Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुङगा घोल (खोला) को कल्भर्ट मुनी जुटको बोराभित्र दुई जनाको शव भेटिएको थियो । अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो…

Read More

काठमाडौँ : दुई जिल्लाका सिडिओसहित चार उपसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले दुई उपसचिवलाई म्याग्दी र बैतडीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो । गृह मन्त्रालयमा कार्यरत उपसचिव भिमकान्त शर्मालाई बैतडी र उपसचिव लक्ष्मण ढकाललाई म्याग्दी सरुवा गरिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । महेश कुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

Read More

काठमाडौँ : सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो। नयाँ कार्यकारी निर्देशक नियुक्त भएर आउँदासम्मका लागि जिम्मेवारी तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ । आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकार सहित शाहले निमित्तको जिम्मेवारी पाएका हुन्।

Read More

बाजुरा – बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतवार साँझ ५ बजेतिर मार्तडीबाट घटमुना तर्फ जाँदै गरेको सुपप्रप ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्वरको ट्याक्टर बडमिालिका २ को भौनेरा नजिकै दुर्घटना भएको हो । ट्याक्टर दुर्घटनामा परेर हिक्मत रोकाया, देवराज जोशी, चन्द्र दानी र किट्टी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको र मृतककाे ठेगाना बारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।

Read More

काडमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘संकल्प यात्रा’ सकेर काठमाडौँ फकिएका छन् । बैतडीको झुलाघाटबाट शुरु भएको १८ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा आज पाँचथरको चिवा भञ्ज्याङमा पुगेर सम्पन्न भएसँगै एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएका हुन्। नेपाली सेनाको एनए-०५४ एएलएच हेलिकप्टरमा अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित दिउँसो सवा ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि आज बिहान ओलीसहित एमाले नेताहरुको टोलीलाई फिदिमबाट चिवा पुर्याउन सो हेलिकोप्टर त्यता गएको थियो । एमाले टोलीलाई चिवा पुर्याएर पुन: फिदिम हुँदै विराटनगरमा इन्धन भरेर हेलिकोप्टर काठमाडौँ फर्किएको हो । एमालेले ’सम्बन्ध स्थानीय, संदेश राष्ट्रिय’ नारा दिएर मंसिर १४ गतेदेखि…

Read More

काठमाडौँ : घरेलु टिम युनाइटेड अरब इमिरेट्स (युएई)लाई १९५ रनले हराउँदै बङ्गलादेशले एसीसी यु-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा बङ्गलादेशले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याउने क्रममा युएई २४.५ ओभरमा ८७ रनमै समेटियो । युएईका ध्रुव परासरले २५ रन बनाए । अक्षत राईले ११ रन बनाउनुबाहेक युएईका अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । युएईलाई सस्तैमा समेट्न बङ्गलादेशका मरुफ मृधा र रोहानत बार्सनले समान तीन विकेट लिए । इक्बाल हुसैन इमोन र सेख पाइभेज जिवोनले दुई-दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बङ्गलादेशी टिमले निर्धारित ५० ओभरमा आठ…

Read More

काठमाडौँ : सरकारले विभिन्न १६ वटा निर्णय गरेको छ । मङ्सिर २८ गते (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णयहरू गरेको हो ।

Read More

धनगढी : टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ। अस्पतालले आइतबार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो। अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ। यस्तै मेडिकल अधिकृत आठौं तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको एक विद्यालयका ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका छन्। जिल्लाको दोधारा चाँदनीको भानु माद्यमिक विद्यालयमा जडान गरिएका ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका हुन्। शुक्रवार राती ७ ओटा, झण्डै २ महिना पहिले एक ओटा र एक साता अघि अर्को एक थान सिसिटिभी क्यामेरा चोरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले बताए। विद्यालयको मूल गेट र विद्यालय परिसरमा जडान गरेका जम्मा ९ थान सिसिटिभी क्यामेरा चोरी भएको उनले बताए। भानु माविमा श्रृंखलाबद्ध चोरी हुँदै आएको छ। झण्डै २ महिना अघि मुल गेटमा लगाएको क्यामेरा चोरी भएको थियो। ‘एक हप्ता पहिले अर्को एक क्यामेरा चोरी भयो,’ सिजालीले भने,…

Read More

कञ्चनपुरः कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्व पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई आइतवार बिहान ठक्कर दिएको हो। बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी भागरथीको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भागरथीका श्रीमान शिवराज अवस्थी र १३ वर्षीय बालक बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन्। बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More