धनगढी: कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित सात जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले उक्त सफलता हात पारेको हो। जसअनुसार ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ स्थित बाँझो घरबाट २१ ग्राम ८२० मिलिग्राम हेरोइन बरामद गरेको हो। यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–५ स्थित गेटाबाट ५ ग्राम १८० मिलिग्राम र वडा प्रहरी कार्यालय धनगढी तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२, कैलालीपुल नजिक सडक खण्डबाट ३८० मिलिग्राम हेरोइन बरामद गरेको हो। जम्मा २७ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित निम्न ७…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना, सोही ठाउँ बस्ने कलीराम चौधरी र दुम्ली चौधरी रहेका छन्। हिजो एक जनामात्र समातिएकोमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए। उनकाअनुसार राहुल रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझमात्रै पक्राउ गरेको थियो। रानाको समूहले चेकजाँचका क्रममा केही दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन्। रानाको समूहले भारतबाट अवैध रूपमा…
कञ्चनपुर: सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो। गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका…
धनगढी: नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ। खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भएको हो। अछामको उक्त क्षेत्रमा बिहान सबेरैदेखि चट्टयाङसहित वर्षा भइरहेको छ।
काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ। स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गरेकाे हाे। नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो। वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए। काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए। नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए। ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेछ हात पारे। त्यसअघि टस…
धनगढी: कैलालीको धनगढीमा लागूऔषध (खैरोहेरोइन) सहित नेपाल प्रहरीका कर्मचारी समातिएका छन्। आज (मंगलबार) लागूऔषध व्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले नेपाल प्रहरीका एक जवानलाई लागूऔषधसहित समातेको हो। प्रहरी स्रोतका अनुसार समातिनेमा गोदावरी नगरपालिका वडा नम्बर ९ घर भएका २७ वर्षीय प्रहरी जवान चिरञ्जीवी विश्वकर्मा रहेका छन्। उनलाई धनगढी उपमहानगरपालिका वडानम्बर २ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कार्यालय बाहिरको सडकखण्डबाट समातिएको हो। उनको साथबाट ३८० मिलिग्राम लागूऔषध बरामद गरिएको जनाइएको छ। उनी प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए। यसअघि केही दिन अगाडिमात्रै धनगढीकै त्रिनगर प्रहरी चौकीका जवान डम्बर साउदलाई पनि लागूऔषध सेवनकर्ताको शङ्का लागेर प्रहरीले समातेको…
धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जानकारी दिए। उनकाअनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतकाअनुसार चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन्। रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार…
धनगढी: सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस भएका छन्। न्यायपरिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको हो। सिफारिस सूचीमा परेका पोखरेल सर्वोच्च बार एसोसिएसनका अध्यक्षसमेत हुन्। हाल सर्वोच्च अदालतमा न्यायाधीशका चार पद रिक्त थिए। नयाँ सिफारिसपछि एक पद अझै खाली नै छ।
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्दमाथि खुलेआम कुटपिट भएको छ। केही दिन अगाडिमात्रै चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो। स्रोतका अनुसार सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको हो। यो घटनाले सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ। स्रोतले दिएको जानकारी स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि हातपात गरेका थिए। असई चन्दले सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए। घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। उता यस विषयमा जिल्ला प्रहरी कार्यालय…
धार्चुला: भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली सेनाका एक हवल्दारलाई जिलेटिन र डेटोनेटरसहित पक्राउ गरेको छ। घटना आइतबार दिउँसो धार्चुला सीमाक्षेत्रमा भएको हो, जहाँ एसएसबीले चेकपोस्टमा नेपाल फर्कदै गरेका हवल्दार यामबहादुर खत्रीलाई रोकी जाँच गर्दा विस्फोटक सामग्री बरामद गरेको हो। खत्री सुर्खेतको पदमपुर पुख्र्यौलीका बासिन्दा हुन् र हाल कैलालीको टिकापुरमा बसोबास गर्छन्। उनी धारचुला–दुम्लिङ–थिइ क्षेत्रमा टिंकर सडक निर्माण कार्यमा संलग्न थिए। काम समाप्तपछि घर फर्कदै गर्दा उनले भारतीय क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने प्रयास गरेका थिए। तर, एसएसबीले झोलाबाट १ किलो जिलेटिन र ५ वटा डेटोनेटर पत्ता लगाएपछि उनलाई गिरफ्तार गरियो। खत्री नेपाली सेनामा १७ वर्षदेखि सेवारत छन्। उनले किन…