Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको सरकारी सम्पत्ति दुरुपयोग गरिएको पाइएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नयाँ खुलेको क्यासिनोको पार्किङ बनाउन सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएको हो। त्यहाँका एक स्थानीयका अनुसार सार्वजनिक हितमा प्रयोग गर्न मागिएको अवस्था नदिइएको नगरपालिकाको टिप्पर क्यासिनोको पार्किङ निर्माणका लागि दिइएको हो। जुवा खेल्ने खेलाउने स्थानको पार्किङ बनाउन वडाध्यक्ष प्रकाश थापाले नै लगेर सार्वजनिक सम्पत्ति दुरुपयोग गरेपछि आलोचना भैरहेको छ। वडाध्यक्ष थापाले नगरपालिकाको टिप्पर दुरुपयोग गराएको आरोप लागेको छ। थापा अध्यक्ष रहेकै वडामा महेन्द्रनगरको तेस्रो क्यासिनो होटल रुपमको क्वीन्स लज रिगेमिङ क्लब क्यासिनोको पार्किङ बनाइदैछ। यस अगाडि महेन्द्रनगरमै डायमण्ड र ओपेराको क्यासिनो सञ्चालनमा थिए। तेस्रो नयाँ क्यासिनोकै…

Read More

काठमाडौं : ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पूर्वभूमिसुधारमन्त्री जोशीसँग ३ लाख ३० हजार रुपैंया धरौटी मागेको हो । जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौं २०८० मा जोशी लगायत ३१२ जनाविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

Read More

धनगढी : कञ्चनपुरमा विद्यालय हाताभित्रै एक शिक्षकमाथि हातपात गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकामा रहेको धर्मजनता माध्यामिक विद्यालयका शिक्षक गणेशसिँ धामीमाथि हातपात गरेको प्रहरीले जनाएको छ। शिक्षक धामीलाई विद्यालय हाता भित्रै शुक्लाफाँटा नगरपालिका–७ का भुवन जोशी र अनिल चौधरीले हातपात गरेका हुन। कुटपिटमा संग्लग्न जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चौधरी फरार रहेका छन्। धामीलाई कुटपिट गर्नुको कारण भने खुलेको छैन्। उनको ढाड र आँखामा चोट लागेको छ। कुटपिटबाट घाइते भएका धामीको धनगढीको एक निजी अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलाली प्रहरीले गत शनिबार १६ किलो लागुऔषध चरेससहित पक्राउ गरेकी बझाङको बुंगल नगरपालिका–२ की ४५ वर्षीया मंगलीदेवी धामीका श्रीमान समेत चरेसकै मुद्दामा प्रहरी हिरासतमा रहेको पाइएको छ । दहबगर मल्ली बत्थी घर भएर गोदावरी नगरपालिका–२ तेघरी बस्ने धामीका श्रीमान आइते धामी लागुऔषध चरेसको मुद्दामा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेको पाइएको हो । आइते मंगलीदेवी पक्राउ परेको एक दिनअघि गत शुक्रबार चार किलो आठ सय ग्राम चरेससहित बित्थडचिर गाउँपालिकाबाट पक्राउ गरेका थिए । उनी धनगढी आइरहेको आफ्नै सुपप्र ०१००१ च ३९३३ नम्बरको जिपमा मकैको बोरामा चरेस लुकाएको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइते लामो समयदेखि चरेसको…

Read More

धनगढी: कैलालीको पिके होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। जिल्लाको गोदावरी नगरपालिका-१ मनहरास्थित होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। गोप्य सूचनाको आधारमा प्रहरीले छापा हान्दा धन्दाको खुलासा भएको हो। आजमात्र प्रहरीले सो होटलमा अनैतिक क्रियाकलापमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ३६ वर्षीय युवक, बझाङको सुर्मा गाउँपालिका-२ बस्ने २१ वर्षीय युवक र दाङको घोराही नगरपालिका २ घर भएकी २४ वर्षीया युवती रहेकी छन्।

Read More

काठमाडौं: नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक पर्सि गृहजिल्ला र गृहप्रदेश आउने भएका छन्। लेखक पर्सि (१८ गते) बिहान सुदूरपश्चिमको धनगढी हुँदै गृहजिल्ला कञ्चनपुर आउने कार्यक्रम छ। स्रोतका अनुसार लेखक गृहजिल्लामा बनेका प्रहरी कार्यालयका संरचना तथा एक इलाका प्रहरी कार्यालयको उद्घाटन गर्न आउन लागेका हुन्। गृहमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका उनको विभिन्न स्थानमा भेटघाट कार्यक्रम पनि तय गरिएका छन्। यस्तै उनले धनगढीमा प्रहरीकै पेट्रोल पम्प पनि उद्घाटन गर्ने बताइएको छ। यस अगाडि सो संरचना नेपाल प्रहरीकै आईजीबाट उद्घाटन गराउने तयारी थियो। तर गृहमन्त्री लेखक सुदूरपश्चिमकै भएकाले उनले आफैंले उद्घाटन गर्न खोजेको जनाइएको छ। यस्तो छ भेट…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)हरुको सरुवा भएको छ। पछिल्लोपटक बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्रका ३ एआईजीको सरुवा गरेको हो। सीमा सुरक्षा विभागमा रहेका सशस्त्र एआईजी नारायणदत्त पौडेललाई कार्य विभागमा सरुवा गरिएको छ भने कार्यविभागका वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ। त्यस्तै मानव स्रोत विभागका एआईजी चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ।

Read More

धनगढी : अछामका एक युवकको मलेसियामा निधन भएको छ। रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका-७ का भक्त साउँदको निधन भएको हो। ४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए, र बिहान ओछ्यानमै मृत भेटिएका थिए। उनी आउँदो बडादसैंमा घर फर्कने योजनामा थिए र हिजो राति ९ बजे मात्र श्रीमतीसँग कुराकानी गरेका थिए। उनको मृत्युको खबर परिवारले आज बिहान मात्रै पाएको छ। भक्त साउँदले विगतमा तत्कालीन जनमुक्ति सेनामा काम गरेका थिए। विगत ६ वर्षदेखि उनी मलेसियामा एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। उनका २ छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन्। उनको शव नेपाल ल्याउन आवश्यक कागजात पठाइसकिएको…

Read More

काठमाडौं : अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् । उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो । स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका…

Read More

धनगढी : प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशमा आमसञ्चार माध्यमको अवस्था दयनीय बन्दै गइरहेको छ र विश्व बजारमा आएको आर्थिक मन्दी र कोरोनाकालको असर सुदूरपश्चिमका आमसञ्चार माध्यममा पनि परेको भन्दै सञ्चार क्षेत्रका विषयमा गम्भीर बन्न आग्रह गर्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । ‘आर्थिक अवस्थामा आएको मन्दीले धेरै सञ्चार माध्यमहरू बन्द भएका छन् भने अधिकांश पत्रकारहरू आफ्नो पेसा छोडेर पलायन हुने अवस्थामा पुगेका छन्’ मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रका उल्लेख गरिएको छ । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।…

Read More