Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् । सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न थालिएको स्थानीय भुवन जोशीले बताए । उनले भने, “हाम्रा लागि नजिकको तीर्थ हेला भनेजस्तै थियो । अहिले अन्यत्र जिल्लाका मानिस आएर रमाउन थालेपछि गाउँका मानिसहरुको पनि झरनाप्रति माया जागेको छ ।” उनका अनुसार गडरायबाटै झरना हेर्नेहरु अहिले झरनाकै पानी खेल्ने गरेका छन् ।…

Read More

कञ्चनपुर : कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली फर्किएको छ। २०७५ साउन १० मा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तको हत्या घटनामा अनुसन्धान गरिरहेको सीआइबीको टोली ५ वर्षपछि काठमाडौँ फर्किएको हो। सीआइबीका प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली अनुसन्धानका क्रममा प्रयोग गरिएका कम्प्युटर, फाइल तथा अन्य कागजपत्र लगायतका सबै सामान लगेर १ महिनाअघि फर्किएको बताइएको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली फिर्ता भएपनि अनुसन्धानको काम भने जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको पाँच वर्ष पुगिसकेको छ। तर अझै…

Read More

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अवैध लागुऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका–८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

गड्डाचौकी: कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापाले चर्चाका लागि स्टन्ट गर्दा जिल्लाको शान्ति सुरक्षा नै खल्बलिएको छ। सन्की स्वभावका एसपी थापाले सीमा नाकामा फिल्मी शैलीमा भारतीय गाडीहरु कब्जामा लिएपछि तनाव उत्पन्न भएको हो। थापा र उनका मातहतका प्रहरी अधिकृतका एकपछि अर्को गर्दै बेथिति र कार्यालयभित्रका कमजोरीमा महेन्द्रनगरपोष्टले निरन्तर खबरदारी गर्दै आएको अवस्थामा ती सबै गतिविधि डाइभर्ट गर्न एसपी थापाले सीमामा स्टन्ट गरेको व्यवसायीहरुले बताएका छन्। अस्तीमात्र एसपी थापाको ठाडो निर्देशनमा गड्डाचौकी नाकाबाट भारतीय नम्बर प्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको थियो। पहिले ट्राफिक प्रहरीले चेकजाँच गरेर कागजात नभएकाहरूलाई मात्रै नियन्त्रणमा लिने गरेको थियो। तर अस्ति भने प्रहरीले पार्किङ गरेर राखिएका र…

Read More

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहिवार साँझ धनगढी उपमहानगरपालिका-१८ “ई” गाँउस्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल ठोक्किदा चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को लागि माग पद संख्या थप गरेको छ । प्रहरी प्रधान कार्यालयको भर्ना शाखाका अनुसार यसअघि कार्तिक ३ गते  माग गरिएको २६० असईमा थप १०५ जनाको संख्या थप गरी जम्मा ३६५ जनाको पद संख्या कायम गरिएको हो ।

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट ७५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाँउका २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यस्तै बर्दगोरिया गाउँपालिका– १ झगडपुरबाट १ ग्राम ६५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय अनिल विक र २७ वर्षीय सन्तोष विकलाई पनि बिहीवार प्रहरीले पक्राउ गरेको हो। तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति  गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं : नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयले विभिन्न पदका लागि करारमा आवेदन माग गरेको छ । पूर्णकालिन, ज्यालादारी र फ्ल्याट बेसिसमा भर्ना गर्ने गरि सेनाले यही फागुन ११ गतेसम्म आवेदन दिनसक्ने गरि विभिन्न पदका लागि ११९ जनाका लागि आवेदन माग गरेको हो ।

Read More

काठमाडौं : नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो। जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

Read More