Author: महेन्द्रनगर पोष्ट

धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीले गेटा मेडिकल विश्वविद्यालयको माग राख्दै शिक्षा मन्त्री माननीय विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ। उक्त ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष गोबिन्द गिरि, केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज दीपक धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। ज्ञापनपत्रमा सुदूरपश्चिमका जनता लामो समयदेखि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सम्बन्धी जनशक्ति उत्पादनमा पछाडि परेको र गेटा विश्वविद्यालय स्थापनाको माग गर्दै संघर्ष गर्दै आएको उल्लेख छ। गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा हजारौं मानिसले अकालमै ज्यान गुमाउनु परेको अवस्थाको समाधानका लागि गेटा विश्वविद्यालय स्थापना अपरिहार्य रहेको पनि उनीहरूको तर्क रहेको छ। ज्ञापनपत्रमा, शहीद दशरथ…

Read More

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्। क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। त्यसका लागि नेपाली टोली भोलि जादैछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ। दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ। नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा…

Read More

काठमाडौँ : विशेष अदालत काठमाडौँले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा केहीलाई दोषी ठहर गरेको छ भने केहीलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ भने १० जनालाई सफाइ दिएको हो । यसमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् । यस्तै पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका छन् ।

Read More

रमेश रावत अछाम : नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डाक्टर भीम रावल गृह जिल्ला अछाम पुगेका छन् । उनलाई सोमबार साँझ साँफेबगरमा एमालेका नेताहरूले स्वागत गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमहरूमा प्रमुख अतिथि हुन अछाम पुगेको भनिएका रावलको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रावलले जिल्लामा आफू निकट नेता कार्यकर्ताहरु संग आगामी राजनीतिबारे छलफल गर्न सक्ने अटकल गरिएको छ । नेता रावलको गृह जिल्ला प्रवेशले एमाले वृत्तमा हलचल ल्याएको छ । रावल पक्षधरले जिल्ला भ्रमणलाई खुसीका साथ समर्थन गरेका छन् भने एमाले अध्यक्ष केपी ओली पक्षका नेताहरू रावलको नजिक पर्ने डरले भाग्न थालेका छन् । उनीहरू रावललाई…

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धनगढीका मेयर गोपाल हमालसँग सहकार्यको प्रस्ताव राखेका छन् । पार्टीको कार्यक्रमका लागि सोमबार बिहान धनगढी आइपुगेका पूर्वगृहमन्त्रीसमेत रहेका रविले मेयर हमालसँगको भेटमा यस्तो प्रस्ताव राखेका हुन् । सभापति लामिछाने धनगढी उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । उनले धनगढी मेयर हमालसहित उपमहानगरका जनप्रतिनिधिसँग छलफल गरेका थिए । सोही छलफलका क्रममा सभापति लामिछानेले मेयर हमालको खाँचो आफूहरुलाई रहेको बताए । उनले भने, ‘तपाईंको साथको हामीलाई ठुलो अपेक्षा छ । हाम्रो साथको त्यति धेरै अर्थ नहोला । तपाईंको साथको अझ धेरै जरुरत छ ।’ यस्तै सभापति लामिछानेले आफूहरु सहकार्य गर्न खुला रहेको बताए । ‘सहकार्य…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशसरण महत धनगढीबाट काठमाडौं फर्किएका छन्। हिजो धनगढी हुँदै डडेल्धुरा पुगेका महत र आज पार्टीको कार्यक्रममा सहभागी भएका रवि एकसाथ काठमाडौं फर्किएका हुन्। उनीहरू बेलुका एकसाथ राजधानी फर्किएको बताइएको छ। यसैक्रममा नेपाल प्रहरीका एआईजी सुदीप गिरी सुदूरपश्चिम पुगेका छन्। उनी आज बेलुका धनगढी ओर्लिएको बताइएको छ। स्रोतका अनुसार गिरी प्रहरीको आन्तरिक निरीक्षण एवं अनुगमनका लागि त्यहाँ पुगेका हुन्।

Read More

काठमाडौँ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने उनले बताए। भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने सहमति भएको थियो।

Read More

काठमाडौं : नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले आधिकारिक रूपमा नेपाली सेनाको कमाण्ड सम्हालेका छन्। प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्। शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए । पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र दर्ज्यानी चिह्न प्राप्त गरेका थिए।

Read More

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । ‘वरिष्ठ उपाध्यक्ष समक्ष राजीनामा पत्र बुझाउनु भएको छ।’ महासंघका एक पदाधिकारीले बताए । महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् । ‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न…

Read More

काठमाडौं: नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद प्रेमबहादुर आले भारतको राजधानी नयाँ दिल्ली गएका छन्। उनी व्यापारिक काम भन्दै दिल्ली उडेको बताइएको छ। उनी सोमबार भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट उडेको बताइएको छ। गत असारमा सम्पन्न समाजवादीको महाधिवेशनमा पनि आले अनुपस्थित भएर दिल्ली गएका थिए। सुदूरपश्चिमको डोटीबाट निर्वाचित सांसद आले पार्टी संगठन बाहिर छन्। उनै आले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार समितिका सदस्य लक्ष्मी पुरी र विकास स्वरुप उडेको उडानमार्फत दिल्ली गएका हुन्।

Read More