Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर सातौं ओभरमा नेपालले दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाए । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट भए । आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाए…

Read More

धनगढीः कैलालीको धनगढीका व्यवसायी मीनबहादुर खत्रीको निधन भएको छ। धनगढी उपमहानगरपालिका-२ रातोपुलका खत्रीको बुधवार निधन भएको हो। उनी सुदूरपश्चिम बस व्यवसायी संघका पूर्व उपाध्यक्ष हुन्। खत्रीको बुधवार महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। उनी धनगढीको हरि आयल स्टोर, हरि ट्रेड र हरि फूड प्रोडक्टका सञ्चालक हुन्। मीनबहादुर राप्रपाका पूर्व कैलाली जिल्ला अध्यक्षसमेत भएका थिए। उनको जन्म १९९८ चैत २९ गते भएको हो।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुरमा इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ जमरा पारीमा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्बाहीले करेन्ट लागेर एक होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको मृत्यु भएको छ। उनलाई बुधवार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए। इन्टरनेट सेवा प्रदायक कम्पनीले तारको व्यवस्थापन नगरेको र छरपस्ट रहेका तारका कारण करेन्ट लागेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको…

Read More

कैलाली : कैलालीमा जारी नेकपा एमालेको नवौँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल सिंह रानाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डेलाई समर्थन गर्दै रानाले उम्मेदवारी फिर्ता लिएका हुन् । रानाले उम्मेदवारी फिर्ता लिएसँगै जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजी पाण्डे र पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना गरी  तीन जनाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममता प्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ । उपसचिवमा किशोर शाह,…

Read More

धनगढीः कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको छ। सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठूला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष बुधराम चौधरी पक्राउ परेका छन्। नेकपाको युवा संगठनले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो। सब डिभिजन वन कार्यालय, सुखडले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी अस्ति सरुवा भएर गणमा गए। अस्ति एसपी देवेन्द्रबहादुर पाल सरुवा भई सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा गएका हुन्। उनी गएकोमा त्यसको दोस्रो दिन (सोमबार) जिप्रका कैलालीको नयाँ प्रमुखका रुपमा एसपी पदमबहादुर बिष्ट आएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्। कैलाली प्रहरीको कमाण्ड सम्हाल्दा कहिल्यै विवादमा नआएका एसपी पाल रिटायर हुने लाईनमा पनि रहेको बुझिएको छ। उनले कैलालीको प्रहरी प्रमुख भएर बसेका बेला बाहिर व्यापारी, तस्करसँग खासै हिमचिम नभएका, भेटघाट न्यून भएका एसपी पाल भनेर चिनिएका थिए। तर, सरुवा भएर गणमा जानु एक…

Read More

कैलाली : नेकपा एमाले कैलालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ। सहमतिको प्रयास असफल भएपछि अधिवेशन सुरु भएको चौँथो दिन बुधबार(आज) निर्वाचन प्रक्रिया अघि बढाइएको हो । निर्वाचन कमिटिकाअनुसार अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटि सदस्य कमलसिंह रानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममता प्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ। उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज…

Read More

अछाम :  अछामा जीप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको ज्यान गएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिए । चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पुगाएर उपचार भइरहेको अध्यक्ष साउँदको भनाइ छ । अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ…

Read More

अछाम : अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको चौरपाटी गाउँपालिक-५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जी आज(बुधबार) बिहान दुर्घटनामा भएको हो। प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ। लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घाइते सबैलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Read More

बैतडी : केही दिनयता बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ह्वाङ परेको ह्वाइट बोर्ड सामाजिक सञ्जालमा भाइरल बनेको थियो। शुक्रबार सुर्नया गाउँपालिकाको टोलीले नेरा माविमा अनुगमन गरेको थियो। अनुगमनपछि टोलीका एक जना व्यक्तिले सामाजिक सञ्जालमा उक्त ह्वाङ परेको ह्वाइट बोर्डकाे तस्बिर राखेकाे थिए। जाे सामाजिक सञ्जालमा भाइरल बन्यो। तस्बिर भाइरल बन्दासम्म विद्यालय र स्थानीय सरकारले कुनै चासो देखाएनन्। उनीहरु लाच पचाएर बसिरहे। तर, सुर्नया गाउँपालिका-२ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी विनोदबहादुर विष्टको सहयोगमा पूरानो बोर्ड फेरिएको छ। आफूले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको युवा विष्टले बताए। उनले भारतबाट पठाएको…

Read More