Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुपप्र ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका पछाडी सवार धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल इलाका प्रहरी…

Read More

काठमाडाैं: रुसी सेनामा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ। कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ढकालथोक घर भएका सिद्धार्थ ढकाल हुन्। करिब २ महिना अघि रोजगारीको क्रममा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए। सार्वजनिक भएको भिडियोमा उनले आफू एक्लो छोरो भएको,परिवारलाई धेरै सम्झिएको र उद्धारका लागि पहल गरिदिन पनि सरकारसँग गुहार गरेका छन्। सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन् । ‘रेड जोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो । मेरा धेरै साथीहरू मारिएका छन्,’ मंसिर १७ गते रेकर्ड…

Read More

काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ। बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्रशासनले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको हो। यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट जारी सूचनामा उल्लेख छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ४ लिटिल बुद्ध स्कुल नजिकबाट शून्य दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोईनसहित भीमदत्त नगरपालिका ३ बस्ने ३१ वर्षीय संजय थापासहितका तीन जनालाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रयोग गरेको नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ। तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी : कैलालीको अत्तरियामा अवैध मदिरा नष्ट गरिएको छ। गोदावरी नगरपालिका–१ बाट बरामद गरिएको दुई हजार लिटर अवैध मदिरा नष्ट गरिएको हो। मालाखेती प्रहरीे, वडाका प्रतिनिधी, उद्योग वाणिज्य संघका प्रतिनिधीले बजार अनुगमनका क्रममा तीन घरबाट सो परिणाममा घरेलु मदिरा(कच्ची) र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो । गोदावरी नगरपालिका–१ की ३४ वर्षीया पबित्रा गुरूङ्ग, ३९ वर्षीया तारा थापा र ४१ वर्षीय तिलक गुरूङ्गको घरबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने भाँडा कुडा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । सोहि वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र मालाखेती प्रहरीको रोहबरमा मदिरा नष्ट गरिएको…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली  रहेको छ।  आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।  कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस  प्रदेशका उच्च…

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामक भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी पूरा गर्ने क्रममा रहेकोसमेत बताए । उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकामा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएकोसमेत बताए । यसले शान्ति सैनिकको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ । “हामीले हाम्रा…

Read More

धनगढी : दलित संघ संस्थाहरुको साझा छाता संगठन दलित गैरसरकारी संस्था महासंघ(डि.एन.एफ.)नेपालको तेश्रो अधिबेशन धनगढीमा सम्पन्न भएको छ । अधिवबेशनको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एंव दलित गैरसरकारी संस्था महासंघ नेपालका राष्टिय अध्यक्ष जेबी विश्वकर्मा ले उद्धघाटन गरे । अधिवशेनलाई संबोधन गर्नुहुदै राष्टिय अध्यक्ष विश्वकर्माले देश लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि अझै पनि दलित समुदायको हक अधिकार सुनिश्चित हुन नसकेको बताए । उनले दलित अधिकार सुनिश्चितताका लागि बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष गजाधार सुनारले दलित सशक्तिकरण ऐन कार्यान्वयन प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए । तेश्रो अधिबेशनले महासंघको प्रदेश अध्यक्षमा प्रेम बिसी…

Read More

काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार भेट गरेकी छन् । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । यस किसिमको भेटघाटले दुई देशबिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको सेनाको भनाई छ । भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनको पनि उपस्थिति थियो ।

Read More

मोरङ : विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको ‘स्काइ ट्रक’ मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर ल्याईएएको छ । मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका- ७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान,५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौं ल्याईएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ । आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको हो…

Read More