Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली सेनाले पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवससरमा पदयात्रा गर्ने भएको छ ।  शाहले तत्कालीन समयमा नेपाल एकीकरणका दौरान प्रयोग गरेको मार्ग हुँदै सेनाले गोरखा दरबारदेखि काठमाडौँसम्म पदयात्रा गर्न लागेको हो । भोलिदेखि शुरु हुने पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा गर्ने र पुस २७ गते जंगीअड्डामा विशेष कार्यक्रमका बीच पृथ्वी नारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  पदयात्रामा सहभागी फौजले राष्ट्रिय झण्डा, सेनाको आरम्भकालीन पाँच कम्पनीहरु श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी गणको झण्डा र दीपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका- ६ की २२ वर्षीया लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका -४ का भेषराज शाही पक्राउ परेका हुन्। खड्का भीमदत्त नगरपालिका-१८ खैरभट्टीमा मृत भेटिएकी थिइन्। खैरभट्टीस्थित नन्दा जोशीको घरमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे । फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतकका परिवारले खड्कालाई बलात्कारपछि हत्या गरी झुण्ड्याएको आशंका गरेका छन्। मृतक खड्काका परिवारले शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनलाई…

Read More

बैतडी : बैतडी घर भएका एक किशोर घनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १५ वर्षीय मोहित कुँवर शुक्रबार बिहानदेखि बेपत्ता रहेका उनका बुवा अमरबहादुर कुँवरले बताए ।  धनगढीको एलान्इस इन्टरनेश्नल मोडेल कलेजमा कक्षा ११ मा अध्ययनरत कुँवर शुक्रबार बिहान कोठाबाट विद्यालय जान्छु भनि निस्केका र त्यसपछि बेपत्ता रहेका पारिवारिक स्रोतले बताएको छ ।  सन्तोषी टोलमा कोठा गरेर आफ्नै दाजुसँग बस्दै आएका मोहित हराएपछि प्रहरीमा खोजतलासका लागि निवेदन दिइसकेको कुँवरले बताए । मोहितले बोकेको मोबाइलको स्वीच अफ गरिएको छ । कसैले मोहितलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४८८०६४७६ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

Read More

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम खैरो हेरोइनसहित सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा शुक्रवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कैलालीमा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ माघी स्थित मौवारी सामुदायिक वनभित्र एक नाले भरुवा बन्दुक एक थान प्रहरीले फेला पारि बरामद गरेको हो। शुक्रबार प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Read More

दाङ: दाङ प्रहरीले तुलसीपुरमा बालविवाह गर्ने दुलाहा र पण्डितलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार डा. केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो। पक्राउ परेका दुई…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशबाट उनले शुक्रवार सफाइ पाएकाे सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले अदालतको फैसलालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो। द्वन्द्वकालीन मुद्दाबारे २०७३ जेठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिका कारण उनीमाथि अदालतको अपहेलना मुद्दा लागेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अदालतको अवहेलना भएकाले कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।

Read More

काठमाडौँ : नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा मनोनीत भएका भण्डारीको गृहजिल्ला बैतडी हो। मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए।

Read More

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठ सरूवा भएका छन्। गृह मन्त्रालयबाट आन्तरिक प्रशासन महाशाखामा रहेका थिए। यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको एसएसपी शेखर खनालको सरूवा भएको छ। शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। बालकुमारी घटनापछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखको सरूवा भएको थियो। एसएसपी सिद्धीविक्रम शाहलाई प्रहरी हेडक्वार्टर तानिएको थियो।

Read More