Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ। गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ। कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ। समितिले अहिले अध्ययन गरिरहेको छ। अध्ययनपछि समितिले गृह प्रशासन सुधारका लागि चाहिने योजना र रायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाउने छ। सोही प्रतिवेदनका आधारमा सुधारका काम अघि बढाइने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। सुझावमा…

Read More

काठमाडौंं : राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन्। प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिन्छ । निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ । आगामी माघ ११ मा…

Read More

डडेल्धुरा : टिकटकबाट उदाएकी डडेल्धुराकी पवित्रा साँकी ‘मिस पवी’ले आफूले पनि छाउपढी कुप्रथा भोग्नु परेको बताएकी छिन् । मोडेलसमेत रहेकी उनले एक अन्तर्वार्तामा कुराकानी गर्दै आफू पहिलोपटक महिनावरी हुँदा भैंसीको गोठमा बसेको सुनाइन् । डडेल्धुराको अमरगढी नगरपालिका–८ लटौलीकी साँकीले घरमा शौचालयसमेत प्रयोग गर्न नपाएको उल्लेख गर्दै खोलामा शौच गर्न गएको सम्झिइन् । अहिलेचाँही घरका सदस्यलाई सम्झाएर केही सुधार भएको उनले बताएकी छिन् । अहिले आफू महिनावारी भएका बेला कोठामै सुत्ने गरेको उनको भनाई छ । तर, अहिले पनि उनका छिमेकीका छोरीहरु महिनावारी हुँदा गोठमा बसिरहेको बताइन् । ‘त्यहाँका मान्छेलाई बुझाउन धेरै गाह्रो छ । कसरी बुझाउनु पढेलेखेको मान्छेले त बुझ्दैन…

Read More

सर्लाही : सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव अझै उठ्न सकेको छैन । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा स्थानीय जयशंकर साहको शव ती दिनसम्म पनि नउठेको हो । बरहथवा६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो । शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि…

Read More

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् । नेपाल प्रेस युनियनले डोटीको दीपायलमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने– “सुशासन र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता हुँदैन”, मुख्यमन्त्री शाहले भने, “चाहे तल्लो तहको हुन् वा माथिल्लो तहका हुन् । सबैलाई समान व्यवहार गरिनेछ ।” मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए । प्रदेश संरचना खर्चिलो भयो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भने, “हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुरा भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा…

Read More

कैलाली : कैलालीको भजनी नगरपालिका–७  स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ ।   तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए । उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताए । “यहाँ बाहै्र महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो”, उनले भने, “त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।” करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा,…

Read More

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका ५ क्यामरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका हुन् ।  निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए । तिनैमध्ये बेलडाँडी क्षेत्रमा ५ वटा क्यामरा चोरी भएको बताइएको छ। मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए। निकुञ्ज कार्यालयले मंसिर २४ देखि बाघ गणना सुरु गरेको हो। त्यसका लागि ९२ क्यामरा जडान गरिएको थियो । पुस १८ मा सबै क्यामरा संकलन गरिएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको  विज्ञापन रद्द गरिएको छ। गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ।  उपकुलपति छनोट समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि प्रधानमन्त्रीले शुक्रबार नै सच्याउन भनेका थिए।

Read More

कैलाली : कैलालीको चुरे गाउँपालिकाको खानीडाँडाबाट लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन्। चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट पाँच किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। हिजो (शनिबार) ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको…

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ।   प्रहरीले घटनामा थप अनुसन्धान गर्दैछ।

Read More