Author: महेन्द्रनगर पोष्ट

कैलालीः कैलालीको टीकापुरबाट बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । टीकापुर नगरपालिका-१ बस्ने २६ वर्षीया माया चौधरी शुक्रवार पक्राउ परेकी हुन् । कैलाली जिल्ला अदालतले २०७२ माघ १० गते उनलाई बहु–बिबाह मुद्दामा ९ महिना ८ दिन कैद र  ५ हजार जरिवाना ताकेपछि उनी फरार रहेकी थिइन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरको ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिसकेको प्रहरीले बताएको छ। 

Read More

कैलाली : कैलालीको गौरीगंगामा संचालित कान शिविरमा १७५ जनाले सेवा लिएका छन्। गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा सम्पन्न शिविरमा १७५ जनाले निःशुल्क कान चेकजाँच गराएका हुन्। गौरीगंगा नगरपालिका वडा नम्बर २ को समन्वय र इमप्याक्ट नेपालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशीले सहजीकरण गरेका थिए। शिविरमा ५ जनाको कानको शल्यक्रिया गराउनु पर्ने देखिएकाले उनीहरुको सहुलियत दरमा शल्यक्रिया गर्ने ब्यवस्था मिलाउने इमप्याक्ट नेपालले जनाएको छ।

Read More

कैलाली : कैलालीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्। जिल्लाको गौरिगंगा नगरपालिका- ६ बनबेहडामा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा सुपप्र ०३ ००१ प ०१३ नम्बरको मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका-४ का २५ वर्षीय रोशन सुनार र मोटरसाइकलको पछाडी सवारी एक जना घाइते भएका छन्। प्रहरीले ठक्कर दिने बा ११ च ८७२९ नम्बरको कार कार र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।  भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

कञ्चनपुरः सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल ३ का दुई अडिसन सम्पन्न भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा शिक्षा शाखाको समन्व्यमा बेलौरीको जवदियामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा आइइलको तेह्रौं र र बेलौरी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा चौधौं अडिसन सम्पन्न भएको हो । शुक्रबार भएको चौधौं अडिसनमा बेलौरी नगरपालिकामा शिक्षा शाखाका निमित्त प्रमुख अमितप्रसाद भट्टले शिक्षा शाखाको समन्व्यमा बेलौरीमा यस्तो कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता र स्तरीयता दिनु पर्ने कुरामा जोड दिए। तेह्रौं अडिसनमा बोल्दै लक्ष्मी मा।वि।का प्र।अ। विरेन्द्र सिंह भण्डारीका यस्तो कार्यक्रम विद्यालयमा अपरिहार्य भएको बताए भने चौधौं अडिसनमा बोल्दै महाकाली मा।वि।का…

Read More

बाजुरा : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताएका छन् । खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताए । सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित हुँदै गएको बताउँदै मन्त्री ज्वालाले ठेक्का लागेका पुल निर्माण कार्य तीव्रगतिमा अगाडि बढेको बताए । उनले कर्णाली करिडोरलाई चीनको हिल्सासम्म जोड्ने कार्य प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए । मन्त्री ज्वालाले भने, “कर्णाली करिडोर सडक निर्माणमा सहकार्य, हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन…

Read More

काठमाडौँ : निर्वाचन आयोगले गत वर्ष भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि सरकारले विनियोजन गरेको साढे ८ अर्ब बजेटमध्ये करिब २ अर्ब रकम फिर्ता गरेको छ । आयोगले शुक्रबार राष्ट्रपतिलाई बुझाएको गत आर्थिक वर्षको १७औँ वार्षिक प्रतिवेदन अनुसार एक अर्ब ९४ करोड ३० लाख ७२ हजार रकम सरकारलाई फिर्ता गरेको हो । सरकारले आमनिर्वाचनको लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो । जसमा ६ अर्ब ५५ करोड ६९ लाख २८ हजार रुपैयाँ निर्वाचन व्यवस्थापनमा खर्च भएको आयोगले जनाएको छ । आयोगका अनुसार २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिमतदाता ५०६ रुपैयाँ खर्च भएकोमा गत वर्ष ३८० रुपैयाँमात्रै…

Read More

काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । काँग्रेस जिल्ला कार्यसमिति झापाले आज सिटौलाको नाम सर्वसम्मत सिफारिस गरेको हो । उनी गत आमनिर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । राष्ट्रपतिबाट मनोनित एक जनासहित राष्ट्रियसभाका २० सांसदको पदावधि फागुन ११ गते सकिँदैछ । त्यसको एक महिनाअघि रिक्त पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ११ गते निर्वाचनको मिति तोकिएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा निर्वाचन हुने १९ वटै सिट उनीहरुले जित्ने प्रष्ट अंकगणित देखिन्छ…

Read More

पेरू : विमानस्थलबाट करिब चार हजार कछुवा बरामद गरिएको छ । राष्ट्रिय वन्यजन्तु सेवाका अनुसार पेरुको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका कछुवा बरामद गरिएको हो । राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ। विज्ञप्तिका अनुसार बरामत गरिएका कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए। पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि (साईटिस)मा सूचीबद्ध छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ। ​इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रतिवर्ष २० अर्ब डलरसम्मको हुन्छ। परिणामस्वरूप…

Read More