Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा अधिवक्ता ठेकन्द्रराज जोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्ताको नियुक्त गरेका हुन् । कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको प्रदेश सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए । ‘प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जोशी कांग्रेस नजिक प्रजातान्त्रिक कानुन व्यवसायी संघसँग आबद्ध रहेका छन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख मियाँको निवासमा दुई प्रदेश प्रमुखहरू बिच भेटवार्ता भएको हो । धनगढी निवासी देवकोटालाई सरकारको सिफारिसमा साउन १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक देवकोटा धनगढी पुगेका हुन् । प्रदेश प्रमुख मियाँले प्रदेश प्रमुख देवकोटालाई आज आफ्नो निवासमा स्वगत तथा बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरेका थिए । भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडी बढ्ने दुबै…

Read More

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा आज चट्याङ लाग्दा १० जना व्यक्ति घाइते भएका छन्। स्थानीय भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्यतिथिमा सहभागी भइरहेका स्थानीय मानिसहरू खाना पकाउने क्रममा अमट्टाको रुखमुनि टेन्ट हालेर बसेका थिए। उक्त रुखमा चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्। घाइते व्यक्तिहरूलाई तत्काल उपचारको लागि बर्दगोरिया अस्पताल प्रा.लि., बौनिया कैलालीमा पुर्‍याइएको छ। हाल सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। घाइते हुनेहरूमा ५० वर्षीया फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुल…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारीले संसदका तीन वटा समितिमा ८ जना सदस्य थपेका छन्। आईतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशनको पहिलो बैठकमा सभामुख भण्डारीले तीन वटा समितिमा सदस्य थप गरेका हुन्। पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी, पूर्वमन्त्री अक्कल बहादुर रावल र पूर्व राज्यमन्त्री गीता देबी माललाई सार्वजनिक लेखा समितिमा नियुक्त गरिएको छ। यस्तै पूर्वमन्त्री रमेशसिंह धामी र लक्ष्मी विकलाई विधायन तथा प्रदेश मामिला समितिमा सदस्य नियुक्त गरिएको छ। पूर्वमन्त्री माया पन्त, ओमविक्रम भाट र झपट साउदलाई सामाजिक विकास समितिमा सदस्य नियुक्त गरिएको छ। यसअघि पन्त यस समितिको सभापति थिईन्। 

Read More

काठमाडाैं: ट्रकको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान महेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको हाे। शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा. प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत विक सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन्।

Read More

काठमाडौं: पूर्वमन्त्री र केही कलाकार जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन्। कोशी प्रदेश सभा सदस्य तथा  पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जना काठमाडौं गौरीघाट नजिकैबाट पक्राउ परेका हुन्।  सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर तामाङ र टेलि सिरियल सक्किगोनीका कलाकार तथा प्रहरीका पूर्व इन्सपेक्टर पुरुषोत्तम शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कलाकार शर्मा टेलि सिरियलमा पनि प्रहरीको भूमिकामा देखिँदै आएका थिए।  त्यस्तै पक्राउ परेका अन्यमा उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दिपक खड्का, भीम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा हुन्। खालबाट डेढ लाख नगद र १६ बुक तास बरामद गरिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी: धनगढीमा साईकलयात्रीसँग बन्दुक भेटिएको छ। शनिबार राति धनगढी उपमहानगरपालिका-१८ तुल्सीबारीबाट भरूवा बन्दुकसहित एकजना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बहुलिया फुलबारीबाट खटिएको प्रहरीले तुल्सीबारीबाट सुकेको खर बोकि पूर्वतर्फ जाँदै गरेको साईकलमा बन्दुक फेला पारेको हो। तर साईकलयात्री भने फरार भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ।

Read More

काठमाडौं: रौतहटमा मोटरसाईकल दुघर्टनामा परी प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार भएको मोटरसाईकल दुघर्टना प्रहरी जवानको मृत्यु भएको हो। चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। मोटरसाईकल दुर्घटनामा परि जवान यादव गम्भीर घाईते थिए। उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको थियो। यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुनः बजेट ल्याउने भएको छ। नेपाली काँग्रेस नेतृत्वको नयाँ सरकार बनेपछि नयाँ बजेट ल्याउने तयारी थालिएको हो। यस अगाडि बजेट शून्यतामा गएको अवस्थामा अस्तिमात्रै राजश्व संकलनका लागि अध्यादेश ल्याएको थियो। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयीक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्ले स्वीकृत गरेको अध्यादेश प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेलगत्तै रोकिएको राजश्व संकलनको बाटो खुलेको हो। सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था ठप्प रहेको थियो। राजनीतिक समीकरण…

Read More

धनगढी: कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आतंकपछि कैलालीमा चितुवाले आतंक मच्चाएको पाइएको छ। केही समय अगाडि दोधारामा बाघले एक महिलाको ज्यानै लिएको थियो। त्यसपछि सो बाघलाई नियन्त्रणमा लिएर बर्दिया पठाइएको थियो। सो घटना सेलाउन नपाएकै अवस्थामा कैलालीमा चितुवाले आतंक मच्चाएको प्रहरीले जानकारी दिएको छ। कैलालीको पूर्वी क्षेत्र टीकापुर आसपासमा चितुवाले आतंक मच्चाएको हो। प्रहरीका अनुसार अहिलेसम्म केही बाख्रा, बङ्गुर र कुकुरलाई चितुवाले मारिसकेको छ। यस्तै अहिले वन कार्यालयको टोलीले बर्दियाको निकुञ्जको टोलीलाई सम्पर्क गरेर चितुवा नियन्त्रणमा लिन काम गरिरहेको बताइएको छ।

Read More