Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो। स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ।

Read More

काठमाडौं : नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालयहरू एवम् विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। कुवेतका अमिरको गएको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो। 

Read More

गुल्मी: गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन्। पक्राउ परेकाहरुले सोधपुछका क्रममा बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको बताएको डिएसपी पाण्डेले बताए।

Read More

बझाङ : बझाङको छबिस पाथिभेरा गाउँपालिका-३ कुम्डाका बासिन्दाले खानेपानीको अभाव झेल्दै आएका छन् । झण्डै तीन दर्जन घरधुरी भएको कुम्डा बस्तीका नागरिकले बर्षौदेखि खानेपानीको चरम समस्या झेलिरहेका हुन् । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट व्यवस्था गरिएको भएता पनि कुम्डाका नागरिकलाई स्वास्थ्य त परैको कुरा हो खानेपानीको समेत हाहाकार छ । पाइपबाट मात्रै सानो पानी आउने गरेका कारण कुम्डा गाउँबाट एक घण्टाको दुरीमा रहेको ५ नम्बरमा पर्ने थलारा पचाडाबाट खानेपानी बोक्नुपर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सचिन बोहराले दुखेसो पोखे । उनले भने –…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।   

Read More

दार्चुला : जिल्लाको अपि हिमाल गाउँपालिकाले चमेलिया नदीको मुहानमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण गर्न थालेको छ । गत महिना देखि पालिकाका विभिन्न ठाउँमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण कार्य भइरहेको अपि हिमाल गाउँपालिकाले जनाएको छ । चमेलिया नदीको मुहान संरक्षण संगै पर्यटक, तिर्थयात्रीहरुलाई आवत जावतमा सहजताका लागि भन्दै पालिकाले अहिले गाउँपालिकाका विभिन्न ठाउँमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । गाउँपालिकाको आफनै लगानीमा पालिकाका चार ठाउँमा काठेपूल निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम संञ्चालन गर्ने तयारी भएको उनले बताए । गाउँपालिकाले चमेलिया नदीको मुहान संरक्षण क्षेत्रमा एउटा, कालीढुंगा ताल जाने ठाउँमा…

Read More

काभ्रेपलाञ्चोक : काभे्रपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो ।

Read More

धनगढीः रुसी सेनामा कार्यरत कैलालीका भरत शाहको कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको छ । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको आईतबार परिवारले कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरेका हुन्। परिवारले शुक्रबार मात्र उनको मृत्यु भएको खबर पाएका थिए। मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आज कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका हुन्। भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिएको छैन। मृतक शाहका भाई मंगल शाहका अनुसार उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका थिए।…

Read More

धनगढी: धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार हिजो (शनिबार) शाहको करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको हो। स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ। ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनी अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए। उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे। यस्तै हिजोकै महोत्सव कार्यक्रममा उद्घोषकले पनि नायक शाहको ब्रासलेट हराएको…

Read More

धनगढीः कैलालीको धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किदा ७ जना घाइते भएका छन्। आइतबार दिउँसो धनगढीबाट अत्तरिया जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२६८ नम्बरको म्याजिकले मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत चटकपुरमा सुदूरपश्चिम प्रदेश ०१००८ प १६३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा ७ जना घाईते भएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का ५१ वर्षीय चन्द्र सेढाइ, म्याजिकमा सवार गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय विशेष परियार, ५० वर्षीय अर्जुन तिम्सीना, ५० वर्षीय हरुजंग तिम्सीना, ३५ वर्षीय जसु भट्ट घाइते भएको प्रहरीले बताएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका–१३ का ३५ वर्षीय विष्णु चन्द, बझाङको मष्टा गाउँपालिका–४ का ४८ वर्षीय अम्मरराज…

Read More