Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपालको चिकित्सा शिक्षा र सेवाका लागि लामो समयदेखि लड्दै आएका प्राडा गोविन्द केसी २ बुँदे माग राखी शुक्रबार (आज साँझ ५)बजेदेखि अनशन बस्दै छन्। डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निःशुल्क औषधि सबै पाइने सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेका छन्। विज्ञप्तिमा भनिएको छ‚ ‘द्वन्द्वका अधिकांश पीडितलाई अझै पनि न्यायबाट वञ्चित गरेर राखिएको छ। पीडकहरू बृहत् शान्ति सम्झौता भएदेखि प्रायः निरन्तर सत्तासीन छन्। साधारण नागरिकलाई सानो गल्तीको सजाय हुने देशमा मानवताविरोधी जघन्य अपराध गर्नेहरू उचित सजायको भागीदार बन्नु…

Read More

काठमाडौं: आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ। मंसिर २२ गते सूचना जारी गर्दै निर्वाचन आयोगले मंसिर २४ देखि आज २९ गतेसम्म दल दर्ता गर्न भनेको थियो, जसअनुसार शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्नेछ। शुक्रबारसम्ममा दर्ता गर्ने दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्। आयोगका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा र जसपालगायतले दर्ताको निवेदन दिइसकेका छन्।

Read More

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ। महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो। यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ। हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो। यससँगै, आज चाँदीको कारोबार…

Read More

काठमाडौं : पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन्। तर, धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागारका जेलर मित्रलाल लुइँटेलले बताए। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए। बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन्।

Read More

बाँके : बाँकेमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बोलेरो पिकअपले ठक्कर दिदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल ओलीको घटनास्थलमानै मृत्यु भएको हो । कोहलपुर–४ मदनचोक सडक छेउमा ड्युटिमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवल्दार लालबहादुर बुढाक्षत्रीलाई भे१च ३४०७ नम्बरको जीपले ठक्कर दिएको थियो । ठक्करबाट प्रहरी सहायक हवल्दार लालबहादुर बुढा घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको र अहिले कोहलपुर शिक्षण अस्पतालको आइसियूमा राखिएको प्रहरीले जानकारी दिएको छ । जीपले राति करिब ११ बजे ठक्कर दिएको थियो । जीप चालक २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले नियन्त्रण लिएको छ…

Read More

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-९ खग्रौलाबाट १ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित सोही ठाँउका २० वर्षीय रमेश साउद र टीकापुर नगरपालिका-१ का २७ वर्षीय पदमराज भण्डारी बिहीवार पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले बताएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको हो। भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्‍याउदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता डाँगीले जानकारी दिए। 

Read More

बाजुरा: बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ। पहिलो किस्ताको  १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो।  जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो। सो रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उनले बताए। भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो।   प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि…

Read More

काठमाडौं : नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक र हवाई विविध सेवा तर्फका बिल्लादार पदका लागि दरखास्त माग गरेको हो।  योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै दरखास्त फारम भर्न पनि सकिने छ। 

Read More

काठमाडौं : सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । निशेष गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवादेखि इन्टरनेट सेवासम्म छन् ।  निषेध गरिएका २५ आवश्यक सेवाः 

Read More