Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन् । बिहीबारबाट काठमाडौँमा शुरु भएको आठौँ घरजग्गा मेलाको उद्घाटन गर्दै उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तर रूपमा कानूनी सुधारका कार्यहरू गर्दै आएको बताइन् । रियल स्टेट क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ता काटको प्रक्रियालाई सहजीकरण गरिएको छ ।…

Read More

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ आधारभूत विद्यालय स्तरीय दोस्रो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। बिहीबार चन्बेताल खेल मैदानमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरे। गाउँपालिकाभित्रका १७ वटा आधारभूत विद्यालयहरूले प्रतियोगीतामा सहभागिता जनाएका छन्। प्रतियोगिता १३ गते समापन हुने गरी खेलहरूसञ्चालन भइरहेको अजयमेरु गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए। गत वर्षबाट गाउँपालिकाले आधारभूत तहका विद्यालयका विद्यार्थीहरूको खेलप्रति रुचि बढाउन उक्त प्रतियोगिता आयोजना गर्न थालेको उनले बताए। प्रतियोगितामा दौड, कराते, हाइजम्प, लम्जम्पलगायतका खेलहरू खेलाइँदैछ। जिल्लाका ७ वडा…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि नटुङ्गिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। बुधबार वादी पक्षको सकिएकोमा आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन्। योग्यता विपरीत गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्नुपर्ने रिट निवेदक अधिवक्ताको माग छ। गभर्नर…

Read More

काठमाडौं: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए। ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु! जय देश!,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए। धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताए।

Read More

धनगढी : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Read More

काठमाडौं : नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन्। बढुवा समितीले बुधबार थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ। थापा ज्येष्ठ उपरथी थिए। सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो। नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए। ज्येष्ठताका आधारमा सिग्देल आगामी प्रधानसेनापति बन्ने लाइनमा उभिएका छन्।

Read More

काठमाडाैं : विभिन्न परोपकारी काम गर्दै आइरहेको बुहारी ग्रुपले क्यान्सर पीडित बालिकालाई सहयोग गरेको छ । गोरखा घर भएकी दीपा आलेकी ५ वर्षीया छोरीको उपचारका लागि बुहारी ग्रुपले ८५ हजार ५५५ सहयोग गरेको हो । आर्थिक अभावका कारण उनकी छोरीको उपचार हुन नकसेको बेला बुहारी ग्रुपका ३ सय सदस्यले ३ दिनमा रकम संकलन गरेका थिए । उनकी छोरी बोन म्यारोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । उक्त खबर पाएपछि बुहारी ग्रुपले आर्थिक सहयोग संकलनको अभियान चलाएको थियो । यसअघि पनि ग्रुपले थुप्रै रकम संकलन गरि विभिन्न समस्या भएकाहरुलाई १० लाख सहयोग गरिसकेकाे छ ।

Read More

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा डडेल्धुराले डाेटीमाथि शानदार जित निकालेकाे छ। प्रतियोगितामा दाेस्राे जित दर्ता गर्ने क्रममा डडेल्धुराले डाेटीलाई १० विकेटले हरायाे। जितका लागि पाएकाे ७० रनकाे सामान्य लक्ष्य डडेल्धुराले १२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्याे। जसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर हारेर ब्याटिङकाे निम्ता पाएकाे डाेटी १९.४ ओभरमा ६९ रनमा समेटियो। उसका कप्तान भाेजराज भट्ट र पारस महतले १५/१५ रन हिर्काए। डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४ , निरज ऐरले ३ विकेट हात पारे। सुरज खेलका म्यान…

Read More

काठमाडौं : नेपाली सेनाका एक जना सहसेनानी तालिमको क्रममा घाइते भएका छन्। नुवाकोटमा आयोजित सामूहिक तालिममा सहभागी सहसेनानी प्रदिप थापा घाइते भएको बताइएको छ। भैरव प्रसाद गणको सामूहिक तालिममा घाइते भएका थापालाई ग्रिनेडको छर्रा लागेको हो। दायाँ हातमा चोट लागेकाले उनको इमर्जेन्सीमा राखेर उपचार गरिएको हो।

Read More