Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको छ। आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले जनाएको छ। जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो। उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन्। महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ।

Read More

धनगढी: कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले रानालाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल थान–१ फेला पारि आइतबार पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

Read More

काठमाडौं: सिन्धुली पठाइएका तर अटेर गरि नगएका एसपी अर्जुनप्रसाद तिमिल्सिनाको अहिले हेडक्वार्टरमा कब्जा जमाएका छन्। ख वर्गको सिन्धुली नजाने भन्दै ख वर्गकै धादिङ जान इच्छा राखेका तिमिल्सिना हाल हेडक्वार्टरमा छन्। प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन (कप्र) शाखामा रहेका उनै तिमिल्सिना सरुवा रोक्नेदेखि बढुवामा समेत अनेक चलखेल गरिरहेका छन्। सोही कारण उनी हेडक्वार्टरमा सबैको तारो बनेका हुन्। उनी २०८० जेठमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम महाशाखा, महाराजगञ्जमा कार्यरत थिए। त्यसबेला उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेडक्वार्टरमा ल्याए। त्यसपछि सत्ता गठबन्धन परिवर्तन भएर गृहमन्त्रालयमा रवि लामिछाने आएकोमा उनको पालामा कप्र शाखा प्रमुख रहेका एसपी तिमिल्सिनालाई सिन्धुलीमा सरुवा गरिएको थियो। तर, गत…

Read More

धनगढी: धनगढीमा सर्पले टाेकेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ बनदेवी टोल बस्ने माया बिकको ५ वर्षीय छाेरा अरुण बिककाे सर्पले टाेकेर मृत्यु भएको प्रहरीले जनाएकाे छ। उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेकाे थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हाे। यस्तै धनगढीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।आइतबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-५ तारानगरमा कैलारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय चन्द्रे चौधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ। चाैधरीलाई गोपि कृष्ण जोशीको नवनिर्मित घरको पिल्लरमा मसला हाली भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेको थियो। उनलाई तत्काल उपचारको लागी सेति प्रादेशिक अस्पताल लगिएकोमा चेकजाँच…

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैतडीमा सम्मेलन हुँदैछ। यहीँ महिनाको १८ गते पाटनमा बैतडीको १०औँ सम्मेलन हुँदैछ। सम्मेलनमा विद्यार्थी नेता अर्जुन बोहराले अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। सिगास गाउँपालिकाका बोहराले संगठनलाई थप मजबुत बनाउन आफूले नेतृत्व लिन चाहेको बताएका छन्। यस्तै शैक्षिक सुधारमा संगठनले प्रभावकारी भूमिका खेल्न थप सशक्त भएर जानुपर्ने र त्यसमा आफू कटिबद्ध रहेको उनको भनाई छ।

Read More

धनगढी: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको सरकारी सम्पत्ति दुरुपयोग गरिएको पाइएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नयाँ खुलेको क्यासिनोको पार्किङ बनाउन सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएको हो। त्यहाँका एक स्थानीयका अनुसार सार्वजनिक हितमा प्रयोग गर्न मागिएको अवस्था नदिइएको नगरपालिकाको टिप्पर क्यासिनोको पार्किङ निर्माणका लागि दिइएको हो। जुवा खेल्ने खेलाउने स्थानको पार्किङ बनाउन वडाध्यक्ष प्रकाश थापाले नै लगेर सार्वजनिक सम्पत्ति दुरुपयोग गरेपछि आलोचना भैरहेको छ। वडाध्यक्ष थापाले नगरपालिकाको टिप्पर दुरुपयोग गराएको आरोप लागेको छ। थापा अध्यक्ष रहेकै वडामा महेन्द्रनगरको तेस्रो क्यासिनो होटल रुपमको क्वीन्स लज रिगेमिङ क्लब क्यासिनोको पार्किङ बनाइदैछ। यस अगाडि महेन्द्रनगरमै डायमण्ड र ओपेराको क्यासिनो सञ्चालनमा थिए। तेस्रो नयाँ क्यासिनोकै…

Read More

काठमाडौं : ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पूर्वभूमिसुधारमन्त्री जोशीसँग ३ लाख ३० हजार रुपैंया धरौटी मागेको हो । जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौं २०८० मा जोशी लगायत ३१२ जनाविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

Read More

धनगढी : कञ्चनपुरमा विद्यालय हाताभित्रै एक शिक्षकमाथि हातपात गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकामा रहेको धर्मजनता माध्यामिक विद्यालयका शिक्षक गणेशसिँ धामीमाथि हातपात गरेको प्रहरीले जनाएको छ। शिक्षक धामीलाई विद्यालय हाता भित्रै शुक्लाफाँटा नगरपालिका–७ का भुवन जोशी र अनिल चौधरीले हातपात गरेका हुन। कुटपिटमा संग्लग्न जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चौधरी फरार रहेका छन्। धामीलाई कुटपिट गर्नुको कारण भने खुलेको छैन्। उनको ढाड र आँखामा चोट लागेको छ। कुटपिटबाट घाइते भएका धामीको धनगढीको एक निजी अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलाली प्रहरीले गत शनिबार १६ किलो लागुऔषध चरेससहित पक्राउ गरेकी बझाङको बुंगल नगरपालिका–२ की ४५ वर्षीया मंगलीदेवी धामीका श्रीमान समेत चरेसकै मुद्दामा प्रहरी हिरासतमा रहेको पाइएको छ । दहबगर मल्ली बत्थी घर भएर गोदावरी नगरपालिका–२ तेघरी बस्ने धामीका श्रीमान आइते धामी लागुऔषध चरेसको मुद्दामा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेको पाइएको हो । आइते मंगलीदेवी पक्राउ परेको एक दिनअघि गत शुक्रबार चार किलो आठ सय ग्राम चरेससहित बित्थडचिर गाउँपालिकाबाट पक्राउ गरेका थिए । उनी धनगढी आइरहेको आफ्नै सुपप्र ०१००१ च ३९३३ नम्बरको जिपमा मकैको बोरामा चरेस लुकाएको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइते लामो समयदेखि चरेसको…

Read More

धनगढी: कैलालीको पिके होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। जिल्लाको गोदावरी नगरपालिका-१ मनहरास्थित होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। गोप्य सूचनाको आधारमा प्रहरीले छापा हान्दा धन्दाको खुलासा भएको हो। आजमात्र प्रहरीले सो होटलमा अनैतिक क्रियाकलापमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ३६ वर्षीय युवक, बझाङको सुर्मा गाउँपालिका-२ बस्ने २१ वर्षीय युवक र दाङको घोराही नगरपालिका २ घर भएकी २४ वर्षीया युवती रहेकी छन्।

Read More