगायतका पुस्तक पसलमा सो पुस्तक उपलब्ध छ। केही समय अगाडि लोकार्पण गरिएको उक्त कथा संग्रहमा समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच, बाध्यता, कुटिलता, मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययन…

Read More