Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि  देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।   

Read More

धनगढीः डाक्टर गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशसन बसेका डाक्टर केसीलाई अनशसन तोडे लगत्तै उपचारका लागि अस्पताल भर्ना गरिएको हो। डाक्टर केसीको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी गराए। स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने केसीका सहयोगी डाक्टर अमृत जोशीले बताए। सोमबार साँझ डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरका उखु किसानले बाकी रहेको ३२ करोड रुपैयाँ अनुदान तत्काल भुक्तानी पाउने भएको छ । मंगलवार अर्थ मन्त्रालयले कञ्चनपुरका उखु किसानको दिन बाकी रहेको अनुदान रकम वितरण गर्न महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेपछि किसानले तत्काल भुक्तानी पाउने भएका हुन् । कञ्चनपुरका उखु किसानहरुले अनुदान रकम यसै हप्ता भित्र पाउने र उखुको रकम वृद्धि गर्ने सरकारले प्रस्ताव गरेको सुदुरपश्चिम् किसान हक हित समितिका अध्यक्ष हरेन्द्रसिँह विष्टले बताए।

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमको आम्दानी वृद्धि भएको छ । निगमको आम्दानी गत तिन वर्षमा दोब्बर भन्दा बढिले वृद्धि भएको महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । निगमले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यस तर्फ आवश्यक कार्य योजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ ।’ निगमको कुल…

Read More

काठमाडौं : नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवाको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूहको सूचनाप्रविधि तर्फ रिक्त रहेको एसपीका लागि सोही समूहका डिएसपी दिपकराज अवस्थीलाई सिफारिस गरिएको छ ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । ‘दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०-०९-१६ को पेसी तोकी पेस गर्नु’, आदेशमा भनिएको छ, ‘साथै, प्रस्तुत रिट निवेदनसँग सम्बन्धित सम्बद्ध निर्णय तथा पत्रहरू विपक्षी एनसेल आजियाटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, जमलको हकमा आफैँ वा आफ्नो कानुन व्यवसायीमार्फत र अन्य विपक्षीको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत अन्तरिम आदेश जारी गर्ने वा नगर्नेसम्बन्धी…

Read More

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू बरामद भएको छ। यति एयरको उडानमार्फत नेपालगन्जबाट काठ वाणिज्य बैंकहरुले कमाए २० अर्ब बढी खुद नाफामाडौँ ल्याइएको प्रज्ञापन पत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू प्रहरीले बरामद गरेको हो। विशेष सूचनाको आधारमा आधारमा १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्लेहरू बरामद गरेको प्रहरीले जनाएको छ । उक्त सामानहरू जय मां दुर्गा इम्पेक्स काठमाडौँको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको विमानस्थल स्रोतले जनाएको छ । बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको बताइएको छ ।

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले आवधिक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताएका छन्। नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उनले आवधिक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताए। ‘मानव विकास सूचकांक अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौंअघि पूरा गरेको पहिलो मापदण्ड थियो,’ साउदले यूएनडीपीले मंगलबार काठमाडौंमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भने। बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी…

Read More

सुर्खेत : पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी भएको छ । भेरीगंगा नगरपालिका-४ हर्यमा बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको हो । मंगलबार आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल शाही र २४ वर्षीय पुरन बुढामगरले पाईपबाट पेट्रोल चोरी गरी पुनः जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएकाे छ । दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरीका १७२ जना सशस्त्र प्रहरी सहायक हवल्दारहरू सशस्त्र हवल्दारका लागि बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकका अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति र हाल रिक्त रहेको उक्त १७२ पदका लागि बढुवा सिफारिस भएको हो । यो सिफारिस उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ । सूचीः apf-haldarDownload

Read More