Author: महेन्द्रनगर पोष्ट

सुनसरी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइसकेको बताएका छन्। शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशनको उद्घाटन गर्दै उनले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ उत्साहजनक कामहरू भइरहेको बताए। ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छू,’ उनले भने, ‘घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्।’ प्रधानमन्त्री प्रचण्डले विगतमा आफ्नै…

Read More

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ। पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ। पोखरा प्लेअफमा पुगिसकेको छ। धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ। हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ। आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन्। चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ। झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ। तर बराबरी या हारले अरु खेलको…

Read More

काठमाडौं : सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ। हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं: सामाजिक सुरक्षा कोषले प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै कोषले नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो। इच्छुक र सम्बन्धित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर तह अनुसार फरकफरक तोकिएको छ।

Read More

धनुषा : धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएको छ। हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गए राति मृत्यु भएको थियो। हंशपुर नगरपालिका वडा नम्बर ५ सुगानिकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रहरीको मोटरसाइकलमा आगजनी गरेका छन्। भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर शंकर मण्डल घाइते छन्। हातमा गोली लागेका उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। हंसपुर नगरपालिकाकाको कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै-झगडा हुँदा दीपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो। विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा…

Read More

टीकापुर (कैलाली): टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको छ। पालिकाले गत वर्ष ४६ परिवारको बीमा गरिदिएको थियो । बीमा कार्यक्रमबाट धेरै परिवारले उपचारमा सुविधा भएको बताएका छन्। बेपत्ता परिवारका सदस्य दुर्गाकुमारी जैसी रिमालले नगरपालिकाले बीमा गरिदिएपछि गत वर्ष ५० हजार बढीको स्वास्थ्य उपचार सेवा लिए । उनले टीकापुर अस्पतालमात्र नभई काठमाडौँको वीर अस्पतालमा समेत सेवा लिए । बीमाले उपचार सेवा लिन सहज भएको उनले बताए। “म बेपत्ता परिवारको सदस्य हो । हामीजस्ता उपचार गर्न बजेट जुटाउन नसक्ने परिवारलाई पालिकाले बीमा गरिदिएर ठूलो सहयोग गरेको छ”, दुर्गाले भने, “गत वर्ष मैले बीमा सुविधाबाट टीकापुर अस्पताल,…

Read More

चैनपुर : साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । उमेरले सात दशक नाघेका उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् । विगत सम्झँदै उनी भन्छन्, “साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह)मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।” उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । “नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार…

Read More

बैतडी : प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक अन्तर्गत ट्रयाक खोल्न बाँकी रहेको ठाउँमा ट्रयाक खोल्ने कार्य सुरु भएको छ ।  सुर्नया गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा झण्डै साढे तीन किलोमिटर ट्रयाक खोल्ने बाँकी रहेकाले उक्त खण्डमा ट्रयाक खोल्ने काम हिजोदेखि सुरु भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। सुर्नया गाउँपालिकाको कठमडादेखि ट्रयाक खोल्ने कार्यको शुरुवात गरिएको हो। सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकमा सुर्नया गाउँपालिकाको कठेगौंडादेखि थप २० किलोमिटर स्तरोन्नतीका लागि ठेक्का सम्झौता भएर काम सुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ। जागृति टक्सार मुनाल जेभीसँग १४ करोड ७६ लाखमा स्तरोन्नती कार्यका लागि ठेक्का सम्झौता भएको र…

Read More

धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। 

Read More