Author: महेन्द्रनगर पोष्ट

काडमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘संकल्प यात्रा’ सकेर काठमाडौँ फकिएका छन् । बैतडीको झुलाघाटबाट शुरु भएको १८ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा आज पाँचथरको चिवा भञ्ज्याङमा पुगेर सम्पन्न भएसँगै एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएका हुन्। नेपाली सेनाको एनए-०५४ एएलएच हेलिकप्टरमा अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित दिउँसो सवा ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि आज बिहान ओलीसहित एमाले नेताहरुको टोलीलाई फिदिमबाट चिवा पुर्याउन सो हेलिकोप्टर त्यता गएको थियो । एमाले टोलीलाई चिवा पुर्याएर पुन: फिदिम हुँदै विराटनगरमा इन्धन भरेर हेलिकोप्टर काठमाडौँ फर्किएको हो । एमालेले ’सम्बन्ध स्थानीय, संदेश राष्ट्रिय’ नारा दिएर मंसिर १४ गतेदेखि…

Read More

काठमाडौँ : घरेलु टिम युनाइटेड अरब इमिरेट्स (युएई)लाई १९५ रनले हराउँदै बङ्गलादेशले एसीसी यु-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा बङ्गलादेशले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याउने क्रममा युएई २४.५ ओभरमा ८७ रनमै समेटियो । युएईका ध्रुव परासरले २५ रन बनाए । अक्षत राईले ११ रन बनाउनुबाहेक युएईका अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । युएईलाई सस्तैमा समेट्न बङ्गलादेशका मरुफ मृधा र रोहानत बार्सनले समान तीन विकेट लिए । इक्बाल हुसैन इमोन र सेख पाइभेज जिवोनले दुई-दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बङ्गलादेशी टिमले निर्धारित ५० ओभरमा आठ…

Read More

काठमाडौँ : सरकारले विभिन्न १६ वटा निर्णय गरेको छ । मङ्सिर २८ गते (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णयहरू गरेको हो ।

Read More

धनगढी : टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ। अस्पतालले आइतबार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो। अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ। यस्तै मेडिकल अधिकृत आठौं तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको एक विद्यालयका ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका छन्। जिल्लाको दोधारा चाँदनीको भानु माद्यमिक विद्यालयमा जडान गरिएका ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका हुन्। शुक्रवार राती ७ ओटा, झण्डै २ महिना पहिले एक ओटा र एक साता अघि अर्को एक थान सिसिटिभी क्यामेरा चोरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले बताए। विद्यालयको मूल गेट र विद्यालय परिसरमा जडान गरेका जम्मा ९ थान सिसिटिभी क्यामेरा चोरी भएको उनले बताए। भानु माविमा श्रृंखलाबद्ध चोरी हुँदै आएको छ। झण्डै २ महिना अघि मुल गेटमा लगाएको क्यामेरा चोरी भएको थियो। ‘एक हप्ता पहिले अर्को एक क्यामेरा चोरी भयो,’ सिजालीले भने,…

Read More

कञ्चनपुरः कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्व पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई आइतवार बिहान ठक्कर दिएको हो। बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी भागरथीको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भागरथीका श्रीमान शिवराज अवस्थी र १३ वर्षीय बालक बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन्। बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आज बसेको आयोगको बैठकले १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको निर्वाचन आयोगले जनाएको छ। चुनाव चिन्ह प्राप्त गर्ने राजनीतिक दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय…

Read More

काठमाडौंः चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनमा अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। मंसिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालु खर्च…

Read More

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा रूस र युक्रेन बिच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैरकानूनी बाटो प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू रूस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी प्राप्त जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न,…

Read More

काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गरेका छन्। पछिल्लो समय सुदूरपश्चिममा गेट मेडिकल विश्वविद्यालय बन्न नदिन अनसन बस्न पुगेका अनसनविद् डा. केसीको विरोधमा रावलले मुख खोलेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा डा. रावलले लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपछ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ।’ गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले लखेटेपछि…

Read More