Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकै लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन्। सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए। उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। उहाँले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए। उनले साउनदेखिको इपिएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको बताए।

Read More

काठमाडौं : प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ। धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो। त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन्।

Read More

संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्।  मृत्यु हुनेमा इलाम घर भई खाँदबारी नगरपालिका –७ जिल्ला कारागारमा कार्यतर वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। गएराति २ बजे डिउटीसकेर सुतेका वरिष्ठ प्रहरी हवल्दार तामाङलाई बिहान ५ बजे अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघिनै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको छ। पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानविन गर्न माग गरेका छन्। घटनाको निष्पक्ष छानविन नभए सम्म शव नबुझ्ने…

Read More

बैतडी : बैतडीको सिगास गाउँपालिकाको दुदिलाखान–गाँजरी सडकखण्ड बन्द गरिएको छ। सोमबार बिहानैदेखि दुदीलाखान–गाजरी–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिले सडक बन्द गरेको हो। संघर्ष समितिले यसअघि सूचना प्रकाशन गर्दै बन्दको घोषणा गरेका थिए। कुर्चीनेटादेखि गर्जे जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै सडक बन्द गरिएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए। उनीहरूले बन्दको अवज्ञा गरेर सवारी चलाएको पाइएमा स्वयम् सवारी धनीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका छन्।

Read More

काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन्। ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ। अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ।माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More

पर्वत : पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या भएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए। तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए। अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

Read More

काठमाडाैं : दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार ललितपुरको बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ। बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन्। आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए। उनका अनुसार आयोगले आजैदेखि काम थाल्नेछ। आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उनले बताए। यसअघि गृहमन्त्रालयले घटना भएकै…

Read More

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन्। सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए। मन्त्रीको गाडी त्यहाँ आइसकेपछि उनी बाहिर निस्केर सवाल जवाफमा लागेपछि धकेलाधकेल भएको बताउँदै उनले आर्मीले मन्त्रीलाई पार्टी बैठक स्थलमा पुर्‍याएको जिकिर गरे। उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए। साथै उनले संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय…

Read More

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले ललितपुरको बालकुमारीमा भएको झडपमा ८ जना प्रहरी घाइते भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले बल प्रयोगमा ८ जना प्रहरी घाइते भएको बताएका हुन्। उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको जिकिर गरे। मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उनको दाबी छ। उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर खटिएको बताउँदै उनले मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको उल्लेख गरे। आइजीपि कुँवरका अनुसार १३ गते प्रदर्शनकारी बिनालिडर उत्रिएका थिए। साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। ११.५२ मा…

Read More