Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो। सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो। ‘प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज…

Read More

धनगढी : कञ्चनपुरमा नियम विपरीत चलाइएको भन्दै सोमबार प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लियो। नेपाल भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा पार्किङ गर्ने र नेपालमा कुनै भन्सार नतिरी यात्रु बोकेको भन्दै भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिएको थियो। कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको दुई दिनपछि आज (बुधबार) भारतीय ट्याक्सी व्यवसायीहरूले बनबासा बजारमा नेपाली गाडीहरू नियन्त्रणमा लिएका छन्। उनीहरूले प्रतिशोध साध्ने मनसायले नेपाल भारत मैत्री बस अन्तर्गत सञ्चालित महाकाली यातायातको बस रोकेर बनबासा थानामा बुझाएका हुन्।

Read More

धनगढी : दार्चुलाको एक नगरपालिकामा गज्जवको संयोग जुरेको छ। संयोग पनि कस्तो भने नगरपालिकाको मेयरमा बुवा, प्रमुख प्रशासकीय अधिकृतमा छोरा र इन्जिनियरमा भतिजो कार्यरत छन्। यो गज्जवको सौभाग्य जुरेको हो, शैल्यशिखर नगरपालिकामा। नगरपालिकाको नगरप्रमुख हुन्, बिजयसिंह धामी। यहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा छिमेकी पालिकामा कार्यरत पुस्करसिंह धामीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बुवा छोरा र भतिजोको सँगै काम गर्ने सौभाग्य जुरेको हो। मेयरका भतिजा योगेशसिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन्। लेखापाल पीडितकाका मेयर र दाई प्रमुख प्रशासकीय अधिकृत भएपछि नगरपालिकामा कार्यरत भतिजो इन्जिनियर योगेशसिंह धामीको भने मनपरी भएको छ। योगेशले दाई र…

Read More

धनगढी : कञ्चनपुरमा एक सय ५० किलो अवैध कुखुरा बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ फटैया नाकाबाट भारतबाट अवैध रूपमा ल्याइरहेको अवस्थामा हिजो (मंगलबार) राति कुखुरा बरामद गरिएको हो। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) ले १५० किलो अवैध बोईलर कुखुरा बरामद गरेको हो। बरामद गरिएको कुखुरा आवश्यक कारवाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ।

Read More

चितवन : चितवनमा खाना खाने क्रममा एक जनाको घाँटीमा भात अड्केर ज्यान गएको छ। हिजो बेलुकीको खाना खाने क्रममा कालिका नगरपालिका ६, शान्ति टोलका ६८ वर्षीय आइतराम कुमालको भात अड्केर निधन भएको बताइएको छ। खाना अड्केपछि बेहोस भएका कुमाललाई तत्काल भरतपुरस्थित अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा पौने ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : गत माघ १५ गते पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो। तर, रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए। फेरी बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ। फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्। वडाध्यक्ष कार्कीका अनुसार, अघिल्लो साल पनि बजेट राखेर झाडी फाँड्ने अभियान चलाइएको थियो। उनले गाउँमा बाँदरको आतंक बढेको बताए। बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थाले। मानव जोगाउनकै लागि निजी जग्गाका रूख…

Read More

कञ्चनपुरः बहुविवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलबार नै अदालतमा उपस्थित गराएको थियो।

Read More

दार्चुलाः मंगलबार साँझ दार्चुलामा जडीबुटी बरामद गरिएको छ। मार्मा गाउँपालिका-२ लटिनाथस्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याइरहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद प्रहरीले बरामद गरेको हो। ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले मार्मा गाउँपालिका-५ मुरैबाट लटिनाथतर्फ आउँदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जडिबुटी फेला पारी नियन्त्रणमा लिएको बताएको छ। उक्त जडिबुटीसहित जीप र चालक मार्मा गाउँपालिका-४ का ३२ वर्षीय दिनेश बिष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत इन्सपेक्टर बिनु शाहीको अत्याचारबाट एक महिलासहित २ प्रहरी पीडित बनेको खबर बाहिर आएसँगै उनैसँग सम्बन्धित नयाँनयाँ तथ्य सार्वजनिक भइरहेका छन्। कञ्चनपुरका एसपी कमल थापाको निकट मानिएकी बिनुलाई पहिलो पोष्टिङमै जटिल मानिने मुद्दा फाँटको जिम्मेवारी दिएको पाइएको छ। यसबाटै प्रष्ट हुन्छ कञ्चनपुर प्रहरीमा बिनुको दबदबा कति छ भनेर। कार्यालयमा २०७० को ब्याचका इन्सपेक्टर पुष्कर पन्त छन् । तर, उनी बिदामा गएको मौका पाएर एसपी थापाले करिब २ महिनाअघि बिनुलाई मुद्दा फाँटको जिम्मेवारी दिएका थिए। यो विषयमा डीएसपी प्रकाश डाँगीसँग प्रतिक्रिया माग्दा उनले कार्यालय प्रमुखले गरेको निर्णय नै अन्तिम हुने बताएका छन्। एसपी थापा र…

Read More

काठमाडौं : काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी बुधबार हिरासतमुक्त हुँदैछन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेश अनुसार आज छुट्ने भएका हुन् । काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भनी सोमबार दुई दिन म्याद थप्ने आदेश दिएको थियो । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर ग्राण्डी अस्पतालमा छन्…

Read More