Author: महेन्द्रनगर पोष्ट

धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका-७ पोखरा बजारमा एक किशोरीको शवको फेला परेको छ। सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए। हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको बुझिएको छ। स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाई छ। तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने बताइएको छ। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ। डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाएको छैन। प्रहरीले आज बिहान…

Read More

धनगढी: बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन्। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए। डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको मिश्रले बताए। उनकाअनुसार स्थानीयले जोशीलाई महाकाली पारी भारततर्फबाट नियन्त्रणमा लिएका थिए। स्थानीयले दाम्लोले बाँधेर जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। मंगोला थरकी युवती शुक्रबार…

Read More

दसैं नेपालीहरुको महान चाड हो। त्यसमा पनि आज बडादसैंको मुख्य दिन हो। आज घरघरमा देशभर मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी…

Read More

काठमाडौं: नेपाल प्रहरीकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीलाई प्रहरीले पक्राउ गर्नुपर्ने भन्दै निगरानीमा राखेको जनाइएको छ। शाहीलाई छानबिनपछि ललितपुर प्रहरीले निगरानीमा राखेको जनाएको हो। भैंसेपाटी प्रहरी प्रभाग इन्चार्ज रहेकी उनले व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ असुलिएको घटना सार्वजनिक भएको थियो। त्यसपछि उनलाई जिम्मेवारीमुक्त गर्दै निलम्बन गरेर छानबिन थालिएको थियो। त्यसपछि उनीमाथि मुद्दा चलाउने रायसहितको छानबिन समितिले प्रतिवेदन हेडक्वाटर बुझाएको छ। यसैक्रममा आजमात्रै इन्सपेक्टर शाहीको निर्देशनमा पैसा असुलीमा संलग्न एक प्रहरीकै जवान पक्राउ परेका छन्।उनी यस अगाडि सोही घटनामा पक्राउ परेका व्यापारीको खातामा पैसा डिपोजिट गर्न जाँदा सँगै गएका थिए। साथै आरोपीहरूसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापामाथि थप छानबिनको सिफारिस…

Read More

काठमाडौं: नेपाल प्रहरीले आजको दिन मौलो पूजा गरेर मनाएको छ। बडादसैंको एक दिन अगाडि नेपाल प्रहरीले मौलो पूजा गर्ने चलन छ। सोही बमोजिम प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितले देशैभर मौलो पूजा गरेका छन्। हेडक्वार्टरसहित देशका सबै प्रहरी कार्यालयको हातामा मौलोमा संकल्प पूजा गरिएको बताइएको छ। सम्पूर्ण प्रदेश प्रहरी कार्यालयका हाकिमहरुले पनि सादा पोसाकमा सजिएर पूजा गरेको पाइएको छ भने अन्यत्र पनि त्यस्तै प्रकारले पूजा गरिएको छ। हेडक्वार्टरको हकमा बडा दसैँका अवसरमा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा र संकल्प गर्ने चलन छ। सो क्रममा महानिरीक्षक कुँवरले बली पूजा गर्दै निशानमा पञ्जा छापसमेत…

Read More

काठमाडौं: विवादित इन्सपेक्टर बिनुकुमारी शाहीमाथि छानबिन गर्न बनाइएको समितिले बुझाएको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय नक्साल पुगेको छ। छानबिन सकाएर बुझाइएको समितिको प्रतिवेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी हुँदै हेडक्वार्टर पुगेको हो। हिजो नै प्रतिवेदन नक्साल बुझाइएको र इन्सपेक्टर शाहीमाथि थप कारबाही प्रक्रिया अगाडि बढाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं एआईजी किरण बज्राचार्यले जानकारी दिईन्। उनका अनुसार छानबिन प्रतिवेदन अनुसार हेडक्वार्टरले थप प्रक्रिया अगाडि बढाउने छ। स्रोतका अनुसार छानबिन समितिले शाहीमाथि कारबाही सिफारिस गरेको जनाइएको छ। ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा शाहीलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको हो। ललितपुरका प्रहरी…

Read More

धनगढीः सुदूरपश्चिममा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ। कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानुनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताए। प्रदेशका नौ जिल्लामा सामान्य अवस्थामा सात हजार पाँच सय प्रहरी परिचालित हुने गरेकामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि थप चार हजार गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको उनले…

Read More

काठमाडौंः बडादसैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ। आज दसैँघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ। पशुबलि नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्। बडादसैँको आठौँ दिन माता पार्वतीको रूप मानिने महागौरीको विशेष पूजा गरिन्छ ।…

Read More

धनगढी: कैलालीमा लडेर एकजनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको चुरे गाउँपालिका वडा न.०५ बस्ने राम धामीको छोरा अन्दाजी १७ वर्षीय अनिल धामीको लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले धामीको सोही क्षेत्रस्थित राष्ट्रिय बनको अम्रेनि भीर भन्ने ठाँउमा लडेर मृत्यु भएको जानकारी दिए। मृतक बाख्रा चराउन गएकोमा अचानक भीरबाट लडेको बताइएको छ। यस्तै आजै उता भजनीमा भने थ्रेसरमा परेर एक महिला घाइते भएकी छन्। भजनी नगरपालिका ०९ पहलवान बस्ने २२ वर्षीया सुस्मा चौधरी आफ्नै घर पछाडी खेतमा धान थ्रेसरमा लगाउने क्रममा दोपट्टा बेरिएर घाइते भएकी हुन्। अहिले उनको भजनीमै उपचार जारी छ।

Read More

काठमाडौं: अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन्। उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको जनाइएको छ। यसपटक इन्टरपोलको महासभा ४ देखि ७ नोभेम्बर (१९/२३ कात्तिक) मा हुँदैछ। स्कटल्याण्डको ग्लास्गो सहरमा हुने महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल जान लागेका हुन्।

Read More