Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलामा भन्सार छलीको चामल र चिनी प्रहरीले बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका–४ बसपार्कबाट सोमबार साँझ प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। अवैध चामल र चिनी ओसारपोसार गर्ने ट्याक्टर चालक दुहुँ गाउँपालिका–१ खर्राका उपेन्द्रसिंह धामी र समानका साहु महाकाली नगरपालिका–४ का विनोद पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र सिंहले जानकारी दिए। सिंहका अनुसार ९२ कठ्ठा भारतीय अंगुरी चामल र ३ कठ्ठा चिनी बरामद गरिएको हो। ट्याक्टरमा भन्सार छली गरेर अन्दाजी १ लाख ८४ हजार बराबरको अंगुरी चामल र १० हजार ५ सय रुपैयाँ बराबरको चिनी बरामद गरि आवश्यक कारबाहीको लागि छोटी भन्सार कार्यालयलाई…

Read More

धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको घटनामा गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टका स्वकीय सचिव (पीए) दिलिपकुमार साउँद पनि मुछिएका छन्। साउँद अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत हुन्। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराले टिकट व्यवस्थापनको जिम्मा पाएका थिए। तर, महोत्सवमा नक्कली टिकट ठेली फेला परेको थियो। महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा साउँद र महराको हात रहेको भन्दै उनीहरूविरुद्ध किटानी जाहेरी परेको हो। उनीहरुविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयका एसपी देबेन्द्रबहादुर पालको टेबुलमा पुगेपनि दर्ता नभएको हो। स्रोतका अनुसार एसपी पाललाई काँग्रेसकै नेताले किटानी जाहेरी दर्ता नगर्न दबाब दिइरहेका छन्। तर,…

Read More

बझाङ : भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ। बझाङकको तल्कोट गाउँपालिका–१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो। सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन्। घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको पारिवारीक स्रोतले जनाएको छ। मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए।

Read More

कञ्चनपुर: जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। कार्यालयमा रहेका तल्लो तहका कर्मचारीहरुलाई निजी काममा प्रयोग गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो। उनले कार्यालय सहयोगी र चालकहरुलाई घरायसी काम र व्यवसायीक काममा प्रयोग गरेको अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय टङ्गालमा परेको उजुरीमा उल्लेख छ। उजुरीको पत्रमा चालक देव महतालाई निजी कामका लागि भारत पठाउने गरेको र सरकारी सवारी साधनको नम्बर प्लेटसमेत परिर्वतन गर्ने गरेको उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले पुस ४ गते प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गर्दै आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। अख्तियारको पत्रलाई प्रशासनले जिल्ला समन्वय समिति कञ्चनपुरलाई…

Read More

काठमाडाैं : सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन्। मन्त्री साउदले ज्यान मार्ने धम्की भन्दै उनले उजुरी दिएका हुन्। मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पालले उजुरी आएको पुष्टि गरे। यता मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई जानकारी नभएको बताएका छन्। ‘मेरो कारोबार भएको छैन। मलाई उजुरी बारेमा जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु’ उनले भने।

Read More

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्नेहरूको नामावली सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९/८० र चालू आवमा गरिएका कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै आयोगले उनीहरूको नाम सार्वजनिक गरेको हो। यी हुन् मानव अधिकार उल्लंघनमा कारबाहीको सिफारिसमा परेकाहरु नेपाल प्रहरी (१) प्रउ योगेश्वर रोमखामी(२) प्रउ रामकुमार खनाल(३) प्रउ नारायणकुमार आचार्य(४) प्रउ उमाप्रसाद चर्तुवेदी(५) प्रनाउ कामाख्या नारायण सिंह(६) प्रनाउ नारायणप्रसाद चिमोरिया(७) प्रनाउ टेकुनन्द इवा लिम्बु(८) प्रनाउ हनुमान शाह(९) प्रनि गोविन्दप्रसाद साह(१०) प्रनि महेन्द्र दर्नाल(११) प्रनि दीपेन्द्र श्रेष्ठ(१२) प्रनि दुर्गालाल चौधरी(१३) प्रनि कमलप्रसाद गिरी(१४) प्रसनि नवराज दाहाल(१५) प्रसनि ऋषि खनाल(१६) प्रसनि राजनप्रसाद नेपाल(१७) प्रसनि खड्गबहादुर कार्की(१८) प्रसनि दिनेश अधिकारी(१९) प्रसनि महाविर…

Read More

नयाँदिल्ली : भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन्। स्थानीय अग्नि सेवा विभागका अनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको हो। गोदाममा राखिएका गाडीमा आगलागी भएको हो। ट्राफिक नियम उल्लंघन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको गाडी जलेको बुझिएको छ। आगलागीको कारण भने खुलेको छैन।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्। शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताए। उनले भने, ‘यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा…

Read More

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागि रुख काट्न आग्रह गरेको छ। वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको हो । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा १० दिनभित्र मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ।

Read More

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा जिल्लाका कार्यालयमा छड्के अनुगमन गरिएको हो । प्रशासनले १५ कार्यालमा छड्के अनुगमन गरेकोमा ३६ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमा १५ जना अधिकृतस्तरका कर्मचारी रहेका छन् । अनुपस्थित कर्मचारी अनुपस्थित हुनुको कारण खुलाएर जानकारी दिन र स्पष्टीकरण पेस गर्न प्रशासनले निर्देशनसमेत दिएको छ ।

Read More