Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ । यही फागुन २३ र २४ गते हुने उक्त सम्मेलनका लागि सरकारले आवश्यक तयारी थालेको हो । सो सम्मेलनका लागि प्रदेश सरकारले लगानीकर्तासहितका विभिन्न निकायसँग छलफल अगाडि बढाएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले लगानीको पहिलो प्राथमिकता क्षेत्र ऊर्जा रहेको बताएका छन् । शाहले पहिलो प्राथमिकता ऊर्जा, दोस्रो पर्यटन, तेस्रो कृषि क्षेत्र भएको बताएका छन् । कृषि क्षेत्रमा पनि कोही ठुलो लगानी गर्न आउन चाहानेलाई सरकारले दिनुपर्ने सुविधा दिन तयार रहेको बताएका छन् । तर अहिलेसम्म प्रदेश सरकारले लगानी सम्मेलनमा पेस गर्ने आयोजनाबारे खुलाएको छैन । कुन क्षेत्रमा कस्ता…

Read More

दार्चुला : आगलागीमा परी दार्चुलामा एक जना ४ महिने शिशुको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नं. ३,होपरीगाडका ४ महिनाका शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार बेलुकी आज साढे सात बजेतिर स्थानीय रणविर टमटाको घरमा आगलागी हुदाँ ४ महिनाका छोरा विजय प्रकाश टमटाको आगलागीमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिनु भएको छ । विद्युत सर्ट हुदाँ रणविर टमटाको दुई तले ६ कोठे घरमा आगलागी भएको उहाँले बताउनु भयो । घरमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि जग्गा प्लटिङ सम्बन्धी कार्यविधि हाललाई नरोकिने भएको छ । बुधबार रिटमा प्रारम्भिक सुनवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि जग्गा कारोबारीलाई झड्का लागेको छ । सर्वोच्चले बाटोको म्याद बाहेक १५ दिनभित्र जवाफ पेश गर्न उपमहानगरलाई आदेश गरेको छ । धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ गर्दा १० मिटरको सडक अनिवार्य, विद्युत, नाली सहितका पुर्वाधार बनाएर मात्रै जग्गा प्लटिङ गर्नुपर्ने प्रावधान सहित गएको मंसिर २५ गते कार्यविधी पास भएको थियो । यद्यपी नगर कार्यपालिकाका धेरै…

Read More

धनगढी : बहिरा संघ कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आवासिय आधारभुत बिद्यालय सुधारका लागी अपिल गरेको छ । आज धनगढीमा आयोजित एक कार्यक्रममा बिभिन्न सरोकारवाला निकायसंग बहिरा संघ कैलालीले बिद्यालय सुधारका लागी सहयोगको अपिल गरेको हो । बिद्यालय सुधार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै बहिरा संघ कैलालीकी कोषाध्यक्ष मिना बुढाथोकीले दक्षिणकाली बहिरा आवासिय बिद्यालयमा थुप्रो समस्या रहेको बताइन् । बिद्यालयमा पर्याप्त शिक्षक छैनन्, भएका शिक्षकका लागी दोभाषे हुनुहुन्न उनले भनिन् “पहिला हाम्रो बिद्यालयमा बहिरानै शिक्षक हुनुहुन्थ्यो र पठनपाठनमा सहज थियो, तर अध्यायन अनुमतीपत्र अनिवार्य भएपछि उहाँहरुले पढाउन पाउनुभएन, धनगढी उपमहानगरले पठाएका शिक्षकहरु राम्रो भएपनि दोभाषे नहुँदा…

Read More

काठमाडौं : प्रहरी नायब उपरिक्षक(डीएसपी पूर्णीमा चन्द काठमाडौं प्रहरीको पुलिस अफ दी मन्थ घोषित भएकी छन् । काठमाडौं प्रहरी परिसरले महानगरीय प्रहरी वृत्त स्वयम्भुकी प्रमुख चन्दलाई मंसिर महिनाका लागि पुलिस अफ दी मन्थ अवार्ड प्रदान गर्ने भएको हो । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Read More

धनगढीः बझाङ दरबन्दी भएका एक प्रहरी सम्पर्कविहिन भएका छन् । डोटी सायल गाउँपालिका वडा नम्बर ५ घर भएका सुदूरपश्चिम प्रदेश इकाई बझाङमा दरबन्दी भई कार्यरत प्रहरी लक्ष्मणबहादुर थापा दुई महिनादेखि सम्पर्कविहिन भएका हुन्। उनी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत फेला नपरेको भन्दै सूचना नै जारी गरिएको छ। उनलाई ७ दिनभित्र गैरहाजिरी हुनुको कारणसहित सम्पर्क गर्न भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सूचित समेत गराएको छ। उनी २०८० कात्तिक ७ गतेदेखि प्रहरीको सम्पर्कमा छैनन्।

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौँमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ । तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ । बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरूले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउने छ ।

Read More

काठमाडौँ : नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय हुने प्रवक्ता कार्कीले बताए। आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो ।

Read More

डडेल्धुरा : डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। गन्यापधुरा गाउँपालिका– २ का रामप्रसाद जोशीलाई पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए। जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल ७ हजार ३३७ परिचयपत्र पुगेका हुन्। तीन वर्ष अगाडि सुरू भएको विवरण सङ्कलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियो।

Read More

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर –९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन्। उनको बुधवार बिहान मृत्यु भएको हो। कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उनको चिसोकै कारण मृत्यु भएको जानकारी दिए। उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन्। कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए।

Read More