Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ। नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ। इलाका प्रहरी कार्यालयऽ झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०/०८१ को हालसम्म अवैध रूपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। ‘नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौं’, उनले भने, ‘ती ट्र्याक्टर सञ्चालकबाट जरिवानास्वरुप रु तीन लाख रकम असुल उपर गरिएको छ।’ जरिवाना लिन थालेपछि अवैधरुपमा…

Read More

कैलाली : कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देवबहादुर शाहको मंगलवार साँझ मृत्यु भएको हो। ट्याक्टर चालक जानकी गाउँपालिका-६ जगतपुरका ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

बझाङ : बझाङको भैरवनाथ स्वास्थ्य चाैकीका इन्चार्ज मृत अवस्थामा फेला परेका छन् । अस्ति(सोमबार)देखि बेपत्ता रहेका केदारस्यू गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय महेन्द्रबहादुर मल्ल मृत अवस्थामा सेतीकाे किनारमा फेला परेका हुन् । हिजो(मंगलबार) साँझ सेती नदिमा माछा मार्ने व्यक्तिले उनकाे शव देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिका–४ बेलपानी, फुलबस्तिमा विद्युत लाइन विस्तार गरिएको छ । धनगढी वितरण केन्द्र मार्फत सो क्षेत्रमा ११ केभीको लाइन विस्तार गरिएको हो । विस्तार गरिएको लाइनको मंगलबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । विद्युत सेवा विस्तार भएपछि फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीयले विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । विद्युत सेवाको विस्तार गर्दै मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विद्युत विस्तार गर्न सफल भएको बताए ।

Read More

कैलाली : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६/६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो। माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउँद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ। खुलातर्फ रेग्मी, जैसी र जोशीमध्ये एउटाले टीकट पाउने छन्। त्यस्तै अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का…

Read More

धनगढी: सुदूरपश्चिममा नेपाल स्काउटले अभियानहरु तीव्र पारेको छ। अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले प्रदेशका विभिन्न स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गरिरहेको हो। हालैमात्र स्काउटले सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको र यहीँ पुस १३ गतेदेखि १५ गतेसम्म धनगढीमा युथ फोरमको कार्यक्रम गरेको बताइएको छ। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशस्थित तदर्थ समितिका संयोजक नरेन्द्र थापा (सहवीर) का अनुसार युथ फोरमको कार्यक्रमले निर्वाचन प्रक्रियाबाट प्रदेश युथ फोरमको कमिटी निर्माण गरेको छ। समीर भण्डारीको नेतृत्वमा ११ सदस्यीय कमिटी निर्वाचित भएको हो। सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका स्काउट रेन्जर र रोभरहरु सहभागी थिए। सो कार्यक्रमबाट गठित समितिको कार्यकाल तीन वर्षको हुन्छ। जसमा…

Read More

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आगामी माघ १४ गतेदेखि महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले भलिबलको विकास र विस्तार गर्न मुख्यमन्त्री कप हुन लागेको जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ पुरस्कार पाउने उनले बताए। सदस्यसचिव सिंहका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले नगद २ लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ७ प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली सहभागी हुनेछन्। ‘प्रतियोगितामा सहभागी टोलीको यातायात, आवास, खानपिनलगायत व्यवस्था परिषद्ले गर्नेछ,’…

Read More

धनगढी : नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष कृष्णसिंह धामीलाई गाली गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा श्यामबहादुर सिंह रहेका छन्। आज (मंगलबार) अध्यक्ष धामीलाई मदिराको नसाले मातिएको अवस्थामा गाली गरेपछी उनलाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीले जनाएको छ। अध्यक्ष धामीले प्रहरीलाई खबर गरेपछि सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ। दार्चुला सदरमुकाममै सो घटना भएको बुझिएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् । रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार सार्वजनिकपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएको हो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ । प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ ।

Read More