Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन। स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो। अब उनीहरूको पदस्थापन र केही प्रदेशका डीआईजी (प्रमुखहरू) को जिम्मेवारीसमेत हेरफेरको तयारी भइरहेको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्र रिक्त छ भने उपत्यका ट्राफिकको नेतृत्व केही सातापछि रिक्त हुँदैछ। यसैक्रममा रिक्त पदमा गण्डकी प्रदेशकी डीआईजी दुर्गा सिंह चन्द र उपत्यका ट्राफिकका भरतबहादुर बोहरालाई…

Read More

काठमाडौं: स्कुटर दुर्घटनामा परेर कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ।  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राति दुर्घटनामा मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए। स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो। गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा मंगलबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। लामो समय एन्फा एकेडेमीमा कप्तान भएका उनले नेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

Read More

कैलालीः कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण ७ वर्षदेखि अधुरै छ। धनगढी उपमहानगरपालिका–१७ र वडा नम्बर १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिन सकेको छैन। निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो। १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबिच २०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले ७ वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्र गरेको धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले बताए। खुटिया र शिवगगंगा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो। उनले…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेश पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ। अध्यक्षको एक पदमा केशव राज जोशी, भरत बहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ। प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवरको तर्फबाट शाह साझ उम्मेदवार बनेका हुन् भने बम प्रेस युनियनका बागी उम्मेदवारको तर्फबाट र जोशी प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बनेका हुन्। त्यस्तै, एक पदको उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी छ। एक पदकै महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, एक पदको महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ। एक पदको सचिवमा धनराज साउद भुवनेश्वर प्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी…

Read More

धनगढीः बाजुरा जिप दुर्घटनापछि २ जनाको मृत्यु हुँदा कञ्चनपुर शोकमग्न बनेको छ। हिजो बाजुराको मार्तडीमा दुर्घटना हुँदा शिक्षा विकास समवन्य इकाई बाजुराका प्रमुख रामदत्त भट्टकी पत्नी भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीया शिक्षिका गायत्री पन्तको मृत्यु भएको थियो। उनीहरुको घर कञ्चनपुर हो। गायत्री भीमदत्त नगरपालिका–१० मा रहेको माई सेन्सुरियम स्कुलकी शिक्षिका हुन्। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले…

Read More

धनगढीः काठमाडौंबाट धनगढीका लागि छुटेको बस आज (सोमवार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको हो। काठमाडौँबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो। बसमा २४ जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। चालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Read More

काठमाडौं: जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको  छ। निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्। उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै आएका थिए। त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आएका हुन्। गैरकानुनीरुपमा लुकिछिपी बसेका विदेशीहरूमाथि त्यहाँको अध्यागनले अहिले धरपकड सुरू गरेको छ।

Read More

काठमाडौं: बाँकेको कोहलपुरमा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्म भण्डारीले रोयल्टीवाला ठेकेदारसँग सेटिङ गरेको पाइएको छ। जिल्लास्थित इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख भण्डारीले सो क्षेत्रका खोलामा उत्खनन हुने रोयल्टी र ठेकेदारसँग सेटिङ मिलाएर आर्थिक चलखेलसमेत गरेको बताइएको हो। स्थानीय समीर बिष्ट नाम गरेका ठेकेदारसँगको मिलेमतोमा डीएसपी भण्डारीले लाइन नै लिने गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार डीएसपी भण्डारीकै सेटिङमा समीरले अवैध उत्खनन पनि गरिरहेका छन्। उनले उत्खनन गरेर नेपालगन्जमा लगेर राख्ने गर्दछ्न्। उनै डीएसपी भण्डारीले समीरलाई त्यहीँको स्थानीय खोला डुढुवाबाट निर्वाध रुपमा अवैध उत्खनन धन्दामा सघाइरहदा अन्य ठेकेदारलाई भने सास्ती दिने गरेका छन्। ती डीएसपीले लाइन नदिनेहरुलाई अनावश्यक हैरानी दिएर…

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ। आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो। सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए। बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए। शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए। त्यसअघि टीयु…

Read More

धनगढी: बाजुरामा भएको दुर्घटनामा थप एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरापलिका १८ कि ५२ वर्षीया राधिका भट्टकाे पनि मृत्यु भएकाे हो। यस अगाडि ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै, दुर्घटनामा परेर बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइततबार दिउसो सु.प.प्र. ०१–००१ च ४३१६ नम्बरको जीप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जीप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण खुलेको छैन। र, यो पनि: बाजुरा दुर्घटना: मृतक कञ्चनपुरकी गायत्री, घाइतेहरुको परिचय खुल्यो [नामसहित]

Read More