Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बिहान ९ बजेपछि बसेको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, राष्ट्रिय सभा निर्वाचन र समसामियक राजनीतिबारे छलफल भइरहेको आचार्यले बताए ।

Read More

वीरगञ्ज : इँटाभट्टीमा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दामा आइतबार पेशी तोकिएको छ। जिल्ला अदालत, रौतहटमा आलमसहित पाँचजना विरुद्ध परेको मुद्दामा आज पेशी हुने अदालतका श्रेस्तेदार उद्घव ढोडारीले जानकारी दिए। उनका अनुसार दुवैतर्फका वकिलहरूले बहस नोट अदालतमा पेश गरिसकेकाले आज चढ्ने पेशीमा मुद्दाकाे अन्तिम फैसला आउने सम्भावना छ। आलमविरुद्ध जिल्ला अदालतमा विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दा दर्ता छ। विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ…

Read More

काठमाडौं : इजरायली सेनाले गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाको बम प्रहारबाट एकै घरमा रहेका २० जनाको मृत्यु भएको हो । इजरायली आक्रमणबाट अल–दराज नजिकै रहेको घरमा २० जनाको शव फेला परेको प्यालेस्टाइनको सरकारी टिभीले जनाएको छ । गाजा शहरको मध्य क्षेत्रमा रहेको अल–दराजमा भिडन्त जारी रहेको बीबीसीले जनाएको छ ।

Read More

बैतडी : परराष्ट्र मन्त्री एनपी साउदले गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन्। शनिबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउदले जनताबाट अनुमोदित सरकार भएकाले यो सरकार पाँच वर्षसम्म चल्ने बताएका हुन्। ‘जनतामा गठबन्धन गरेर गयौं। महुमत पायौं। माथि आएर गठबन्ध गरेका हैनौं। जनताबाट अनुमोदित भएकाले यो गठबन्धन पाँच वर्ष अकण्टक रुपमा चल्छ’ उनले भने। प्रधानमन्त्री, मन्त्रीहरू फेरबदल हुने प्रक्रिया भइरहने बताउदै मन्त्री साउदले गठबन्धनले दिगो, भरपर्दो र स्थिरता दिने बताए।

Read More

बैतडी : बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँस्थित एक घरमा आगलागी भएको छ। हिजो(शनिवार) साँझ साढे ६ बजेतिर स्थानीय पुष्कर थलालको दुई तले कच्ची घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ।   १ लाख ५० हजार नगदसहित एक तोला आठ आना सुन र ३५ हजार बराबरको अन्न र कपडा गरी पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले  जानकारी दिए। विद्युतको तार सर्ट भएर आगलागी भएको र घर पूर्णरुपमा जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 

Read More

अछाम : अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको  दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो।  घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए। 

Read More

काठमाडौँ : “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या । यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो ।  चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले संखुवासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए । चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ । श्रेष्ठ परिवार…

Read More

बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेम सिंह धामी मृत फेला परेका हुन्। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका प्रहरीले जनाएको छ। उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Read More

अछाम : ६ महिनाको अवधिमा अछामका स्थानीय तहहरुका विरुद्धमा ८१ उजुरी दर्ता भएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो। शनिबार जिल्लाको साँफेबगरमा आयोगको कञ्चनपुर कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा परेको उजुरीको तथ्यांक प्रस्तुत गरिएको थियो। आयोगका अनुसार गत आर्थिक वर्षमा १०७ र चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा उजुरी परेको छ। अख्तियारमा परेको उजुरी मध्ये ५२ वटाको फर्छ्योट भएको छ। १३६ उजुरी अनुसन्धानका क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए। उजुरीमध्ये कमलबजार नगरपालिकाको ४३, मंगलेसन…

Read More

काठमाडौं : सशस्त्र प्रहरीका एसपी कमलचन्द्र गैरे मुख्यालय तानिएका छन्। उनीमाथि राशनमा आर्थिक अनियमिता गरेको आरोप छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँका गणपति गैरेले अधिक (७० प्रतिशत) कर्मचारी बिदा छोडेका बताइएको छ। स्रोतका अनुसार बिदा छोड्ने मात्र होइन उनले आफू अवकाश जान लागेकाले गणमा कमसल खाना खुवाएको आरोपसमेत छ। ‘गणमा कार्यरत कर्मचारीप्रति उदासिन रहने, मातहतको पिर मर्का नबुझ्ने र राशनमा मात्र गिद्धे नजर लगाउने काम भयो’, गणमा कार्यरत एक अधिकृतले भने। उनी यही माघमा अनिवार्य अवकाश भइ घर जाँदै छन्।

Read More